Saturday, February 15, 2020

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ः विकल्प किन चाहियो ?

–वातावरणविज्ञ ः बाबूराम गोपाली र आनन्द भण्डारी
    हाल सर्वोच्च आदलतमा सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पूर्ण इजलासले प्रस्तावित निजगढ विमानस्थलमा रूख नकाट्न अन्तरिम आदेश दिएको छ । विमानस्थलको स्थान परिवर्तन गरी वैकल्पिक स्थान खोज्न विज्ञहरूको एउटा निष्पक्ष टोली गठन गरी बारा र
रौतहटका करीब ४ लाख जनताको क्षतिबारे अध्ययन गराउन अत्यन्त आवश्यक छ ।
प्रदेश नं. २ र बारा जिल्लाकोे वनको वितरण अवस्था
    नेपालमा वन क्षेत्रमध्ये प्रदेश नं.२ मा सबैभन्दा न्यून वन क्षेत्र छ । यो प्रदेशका दुई जिल्ला बारामा कुल देशको क्षेत्रफलको ३.९९ र रौतहटमा १.७८ प्रतिशत मात्रै वन छ (Fच्ब् २०१५)। उक्त तथ्याङ्कले के भन्छ भने यो प्रदेशमा पूर्वाधार विकास निजी जग्गा खरीद गरी मात्र गर्नुपर्छ, वन क्षेत्र फडानी गर्नु स्थानीय वातवरणसमेतमा घातक हुन्छ ।
    ४१ वटा सामुदायिक वन र ७०,३३४ उपभोक्ता(पहाड मूलका बासिन्दा) लाई ९६९१.६१२ हेक्टर वन हस्तानान्तरण गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जले १५,९९१ हेक्टर र हाल कटान गर्न प्रस्ताव गरिएको वन ८०४५.७९ हेक्टर गरी जम्मा ३३,७२८.४० हेक्टर वन हुन्छ । बाराको वनको क्षेत्रफल ४५,९८१ बाट ३३,७२८.४० हेक्टर घटाउFदा १२,२५२.६० हेक्टर राष्ट्रिय वन क्षेत्र बाँकी रहन्छ । जुन बाराका बाँकी बासिन्दा ६,१७,४७४ (बाराको जनसङ्ख्याको ८९.७७५ ) मा प्रतिव्यक्ति ०५९ कठ्ठा पर्दछ । त्यसैगरी ४१ वटा सामुदायिक वनको ९६९१.६१२ हेक्टर वन पहाडी मूलका १२,८७९ घरधुरीका ७०,३३४ बासिन्दाहरूलाई
(बाराको जनसङ्ख्याको १०.२२५) हस्तानान्तरण गरिएको छ जुन करीब ५ कठ्ठा प्रतिव्यक्ति र प्रति घरधुरीले २५ कठ्ठा उपभोग गरिरहेका छन् ।
    प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको लागि ८०४५.७८ हे. (१३,४३६.४७ बिघा) वन क्षेत्रलाई घेराबार लगाइएको छ । भ्क्ष्ब् च्भउयचत मा कुल १९०० (३,१७३ बिघा) हेक्टर क्षेत्रफलमध्ये १३०० हेक्टर (२,१७१ बिघा) मा विमानस्थल निर्माण र ६०० हेक्टर (१,००२ बिघा) मा स्मार्ट सिटी बनाउने उल्लेख गरेको छ । ८०४५.७९ हेक्टर क्याप्चर किन गरिएको हो त्यो शङ्कास्पद छ र  भ्क्ष्ब् चभउयचत ले पनि प्रस्ट पारेको छैन् ।
