Thursday, February 13, 2020

खोप अभियान

    सरकारले ‘दादुरा–रुबेला खोप अभियान २०७६’ सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत मुलुकका विभिन्न १९ वटा जिल्लाका ९ महीनादेखि ५९ महीनासम्मका बालबालिकाहरूलाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइनेछ । एक महीनासम्म चल्ने यस अभियानमा स्वास्थ्य जनशक्ति र स्रोत साधनको आधारमा जिल्लाभित्रका क्षेत्रलाई पनि विभाजन गरी खोप सेवा प्रदान गरिंदैछ । जस्तै पर्सा जिल्लाका १४ वटा स्थानीय तहलाई  तीन चरणमा विभाजन गरिएको छ । सोअनुरूप जिल्लाको पूर्वतर्पm अवस्थित वीरगंज महानगरलगायत सो आसपासका पालिकाहरूमा फागुन १ देखि १० गतेसम्म, जिल्लाको मध्य भागमा पर्ने ७ वटा पालिकाहरूमा फागुन १२ देखि २० गतेसम्म र जिल्लाको पश्चिमतर्पmका पालिकाहरूमा फागुन २२ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन गरिने तालिका छ । दादुरा–रुबेला खोप, पोलियो थोपा ख्वाएजस्तो सहज छैन । सोही कारण यसलाई चरणबद्ध गर्नुपरेको हो । दादुरा–रुबेला खोप खोलेपछि एक ठाउँबाट अर्को ठाउँमा लान नमिल्ने साथै खोप दिनका लागि दक्ष जनशक्ति आवश्यक पर्छ ।
    दादुरा–रुबेला डरलाग्दो अनि अति छिटो सर्ने रोग हो । बालबालिकामा अधिक सङ्क्रमण हुने यस रोगले उनीहरूको ज्यानै लिन सक्छ । ज्यान बचेकालाई पनि यस रोगले जिन्दगी अभिशाप बनाइदिन्छ । दादुरा–रुबेला फरक किसिमको रोग हो । तर यी दुवै रोग भाइरसबाट सर्छ । दादुरा लागेको बालबालिकामा अन्धोपन, कानको रोगलगायत मस्तिष्कमा समस्या हुन सक्छ । दादुराका कारण निमोनिया र पखाला हुँदा कतिपय बालबालिकाको ज्यानै जाने गरेको छ । त्यसैगरी, रुबेलाले बालबालिकामा अन्धोपन, बहिरोपन, मुटु र मस्तिष्कमा विकृति, रगत जम्ने क्षमतामा ¥हास, हाडजोर्नी सुन्निनेलगायतका समस्याहरू निम्तिन सक्छन्, जसको कारण उनीहरूलाई जीवन जिउन गा¥हो हुन्छ । हाम्रो मुलुकले सन् २०१९ सम्म दादुरा–रुबेला उन्मूलन गर्ने लक्ष्य लिएको थियो । तर पछिल्लोपटक यसको सङ्क्रमण तीव्र देखिएपछि लक्ष्य अवरुद्ध भयो । सन् २०१८ मा करीब २५० जना बालबालिकामा दादुरा भएको पुष्टि भयो । सोको एक वर्षपछि सन् २०२० मा यो सङ्ख्या तेब्बरभन्दा बढीले वृद्धि भएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर दादुरा सङ्क्रमणको अनुपात तेब्बरभन्दा बढी रहेको जनाएको छ । मुलुकमा गत वर्ष १२२ जना बालबालिकामा रुबेला भएको थियो । सोमध्ये प्रदेश नं. २ का ८ जना थिए । अब सन् २०२३ सम्म दादुरा–रूबेला उल्मूलन गर्ने सरकारले लक्ष्य लिएको छ ।
    मानिसमा चेतना अभाव र लापरवाह भएको कारण समस्या आएको हो । दादुरा–रुबेलालगायत ११ किसिमका विभिन्न रोगविरुद्ध जन्मेदेखि १५ महीनासम्मका बालबालिकालाई सरकारले निश्शुल्क नियमित खोपको व्यवस्था गरेको छ । गर्भवती महिलाहरूलाई पनि खोप दिइन्छ, ताकि शिशु स्वस्थ जन्मोस् । तर मुलुकका २७ प्रतिशत बालबालिकाले दादुरा र रुबेलाविरुद्ध खोप लगाउँदैनन् । त्यही खोप नलिएका बालबालिकालाई खोज्न पटकपटक अभियान सञ्चालन गर्नुपरेको छ । ‘सबै बालबालिका अनिवार्य खोप’ भनेपछि उनीहरू पनि आएर खोप लिऊन् भन्ने हो । खोप नपाएको कुनै एकजनामा रोग लाग्यो भने त्यसको सङ्क्रमणले धेरैलाई क्षति पु¥याउँछ । यसर्थ आप्mनो गाउँ, समाज, टोलका सबै बालबालिकाले खोप लगाउन भन्नेतर्पm समाजका हरेक सदस्य सचेत बन्न जरुरी छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us