Saturday, February 15, 2020

‘गोतामे पत्रकारिता स्वर्ण पदक’बाट आचार्य सम्मानित

प्रस, वीरगंज, २ फागुन/
    पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक झापाका पत्रकार केशव आचार्यलाई शुक्रवार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।
    नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले पत्रकार आचार्यलाई स्वर्ण पदक, प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा मुख्यमन्त्री लालबाबू राउत गद्दीले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सुसूचित गर्दै आएको बताए । उनले दुवै पेशा आर्थिकरूपमा सम्पन्न हुन नसकेको बताए ।
    चार दशक अघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने बताए। त्यो बेलाको काल, परिस्थितिमा गरिएको पत्रकारिताको अहिलेसम्म स्मरण गरिनुले नैं उनको गरिमा उजागर गरेको बताए । कसैसँग विचार हुन्छ तर उसले कलमको माध्यमबाट तिखार्न सक्दैन र जसले कलममार्पmत तिखार्न सक्छ ऊसँग विचारको अभाव हुन्छ तर यी दुवै गुण गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिएको बताए ।
    मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु १० हजारबाट शुरू गरेको पुरस्कार राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गरे । उनले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।
    पुरस्कृत व्यक्ति झापा, बिर्तामोडबाट प्रकाशित हुने जनान्दोलन साप्ताहिकका सम्पादक  केशव आचार्यले पत्रकारिताको चार दशकमा एक दशक साहित्यिक पत्रकारिता र अहिले तीन दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएको बताए । उनले स्व. गौतमको नाममा स्थापित पुरस्कार पाएकोमा आपूm गौरन्वावित भएको बताए ।
    मानव अधिकारकर्मी बद्री खतिवडाले स्व. गौतम समकालीन साथी भएको र उनले आप्mनो बेलामा गरेको पत्रकारिताको अहिले तुलना हुन नसक्ने बताए । चालीस वर्ष पहिले  पञ्चायतकालीन तानाशाह व्यवस्थामा गरिएको पत्रकारिता अहिले खुला परिवेशभन्दा फरक रहेको र त्यतिखेर स्व. गौतमले साहस प्रदर्शन गरेको बताए ।
    नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतम राष्ट्रकै धरोहर भएको बताए । उनले गौतम परिवारले वीरगंजको नाम देशभरि फिंजाएको बताए । पत्रकारितामा उनको योगदानको चर्चा गर्दै महासङ्घले प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने बताए ।
    प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष्F चन्द्रकिशोरले स्व. गौतमबारे चर्चा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले गरेका थिए ।
    पुरस्कार वितरण कार्यक्रममा स्व . गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, मानव अधिकारकर्मी नन्दन अर्याल, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमदलगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us