३ देखि ४ लाख कृषक तथा वन उपभोक्ताहरूले भोग्ने गम्भीर समस्याहरू– 
    अरुवा, जमुनी, तियर, काटघाट, थलही, बडकी पैनी, जोकाहा खोलाहरूको सिरान प्रस्तावित एयरपोर्ट को जङ्गल भएकोले एर्यपोर्ट निमार्णपछि सबै खोला सुक्नेछन् । जसबाट दक्षिणी बेल्टका ५ गाउँपालिका, ४ नगरपालिका र १ उपनगरपालिका र बकैया नदीको किनारमा बसेका रौतहतसमेतका बासिन्दा २१६,००० देखि ४४०,००० (रौतहटबाहेक) गरीब तथा मध्यम वर्गीय कृषकहरूको सिंचाइ तथा खानेपानीमा गम्भीर समस्या उत्पन्न गरी भोकमरी समस्या निम्त्याउने छ ।
    यहाँका स्थानीय बासिन्दाले करीब चार दशकपछि पाएको तामागढी र सहजनाथ साझेदारी वनका साबिक ५३ गा.वि.स.का २८८,४२७ उपभोक्ता ४,८४० हेक्टर साझेदारी वनबाट प्राप्त हुने वनपैदावारबाट वञ्चित हुनेछन् । यस पछि मूल मधेसीहरूसँग वन शून्य (श्भचय) हुनेछ । यस वनमा आधारित उद्योगहरू पनि बन्द हुनेछन् ।
वर्षाको बाढीबाट जनधनको क्षति ः 
    यी माथिका ६ वटा खोलाहरूको पानी र ८६८ वर्ग किमी. चुरिया जलाधार क्षेत्रको पानी समेतलाई पसाह नदी र लालबकैया नदीमा डाइभर्सन गरी पठाउँदा, खासगरी वर्षात्को समयमा ठूलो बाढी आई दुवै खोलाको किनारका बस्तीहरूमा बाढीको पानीले धनजनको ठूलो क्षति गर्नेछ । यस गम्भीर समस्याबारे भ्क्ष्ब् चभउयचत ले पूरै बेवास्ता गरेको छ ।
    भ्क्ष्ब् चभउयचत अनुसार यस आयाजनाले २०३० सम्म विमान सञ्चालन गरी ७२ लाख यात्रुलाई सेवा दिनेछ भनी उल्लेख गरिएको छ । पूर्व पर्यटन सचिव वीरेन्द्र देउजा अनुसार यस विमानस्थलले करीब नेरु १० अर्ब वार्षिक आम्दनी गर्नेछ । अब यसको  खर्च र आमदानी विवरण हेरौं कतिको नाफा नेपाली जनतालाई हुँदैछ । विमानस्थल निमार्ण खर्च ७.७४ खर्ब,  प्रतिवर्ष वातावरणीय विनाश २.३१ खर्ब र अन्य खर्च ४.७४ खर्व गरी जम्मा १४.७९३७ खर्ब खर्च हुने रहेछ । सचिवजीको आकलन अनुसार आम्दनीभन्दा १४७.९३७ गुणा बढी खर्च लाग्ने रहेछ । यसको मतलब १४८ वर्ष पछि मात्र यसले सरकारलाई नाफा दिन्छ । यसले एक नेपालीलाई ५२ देखि ६० हजारसम्म ऋण बोकाउने छ ।
    भ्क्ष्ब् चभउयचत मा रूख र पोल गरी  २४,५०,३१९ (चौबीस लाख) उल्लेख छ जसमा बिरुवा ३९०० प्रतिहेक्टरलाई समावेश गरिएको छैन । बिरुवासमेतको हिसाब गर्ने हो भने ७३,११,७०० (२ करोड ७३ लाख) गरी कुल जम्मा रूख–बिरुवा २ करोड ९७ लाख ६२ हजार हुन्छ । सानो बिरुवाको हिसाब नगर्दा भावी सन्तानलाई अन्याय हुन्छ किनभने यही सानो बिरुवाले भविष्यमा हाम्रा बालबच्चाहरूलाई काठ–दाउरा प्रदान गर्नेछ ।
