Friday, February 28, 2020

कानू जाति र गणिनाथको सम्बन्ध

सञ्जय साह मित्र


    कानू जातिको इतिहास शताब्दीयौं शताब्दी पुरानो छ । महाभारतकालभन्दा पनि पुरानो जातिको रूपमा कानूलाई मानिएको छ तर कतिपय कुरा चाहिं विवादास्पद पनि आएका छन् । कतिपयले कानू जातिको कुलदेवता गणिनाथ चाहिं नै कानू जातिको उत्पत्तिकर्ता भएको तर्क निकाल्छन् भने कतिपयले चाहिं गणिनाथको उत्पत्ति हुनुभन्दा पहिलेदेखि नै कानू जातिको अस्तित्व रहेको तथ्य दिन्छन् ।
    गणिनाथलाई नाथ सम्प्रदायको एक उपासक पनि मानिएको पाइन्छ । नाथ सम्प्रदायमा गोरखनाथ पनि पर्छन् ।
    गणिनाथको विषयमा जानकारहरू गणिनाथलाई भगवान् शङ्कर वा माता पार्वतीको मानसपुत्र मान्दछन् । मानसपुत्र गणिनाथको अवतरण केही सीमित अवधिको लागि भएको थियो र उनको पालनपोषण मनसाराम साहको घरमा भएको थियो । मनसाराम साह कानू थिए (कानू भनेर विभिन्न स्थानमा विभिन्न नामले बोलाइने कानू, कान्दू, हलुवाइ आदि हुन् किनभने सबै एकै हुन् भन्ने मान्यता राख्नेहरू पनि छन्) । गणिनाथलाई कतिपयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा कुनै एक जातिको बताउने काम पनि गरिरहेका छन् । वास्तवमा गणिनाथको अवतरणलाई हेर्ने हो भने उनी कुनै जातिको भन्दा पनि उनको पालनपोषण कानू जातिको घरमा भएको थियो । गणिनाथलाई कुनै जातिको दायरामा सीमित राख्नु सीमित राख्ने खोज्नेको अज्ञानता हो भनी धेरैको मत छ ।
    साधुसन्त कुनै जाति, वर्ग वा समुदायको दायरामा हुँदैनन् भन्ने सामाजिक मान्यता रहेको छ । साधुसन्तको जीवन मानवकल्याणको लागि हुन्छ । अझ सबै जीवको रक्षाको लागि हुन्छ । गणिनाथको हकमा पनि यही लागू हुन्छ । आज पनि उनलाई धेरै जाति, वर्ग तथा घरमा श्रद्धापूर्वक पूजा गरिन्छ । यो निर्विवाद सत्य छ कि गणिनाथको अवतरणपूर्व पनि कानू (कान्दू, हलुवाइ) जातिको अस्तित्व थियो किनभने गणिनाथको अवतरणपूर्व मनसाराम साह र उनकी धर्मपत्नी पुण्यमतिको अस्तित्व जातिगत (कानू, कान्दू, हलवाइ) रहेको पाइन्छ । गणिनाथको विवाह खेमासती या क्षमासतीसित भएको थियो । ती महिला आपैंmमा विदूषी थिइन् । केही विद्वान्हरूको मान्यता तथा केही किंवदन्तीहरूमा क्षमासतीलाई मनसाराम साहकी पुत्री या धर्मपुत्री थिइन् । अर्को मान्यता यो पनि छ कि पाटलीपुत्रका नगरसेठ झोटिल साहकी छोरी थिइन्, जबकि लोकगीतहरू तथा प्रचलित किंवदन्तीहरू अनुसार गणिनाथका दुई छोराहरू रामचन्द्र राय तथा श्रीधर रायको विवाह नगरसेठ झोटिल साहकी दुई पुत्रीसित भएको थियो । दुवैजनाको नाम बिजुली बहुरिया र चतुरी बहुरिया भएको उल्लेख पाइन्छ ।
