Saturday, February 15, 2020

के छ पतौराको पुरातात्विक वास्तविकता ?

सञ्जय साह मित्र

    ऐतिहासिक तथ्य र प्रमाणहरूले स्पष्ट केही पनि भन्दैनन् तर पतौराको भग्नावशेषले स्पष्ट नभन्ने सबैलाई चुनौती दिइरहेको छ ।
    नजीकै सिम्रौनगढ रिसाइरहेको छ । सिम्रौनगढले यस क्षेत्रकै इतिहास खोलेको छ । अलि परको ईशनाथ महादेव मन्दिरले पनि इतिहास बोलेकै छ । तर मौलापुर नगरपालिकाको पतौराबारे सबैतिर किन मौनता ?
    इतिहासले भन्छ – इस्वी सन् १०९७ मा डोय राज्यको स्थापना भएको थियो । दक्षिण भारतको कर्नाट देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई डोय राज्य स्थापना गरेका थिए । नान्यदेव दक्षिण भारतका चालुक्य शासकका सेनापति थिए । सेनापति नान्यदेवले डोय राज्यको स्थापना गरेका थिए । डोय राज्यमा नान्यदेवपछि गङ्गदेव, गङ्गदेवपछि नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव तथा हरिसिंह देवले शासन गरेको इतिहास छ । दिल्लीका बादशाह गयासुद्दीन तुगलकले डोय राज्यमा आक्रमण गरी ध्वस्त पारेपछि डोय राज्यका सातौं राजा हरिसिंह देव आप्mनो राज्य छाडी भागेका थिए । हरिसिंह देवले शासन छोडी भागेपछि तुगलकले कामेश्वर ठक्कुरलाई शासक नियुक्त गरेका थिए । त्यसपछि ठक्कुर वंशको पनि शासन चलेको पाइन्छ ।
    तुगलकले आक्रमण गरेको वर्ष भने सन् १३२४ हो । सामान्य ऐतिहासिक विश्वास के छ भने तुगलकको आक्रमणबाट सिम्रौनगढको भौतिक संरचना तहसनहस भएको थियो । सिम्रौनगढको समृद्धि खलबलिएको थियो र सिम्रौनगढ उजाड भएको थियो । सिम्रौनगढ समग्रमा ध्वस्त भएको थियो भन्ने मान्यता स्थापित भइसकेको छ ।
    सिम्रौनगढमा राजधानी त्यत्तिकै स्थापना भएको थिएन होला । त्यहाँको भौतिक संरचना वा कूटनैतिक महŒव वा सामरिक महŒव त्यस जमानामा केही थियो र त त्यहाँ राजधानी बनाइएको थियो । तुगलकको आक्रमणपछि सिम्रौनगढ पूर्णरूपमा ध्वस्त नै हुन पुगेको थियो भन्ने कुरा ठक्कुरले पुनः राज्यको शासन तुगलकबाट लिएकोबाट देखिन्छ । यहाँनेरको अँध्यारोले पनि केही बोल्नुपर्ने हो ।
    डोय राज्य स्थापना भएको वर्षलाई विक्रम संवत्मा ११५४ मानिएको छ । डोय राज्यको स्थापना हुनुभन्दा करीब चार दशक पहिले वि.सं.११४ मा औरैयामा ईशनाथ महादेवको स्थापना भएको ऐतिहासिक तथ्य रहेको छ । जसरी सिमरावनबाट सिमरौनगढ वा सिम्रौनगढ भयो त्यस्तै अमलाको वन भएको ठाउँ औरावनबाट औरैया हुन गएको हो । बकैया नदीको पश्चिमी किनारमा स्थापना भएको महादेव मन्दिरसँग सम्बन्धित अनेक किंवदन्तीहरू त्यस आसपासमा अद्यापि प्रचलनमा छन् । ईशनाथ महादेवको पुरानो मन्दिरको भग्नावशेष अझै पनि देख्न सकिन्छ ।
    सिम्रौनगढ स्थापना भएको समयभन्दा केही दशकपहिले स्थापना भएको मन्दिर अहिले पनि अस्तित्वमा छ र सिम्रौनगढको संरचना चाहिं ध्वस्त भएको छ । अझ स्पष्ट भन्ने हो भने पुराताŒिवक महŒवका दुवै स्थानको स्थापनाको इतिहास देखिन्छ,् तर पतौरा महादेवबारे सबैतिर मौनता किन ?
