Saturday, February 15, 2020

मनोबल खसाउने समाचार प्रकाशित नगर्न आग्रह

प्रस, वीरगंज, २ फागुन/
    पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले प्रहरीबारे अनावश्यक प्रचारबाजी र मनोबल खसाउने गरी समाचार प्रकाशित नगर्न पत्रकारहरूसँग आग्रह गरेकी छन् ।
    पर्सामा प्रहरी प्रमुख भएर आएपछि शुक्रवार पत्रकारहरूसँग भेटघाटको क्रममा प्रउ पन्तले सो कुरा बताएकी हुन् । उनले सञ्चारकर्मीहरूलाई अनावश्यक प्रचारबाजी हुने र मनोबल खसाउने दुवैथरी समाचारले प्रहरी विभागलाई नोक्सान हुने बताइन् । प्रउ पन्तले पर्सा जिल्लामा हुने गरेका आपराधिक घटना न्यूनीकरण गर्नेतर्पm आप्mनो कार्यकालमा प्रयास गरिने बताइन् । विगतमा भएका त्रुटि, कमजोरीहरू सच्याउनुका साथै कुनै कारणले पेन्डिङ अपराध घटनालाई आप्mनो कार्यकालमा उजागर गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता गरिन् ।
    आप्mनो कार्यकालमा जिप्रकाको थुनुवा कोठा भर्ने काम मात्र नगरी सबैखाले अपराध न्यूनिकरणका लागि काम गर्ने बताइन् । खुला सीमाको कारण हुने सामाजिक तथा आर्थिक अपराध न्यूनीकरण गरिने उनले बताइन् । प्रउ पन्तले कार्यकाल सम्हाल्दा आपूmले गरेको प्रतिबद्धता कार्यकाल बिताएर जाँदा गर्न सकेका र गर्न नसकेका कुराहरूबारे पारदर्शी तरीकाले पत्रकारहरूसमक्ष राखेर जाने प्रतिबद्धता गरिन् । आउँदाखेरि ठूला कुरा गर्ने र जाँदा गरेका कामको मूल्याङ्कन नगर्ने परिपाटी हटाउने बताइन् ।
    सो अवसरमा प्रउ पन्तले आपूm पर्सा जिल्लाको ९ सय प्रहरीको अभिभावक भएको बताउँदै अभिभावकत्व निर्वाह गर्ने काममा सघाउन सञ्चारकर्मीसँग आग्रह गरिन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us