    रूख विरूवाहरूको सरपट कटानबाट भ्क्ष्ब् ६.१३ तालिका अनुसार अक्सिजन, फास्फोरस, कार्बन, पोटFस आदिको वार्षिक २ खर्ब ३१ अर्बको वातावरणीय सेवा विनाश हुन्छ ।  फिल्ड अध्ययन प्रतिवेदन अनुसार अक्सिजन र कार्बन मात्रैको हिसाब गर्दा ७००३ हेक्टरमा १६.९ खर्बदेखि ११८.६१ खर्ब बराबरको आक्सिजन नोक्सान हुन्छ । यसैगरी हाल माग गरिएको १९०० हेक्टरको वन सरपट कटानबाट ४.५९ खर्बदेखि ३२.१८ खर्ब बराबरको आक्सिजन नोक्सान हुन्छ ।
    एयचतबिलम क्तबतभ ग्लष्खभचकष्तथ का एचयाभककयच च्बलमबिि द्यगिााकतयलभ ९म्ष्चभअतयच या तजभ क्ष्लकतष्तगतभ ायच भ्अयलयmष्अक बलम तजभ भ्लखष्चयलmभलत० ले हाल प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा नेपालको को ७००१  हेक्टर वन क्षेत्रको ऋबचदयल ख्बगिभ यिकक को हिसाब मिति १७ डिसेम्बर २०१९ मा गरेका थिए । जस अनुसार उक्त वनको सरपट कटान गर्दा ८.८९२ अर्ब देखि ७५.४६८ अर्ब बराबरको कार्बन मूल्य नोक्सान हुन्छ । त्यसैगरी हालसालैे १९०० हेक्टरमा माग गरिएका रूखबिरुवाको सरपट कटान गर्दा करीब २०.४८१ अर्बको कार्बन नोक्सान हुन्छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा प्रतिकूल असर ः
    विमानस्थलको लागि चितवन जिल्लाको शुक्रनगरमा अध्ययन गर्दा चितवन राष्ट्रिय निकुञ्ज नजीक भएको कारण चितवन जिल्लामा विमानस्थल नराख्ने निर्णय भएको थियो । तर पर्सा राष्ट्रिय निकुञ्जको उत्तरतर्फ जोडिएकोले गर्दा यसको निमार्णबाट राष्ट्रिय निकुञ्जका सम्पूर्ण वन्यजन्तुहरू गम्भीररूपले प्रभावित हुनेछ । पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा दुर्लभ वन्यजन्तुमा जङ्गली हात्ती, बाघ, गैंडा, गौरीगाई, चौसिङ्गा र हुँडारलगायत स्तनधारी ३७ प्रजाति, पक्षी ४९० प्रजाति, सरिसृप र भ्यागुता १५ प्रजाति, उभयचर ३ प्रजाति, माछा ८ प्रजाति गरी अन्य वन्यजन्तु ३१ प्रजातिका पुतली र कीरा फट्याग्राहरू छन् । हवाई जहाजको ध्वनि र त्यसबाट निस्कने धूवाँबाट वन्यजन्तुको दैनिक दिनचर्या वा रातचर्यामा प्रतिकूल असर पर्नेछ ।
तराईमा बढी जाडो र बढी गर्मी किन हुन्छ ?