    एकजना जानकारको अभिमत कस्तो छ भने डोय राज्य ध्वस्त भएको केही समयपछि पतौरामा महादेव मन्दिरको स्थापना भएको हो र यहाँ केही शताब्दीसम्म पूजा चलेको हो र पृथ्वीनारायण शाहको समयमा पतौरा मन्दिरलाई ध्वस्त पारिएको हो । पतौरा मन्दिरलाई पृथ्वीनारायण साहका मान्छेहरूले किन ध्वस्त पारे ? ती जानकारको अभिमत छ– पतौरा र आसपासका बासिन्दा पृथ्वीनारायण शाहका पक्षमा थिएनन् रे । यहाँका बासिन्दा सेनवंशका समर्थक थिए रे । पृथ्वीनारायण शाहले मकवानपुर आप्mनो राज्यमा मिलाएपछि यहाँका बासिन्दाले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गरेका थिएनन् । राजा नस्विकारेको कारणले उनको सेनाले यस क्षेत्रमा आक्रमण गरे र मन्दिरमा लुकेका स्थानीयलाई लखेट्ने क्रममा मन्दिर नै ध्वस्त पारे रे । मन्दिर ध्वस्त भयो र यो क्षेत्र पूरै मानवविहीन बन्न पुग्यो । कालान्तरमा फेरि बस्ती बस्न पुगी करीब दुई वर्ष पहिले मन्दिरको अवशेष फेला परेको हो ।
    यस तर्कलाई विभिन्न किसिमले विश्लेषण गर्दा तथ्य अर्कै हुनुपर्ने सङ्केत प्राप्त हुन्छ । पतौराको पुराताŒिवक उत्खनन भएको छ र उत्खननले प्रारम्भिकरूपमा के देखाएको छ भने यो मन्दिर कर्नाटकालीन हो । कर्नाटकालीन भन्नु चाहिँ डोयकालीन भन्नु नै हो । पृथ्वीनारायण शाहको समय भनेको त्यस्तै साढे दुई सय वर्ष पुरानो हो । धरतीभन्दा करीब बाइस फिट गहिरोसम्म मन्दिरको संरचना भेटिएको छ । यति गहिरोसम्म सिम्रौनगढमा मन्दिर वा पुराताŒिवक संरचना भेटिएको कसैलाई थाहा छैन । यदि हो भने तथ्य बाहिर आउला तर साढे दुई सय वर्षमा नै कुनै संरचना बाइस फिट गहिरो भासिन सक्ला र ? पतौरा र यस आसपासको बस्ती नै साढे दुई सय वर्षभन्दा पुरानो छैन भन्ने पनि स्पष्ट पार्दछ । तर वास्तविकता यो होइन । वास्तवमा पतौरा भन्ने बस्ती साढे दुई सय वर्षभन्दा पनि कैयौं शताब्दी पुरानो हो भन्नेमा शङ्का छैन।
    जब लोकमानसमा सिम्रौनगढ ध्वस्त भएको कुरा इतिहासको पुस्तकमा लेखिएको भन्दा पुरानो भनी व्याप्त छ, जुन सन् १३२४ को घटना हो । सिम्रौनगढ ध्वस्त भएको करीब सात सय वर्ष हुन लागेको छ तर जम्मा साढे दुई सय वर्ष पहिले ध्वस्त भएको पतौरा महादेवको मन्दिरबारे न कुनै किंवदन्ती प्रचलनमा छ, न लोकमानसमा यसको इतिहासको कुनै अवशेष नै छ । यसले के स्पष्ट हुन आउँछ भने पतौरा मन्दिरको इतिहास अन्य क्षेत्रको इतिहासभन्दा अझ पुरानो छ ।
    मन्दिरको आसपासको जग्गाजमीन र केही घरहरू माली जातिको रहेको पाइएको छ । करीब दुई दशक पहिले मन्दिरको संरचना भेटिएको र पुराताŒिवक उत्खननले हजारौँ वर्ष पहिलेको भएको सम्भावना व्यक्त गरिरहेको वर्तमानमा यसको पुराताŒिवक वास्तविकता अझ बाहिर आउन बाँकी नै छ । यहाँको मूर्तिकला, ईंटाको संरचना तथा अन्य तथ्यहरूले यहाँ कुनै प्राचीन सभ्य र भव्य बस्ती रहेकोतर्फ सङ्केत गर्दछ । कुनै प्राचीन बस्तीको विलुप्त अवशेष फेला पर्न सक्ने सम्भावनाले नयाँ किसिमले मानव सभ्यताको अध्ययनको ढोका पो खोल्ने हो कि ? यस विषयमा पुरातŒव विभागले नयाँ तथ्य सार्वजनिक गर्ला । सर्वसाधारण जान्न अत्यन्त उत्सुक छन्– आखिर के छ पतौराको पुराताŒिवक वास्तविकता ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us