Saturday, February 15, 2020

बाटो काट्नेहरू !

मुकुन्द आचार्य
    बाटो काट्नेहरू नजानेर कहिलेकाहीं दुर्घटनाको शिकार हुन पुग्छन् । यसरी दुर्घटनामा परेर मर्नेहरूको सङ्ख्या, भ्रष्टाचारझैं दिनदिनै बढ्दो छ । पौराणिक शैलीमा भन्ने हो भने शुक्लपक्षको चन्द्रमा झैं दिनदिनै बढ्दो छ । आजको भाषामा–अपहरण, बलात्कार, हत्या र ठगीझैं बढ्दो छ ।
    त्यसैले जेब्रा क्रसिङ शब्दसँग हामी परिचित भयौं । जङ्गलको सोझो, शाकाहारी, भद्र पशु जेब्रा पनि यसरी मानवमाझ सुप्रसिद्ध हुन पाएकोमा मनमनै दङ्ग परेकै होलान् । बधाई छ, जेब्राहरूलाई १
    मलाई घरिघरि वीरगंज–कलैयाको माटोले आपूmतिर तानिरहन्छ । त्यसैले म कहिले काठमाडौं, कहिले वीरगंजको उकालीओरालीमा धाइरहेको हुन्छु । देशको आन्तरिक भ्रमणलाई टेवा पु¥याइरहेको छु । यो पनि देश सेवा नैं हो !
    यता केही दिनदेखि म वीरगंजको भूमिलाई पवित्र पारेर बसेको छु । मेरो सत्सङ्ग पाएकोमा वीरगंज पनि
आपूmलाई धन्य र कृतार्थ भएको अनुभूति गरिरहेकै होला । तर सज्जनतावश मुखै खोलेर क्यै भन्न सक्दैन, सङ्कोच मान्छ । सज्जनहरूको स्वभावै सराहनीय !
    यसै क्रममा धेरै परिचित आफन्त भेटिए, उनीहरूले मेरो बाटो काटे । मैले पनि उनीहरूको बाटो काटे हुँला ।
    तपाईं मुकुन्द सर हैन ? भन्दै एक युवकले आज बिहानी दुवै हात जोडेर नमस्कार गरे । तपाईं एकताका अङ्कुशमा आचार्यको अचार लेख्नुहुन्थ्यो । अचार चाख्नलाई नैं मान्छे त्यो किन्थे । सुनेर खुशी लाग्यो ।
    मैले धन्यवाद भने, उनी पत्रिका बाँड्ने काममा हिंडे ।
    एक पुराना शिष्य साउजी भएर पसलमा भेटिए । वर्षौपछि भेटघाट भएको थियो । लम्बेतान गफमा दुवै भुल्यौं । प्राचीन शिष्यले प्राचीन गुरुलाई ताजा–ताजा बडेमानका मिठाई ख्वाए । उनी परे नेताजी, उनीसँग समयको अभाव । उनले पनि बाटो काटे । मैले भन्ठाने, आज राशिफलमा मिष्ठान्न भोजन लेखेको रै‘छ क्यारे। कहिले त ठ्याक्कै मिल्छ !
    एक चिरपरिचित चौधरीजी चियापसलमा बसेर चियापान र गफदान गर्दै थिए । नमस्कार गर्दै चियापान गरौंं भनी इशारा गरे । मैले पनि इशारैमा भने–चियापान भइसकेको छ, धन्यवाद १
    वीरगंजको तरकारी बजारमा यौटा कालो अनुहार भएको प्रधानाध्यापकको र मेरो देखादेख भयो । उनलाई वीरगंजमा मैले पढाएको थिएँ । उनी सुटेड–बुटेड म परें सादा भेषधारी । उनको फोस्रो मपाईंले मसँग कुरा गर्न दिएन । मैले भन्ठाने, यस्ता शिक्षकले के सिकाउँदा हुन्– छात्रछात्राहरूलाई १? बाटो काटाकाट मात्र भयो ।
    मुर्लीको मस्जिदनेर एक युवकले अङ्कल १ अङ्कल ११ भनी करायो । कसैले कसैलाई बोलायो होलास भन्ठानेर म आप्mनै सुरमा गतिमान थिएँ । एक छिनमैं...ठूल्ठूला आँखा लिएर हिंड्ने, त्यो युवक त मेरै सामुन्ने ठिङ्ग उभिन आइपुग्यो । उसले भन्यो–अङ्कल १ मैले हजुरलाई नैं बोलाएको हो । उसको रातोपिरो अनुहार डाम्मडुम्म शरीर हेरिरहें, तर कुनै कोणबाट पनि ऊ परिचित ठहरिएन । बिचरो १
    मैले सामान्य खुशी हुने नाटक गर्नैपर्ने भो । गरें १ अनि दुवैथरीले एकअर्काको बाटो काट्यौं ।
    एवं रीतले आज प्रातःकालमा भूतपूर्व शिष्या फेला परिन् । उनी अचेल भूपू शिक्षिका भइसकेकी रै‘छन् । उनलाई बूढी देखेर आप्mनो बुढेसकाल त्यति दुःखदायी लागेन । सन्तोष लिने यौटा बाटो १ सम्झे–
उमर तो जिन्दगी नापने का पैमाना है दोस्त
दिल गर जवाँ हो तो बुढापा क्या है दोस्त

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us