    हरितगृह ग्याँस प्रभावः वनमा रहेका रूख–बिरुवाहरूले वातावरणमा भएको कार्बनडाइ अक्साइड शोषण गरेर राख्दछ । रूखमुनि नेचुरल हिटिङ उपलब्ध हुन्छ । हरितगृह ग्याँसको सन्तुलन भएन भने पृथ्वीको तापक्रम अत्यधिक भई सृष्टि समाप्त हुन सक्छ । अर्कोतर्फ वायुमण्डलमा हरितगृह ग्याँसहरू–कार्बन डाई अक्साइड, मिथेन, नाइटस अक्साई, वाटर भेपर, क्लोरोप्mलोरो कार्बनको सन्तुलन बिग्रियो भने जाडोमा बढी जाडो र गर्मीमा बढी गर्मी हुन्छ । तराईको दक्षिणी बेल्टमा रूखबिरुवाको अभावले गर्दा तापक्रम असन्तुलित भई बढी जाडो भई चीसोको कारण मानिसको मृत्यु दर बढ्दै गएको छ । हरितगृह ग्याँसको अनुपस्थितिमा यो पृथ्वीको तापक्रम माइनस १८ डिग्री सेल्सियस भई मानव लगायत सम्पूर्ण सृष्टि समाप्त हुन्छ ।
ईआइए नगरी वन हस्तानान्तरण
    वन ऐन २०४९ को दफा ६८ तथा हालको प्रचलित वन ऐन २०७६ को दफा ४२ (१) अनुसार पनि राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाले राष्ट्रिय वन उपयोग गर्न ‘वातावरणमा अपूरणीय क्षति नपुग्ने भए मात्र’ पाउँछ । नेपाल सरकारले २०७२ सालमा नागरिक उड्डयन मन्त्रालयलाई वन हस्तान्तरण गरेको देखिन्छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइ) २०७५ साल जेठमा मात्र नेपाल सरकारले सदर गरेको देखिन्छ । यसरी ईआइए नै नगरी अन्य प्रयोजनको लागि वन–जङ्गल हस्तान्तरण गर्दा वन ऐनले व्याख्या गरेको अपूरणीय क्षति नपुग्ने कुरा सरकारले कुन आधारमा निक्र्योल ग¥यो ? कानूनीरूपले वातावरणलाई अपूरणीय क्षति नपुग्ने भन्ने प्रमाणित नै नभई हस्तान्तरित वन क्षेत्रको हैसियत के हुने ? अनुत्तरित प्रश्न ? (काप्mले र भण्डारी, सेतो पाटी, पुस २०७६)
    वन ऐन २०७६ दफा ४२ (१) ले र यस अन्तर्गत वनेका कानूनले जबसम्म प्राथिमकता प्राप्त आयोजना निर्माण गर्दा वन वाहिर विकल्प रहन्छ तबसम्म राष्ट्रि«य वनको जग्गा उपयोग गर्न वा गर्न दिन बन्देज गरेको छ । यसको मतलब यो हो कि वन बाहिर जग्गा महँगो छ, वन सित्तैंमा पाइन्छ, त्यसैको उपयोग गरौं भन्ने गलत मानसिकता भएका सङ्घ, सङ्गठन, संस्था, व्यक्ति वा परियोजनालाई यसले गतिलो चडकन दिन्छ ।
यो देशको गेम चेन्जर परियोजना कसरी भयो ?
    ईआइए को टेबल न. ६–१३ ब् ले निजगढ क्षेत्रको रूख काटेमा प्रतिवर्ष २ खर्व ३१ अर्ब पर्यावरणीय नोक्सानी हुन्छ भन्ने देखाएको छ । स्मरण रहोस् यो नोक्सानी तबसम्म प्रतिवर्ष भइरहन्छ जबसम्म अर्को ठाउँमा रूख रोपेर हुर्काएर हालको जस्तै वन बराबर फाइदा दिन सक्ने हुँदैन । अर्को तथ्याङ्कसँग यसलाई जोडेर हेर्नु उपयुक्त हुन्छ । गत आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टको वार्षिक नेट आम्दानी केवल ५ अर्ब छ भने निजगढको रूख काटेपश्चात् प्रतिवर्ष पर्यावरणीय नोक्सानी मात्रै सरकारले सदर गरेको दस्तावेज अनुसार २ खर्ब ३१ अर्ब हुन्छ । अनुमानित विमानस्थल निर्माण खर्च ७ खर्ब त जोडेकै छैन । कसरी यो आयोजना देशको गेम चेन्जर परियोजना हुन सक्छ र समृद्धि बढाउन सक्छ ? नोक्सानी मात्र पनि बेहोर्न सक्ने स्थिति छैन ।