    आधुनिक इतिहासकारहरूका अनुसार गणिनाथको जीवनकालको समय १३औं वा १४औं शताब्दीको हुनुपर्छ । यस समयको हुनुपर्ने कारणमा तर्क के रहेको मानिएको छ भने सम्भवतः यसै समयमा मुस्लिमहरूको आगमन भारतमा भएको मानिन्छ । गणिनाथको जीवनकालमा लाल खान एक महŒवपूर्ण व्यक्ति हुन् । १३औं १४औं शताब्दीभन्दा पहिले भारतमा मुस्लिम राजा वा जमीनदार थिएनन् कि ? केही अन्य विद्वान्हरूले धर्मपुर पलवैया पालवंशीय महाराजा धर्मपालले गणिनाथलाई जागीर दिएका थिए । यहाँ एउटा यो पनि तर्क छ, धर्मपालको नामबाट आज पनि धर्मपुर र धर्मपालका पिता गोपालको नामबाट आज पनि गोपालपुर पलवैयाकै नजीक अवस्थित छ तर धर्मपाल ७७०–८१५तिर पालवंशका प्रमुख संस्थापक तथा शासक थिए । उनको राज्यको विस्तार पूर्वमा बङ्गालको खाडीदेखि पश्चिममा जालन्धरसम्म, उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा विन्ध्य पर्वतसम्म भएको उल्लेख पाइन्छ । अधिकांश पाल राजा बौद्ध धर्मका अनुयायी थिए । यदि पालवंशको शासनकाललाई गणिनाथसँग जोडिने लाल खाँको सन्दर्भ संशयपूर्ण हुन आउँछ र यसको आधारमा स्वयम् गणिनाथको पनि । वा लाल खाँ मुस्लिम समुदायको नभएको हो कि भन्ने अर्को शङ्कास्पद तर्कले ठाउँ लिन खोज्छ । १४औं शताब्दीको अन्त्यसम्म तिरहुतसमेत उत्तर बिहार तथा जौनपुर मुस्लिम शासकको हातमा गइसकेको थियो । ज्ञातव्य छ– तिरहुत राज्यमाथि सन् १३२४ मा दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले आक्रमण गरी आप्mनो आधिपत्य जमाएका थिए ।
    कानू, कान्दू, हलुवाइ जातिको बाक्लो बस्ती जौनपुरदेखि गङ्गा किनारको विभिन्न स्थानमा अहिले पनि रहेको छ । यो त्यही क्षेत्र हो, जहाँ गणिनाथको प्रभाव अधिक रहँदै आएको छ । त्यस समय जलमार्गको प्रधानता थियो । सिकन्दर लोधीले जौनपुरका राजालाई हराएर आप्mनो शासन स्थापित गरेका थिए । बाबर सन् १५७२–७४ मा बङ्गाल विद्रोह दबाउने प्रयासमा लागे । डा. सरोज प्रधानको एउटा पुस्तकमा पलवैया मन्दिरको ढोकामा मुगलकालीन अन्तिम शासकको जजिया करको सम्बन्धमा पत्र प्राप्त भएको वर्णन गरिएको पाइन्छ । अतः यो शोधको विषय बनेको छ तर गणिनाथको जीवनकाल १३औं १४औं शताब्दीभन्दा पछिकै बुझिन्छ । गणिनाथ र गोविन्दजीलाई लोकदेवताको रूपमा तथा उनका परिवारले गुरु परम्परालाई निर्वाह गरेको पाइन्छ । आज पनि धेरै घरमा सती–बंद्धिको पूजा, बोधाबाबाको पूजा गरिन्छ । यहाँ भनिएको सती अरू कोही नभएर खेमासती नै भएको पनि मानिन्छ । गणिनाथले आप्mनो परिवार    (पौत्र नीलकण्ठ रायबाहेक)सहित समाधिस्थ भएर महाप्राणको यात्रा गरे । आज पनि पलवैयामा गणिनाथको वंशका मानिसहरू (वंशावली सदस्य) रहेका छन् । उनीहरूलाई भगत वा पण्डा भन्ने गरिएको छ । उनीहरू वर्षभरि कुलगुरु     (गणिनाथ)लाई मान्नेहरूकहाँ भ्रमण गर्छन्, पूजा गर्छन्, प्रचारप्रसार गर्छन् ।
    विभिन्न स्रोतबाट लिइएका यी सामग्रीहरूबारे धारणाहरू आउनु जरुरी छ । गणिनाथको जीवनीबारे धेरै कुराहरू प्रकाशमा आइसकेका छन् । यहाँ मुख्य दुई कुरामा प्रकाश पारिएको छ– एक, गणिनाथभन्दा कानू जाति अझ पहिलेको हो र अर्को गणिनाथको प्रादुर्भावकाल । यी दुई पक्षमा भएका मतान्तरहरू पनि सभ्य र शिष्ट भाषामा यसै पत्रिकामार्पmत् जानकारीको अपेक्षासमेत रहेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us