Thursday, February 13, 2020

नेकपाले जनआन्दोलन र जनयुद्ध दिवस मनायो

प्रस, वीरगंज, १ फागुन/
    नेकपा पर्साले २५औं जनआन्दोलन तथा जनयुद्ध दिवसको अवसरमा श्रद्धाञ्जलिसभा गरेको छ ।
    जिल्ला पार्टी कार्यालय मनमोहननगरमा आयोजित श्रद्धाञ्जलिसभाको नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साहले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि साहले शहीदहरूले आप्mनो जीवनको आहुति दिएर जनआन्दोलन, जनयुद्ध सफल बनाएको र उनीहरूको सपनालाई खेर जान नदिने बताए ।
    नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्ष्Fतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य विचारी यादव, प्रद्युमन चौहान, नगर अध्यक्ष रहबर अन्सारीलगायतले जनआन्दोलन तथा जनयुद्धबारेमा चर्चा गरेका थिए ।
    कार्यक्रममा नेकपाका प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछाने, प्रेस सङ्गठन पर्साका अध्यक्ष्F नीरज पिठाकोठे मगरलगायतको सहभागिता थियो । कार्यक्रममा सहजीकरण नेकपा पर्साका सचिव विजय महतोले गरेका थिए ।
प्रस, रौतहट/
    जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रम बिहीवार पार्टी कार्यालय गौरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले शहीदहरूको सपना साकार गर्न नेताहरूले आप्mनो सपना त्याग्नुपर्ने बताए । जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले शहीदहरूको देनका कारण देश लोकतान्त्रिक गणतन्त्रमा आएको बताए । सदियौंदेखि रहेको भेदभावको अन्त्यतिर देश उन्मुख रहेको बताए । अहिले पार्टी गुटबन्दीका कारण शहीदहरूको परिवारको सम्मान हुन नसकेको उनले गुनासो गरे ।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं २ का सदस्य उपेन्द्रप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जनयुद्ध तथा जनआन्दोलनको मर्म अनुरूप विजयी भएका नेताहरूले कार्य नगरेको आरोप लगाएका थिए । सो कार्यक्रम मौलापुर, चन्द्रनिगाहपुर, गरुडा,  कटहरियालगायतमा सम्पन्न भएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us