क्षतिपूर्तिस्वरूप वृक्षरोपणको लागत
    डा. गोविन्द शाहका अनुसार यो आयोजना कार्यान्वयन गर्दा ३८,२९४ हेक्टर क्षेत्रफलमा सट्टाभर्ना वृक्षरोपण गर्नुपर्ने हुन्छ । तर बिरुवासमेत २ करोड ७३ लाख गरी कुल रूख बिरुवा २ करोड ९७ लाख ६२ हजार हुन्छ । १ः१० बिरुवा क्षतिपूर्तिस्वरूप वृक्षरोपण गर्दा २९ करोड ७६ लाख बिरुवा रोप्नुपर्ने हुन्छ जसको लागि १,८६,००० हेक्टर खाली जग्गा चाहिन्छ । वन ऐन अनुसार सट्टाभर्ना वृक्षरोपण हालको जङ्गलसँगै जोडिएको र समान प्रकृतिको जग्गामा गर्नुपर्ने हुन्छ तर बारा जिल्ला वरिपरि वा नेपाल भरि नै त्यस्तो क्षेत्र पाउने सम्भावना छैन । नेपाल सरकारले हालै गरेको अध्ययन प्रतिवेदन अनुसार विभिन्न आयोजनाका लागि फाँडेको वन र काटिएका रूखको नियमानुसार क्षतिपूर्ति स्वरूप वृक्षरोपणका लागि गर्नुुपर्ने ११४,००० हेक्टर सट्टाभर्ना क्षेत्रफलमध्ये  १,००० हेक्टरमा पनि भएको छैन ।
निष्कर्ष र सिफारिसहरू
    हतार नगरौ । जल्दी काम शैतानका हुन्छ । हालको स्थानमा विमानस्थल बनाउँदा बढी खर्च लाग्नेछ । किनभने त्यस क्षेत्रबाट ८ वटा खोला बगेको छ । ३ देखि ४ लाख जनतालाई पुग्ने क्षतिको (४८४० हेक्टर साझेदारी वन, सिंचाइ, खानेपानी, बाढी नियन्त्रण) व्यवस्थापन गर्दा ४–५ गुणा बढी बजेट लाग्छ जुन नेपालको बजेटले भ्याउँदैन । उक्त क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको जङ्गली हात्तीको मुख्य वासस्थान (एचष्mभ जबदष्तबत) भएकोले हात्तीको झुन्डले एयरपोर्टको पर्खाल भत्काई भित्र पसि जनधनको क्षति गर्नेछ । साथै ४९० किसिमिका चरामध्ये केही चरा आकाशमा उड्दा विमानसँग ठोकिई ठूलो दुर्घटना निम्त्याउन सक्दछ । वन्यजन्तुको वासस्थान विनाशको साथै रैथाने थारू र मधेसीहरूको वन मासिने छ र उनीहरूले वनपैदवारको आपूर्तिमा अति कष्ट भोग्नुपर्नेछ ।
    तसर्थ उक्त प्रस्तावित विमानस्थलको हालको ठाउँ सारी वैकल्पिक स्थानमा निर्माण गर्न नेपाली दक्ष विज्ञहरूमार्फत अध्ययन गराउन सिफारिश गर्दछौंं ।
पहिलो विकल्प ः सिमरा विमानस्थलबाट पूर्व डुम्बरवानासम्म वा सिमरा विमानस्थलभन्दा उत्तरपट्टिको केही वन समेटी अध्ययन गराउनुपर्छ ।
दोस्रो विकल्प ः सर्लाही जिल्लाको मुर्तियमा ३४०० हेक्टर (५६७८ बिघा) हालसालै अतिक्रमण हटाइएको सरकारी जग्गामा अध्ययन गर्न सकिन्छ जुन सबैभन्दा सस्तो पर्नेछ । साथै यसै क्षेत्रमा टाँगिया बस्ती पनि सार्न सकिन्छ ।
तेस्रो विकल्प ः जङ्गली हात्तीको वासस्थान तथा जैविक मार्गको संरक्षण गर्दै, आठवटा खोलाको व्यवस्थापन (खोलाहरूको बहाव निर्वाधरूपले बग्ने गरी) गर्न सकिन्छ तर चारकिल्ला यस प्रकार हुन सक्दछ , पसाह र बकैया नदी देखि २–२ कि.मि. पूर्व–पश्चिम र हाइवे देखि ६ देखि ७ कि.मि. दक्षिण जान सकिन्छ र त्यसको अध्ययन गराउनुपर्दछ जुन सबैभन्दा खर्चिलो तथा झन्झटिलो हुन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us