Thursday, February 13, 2020

सिमरामा नेपाल आँखा अस्पतालको सेवा शुरू, मियाँले दिए पाँच कट्ठा जग्गादान

प्रस, पथलैया, १ फागुन/
    लामो समयदेखि काठमाडौंको त्रिपुरेश्वरबाट सेवा प्रदान गरिरहेको नेपाल आँखा अस्पतालले बारामा पहिलो सेवा केन्द्र विस्तार गरेको छ ।
    जीतपुरसिमरा उपमहानगरपालिका– ४ स्थित औराहमा सो अस्पतालले बिहीवारदेखि उपचार केन्द्र स्थापना गरी सेवा शुरू गरेको छ । उपचार केन्द्रको प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले उद्घाटन गरेका थिए ।
    कार्यक्रममा प्रदेशसभा सदस्य विश्वकर्माले अत्यन्त संवेदनशील अङ्ग आँखाको उपचार सेवालाई अझ सहज र सुलभ बनाउन केन्द्रको भूमिका अहम् हुने बताए ।
    बारामा आँखा अस्पतालको आवश्यकता महसूस भइरहेका बेला उपचार केन्द्र स्थापना गरिएकोमा सांसद विश्वकर्माले खुशी व्यक्त गरे ।
    कार्यक्रममा प्रदेशसभा सदस्य सीता गुरुङ, पूर्वसभासद् जयराम दहाल, शोभाकर पराजुली, वडाध्यक्ष भोजबहादुर खत्रीलगायतले मन्तव्य व्यक्त गर्दै उपचार केन्द्र स्थापनाले स्थानीयलाई राहत पुग्ने बताए । उपचार केन्द्रबाट जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउनेमा आपूmहरू आशावादी रहेको उनीहरूको भनाइ थियो ।
    उपचार केन्द्र शुरू गरेको अस्पतालले सिमरामा आधुनिक अस्पताल र रिसर्च सेन्टर बनाउने लक्ष्य लिएको छ । अस्पताल निर्माण गर्नका लागि आवश्यक जग्गा स्थानीय समाजसेवी कासिम मियाँले उपलब्ध गराएका छन् । जग्गा प्राप्त भएसँगै काठमाडौं केन्द्रित सेवालाई जिल्लामा विस्तार गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले बताए ।
    “बारामा आँखा अस्पतालको आवश्यकता महसूस गरिरहेका थियौं, सेवा शुरू गर्ने सोच पनि थियौं,” घलेले भने, “स्थानीय दाता (मियाँ)ले जग्गा उपलब्ध गराएपछि हामीले तत्काल सेवा शुरू गर्ने र पछि अस्पताल निर्माण गर्ने लक्ष्य राखेका छौं ।” मियाँले उपलब्ध गराएको जग्गामा करीब १५ करोड रुपैयाँको लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने घलेको भनाइ छ ।
    तत्काल सेवा शुरू गरिएको केन्द्रबाट सबै किसिमका उपचार गर्न सकिने घलेले बताए । औराहमा रहेको घरलाई भाडामा लिएर अस्थायी अस्पतालको स्वरूप दिइएको र त्यसैबाट सेवा शुरू गरिएको घलेको भनाइ छ । केन्द्रबाट गम्भीर प्रकृतिका समस्याबाहेक अन्य सबै सेवा दिन सकिने व्यवस्थापन मिलाइएको घलेले बताए ।
    कार्यक्रममा नेपाल आँखा अस्पतालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बालकृष्ण मैनाली, निर्देशक कमलबहादुर खड्कालगायत उपस्थित थिए ।
मियाँले दिए तीन करोड रुपैयाँको जग्गा
    नेपाल आँखा अस्पतालको सिमरामा निर्माण हुने आधुनिक अस्पताल र रिसर्च सेन्टरका लागि स्थानीय समाजसेवी कासिम मियाँले तीन करोड मूल्य पर्ने पाँच कट्ठा जग्गा उपलब्ध गराएका छन् ।
    आप्mनो बुबा छिनारी मियाँ र स्व. आमा फतमा खातुनको नाममा आपूmले आँखा अस्पताललाई जग्गा उपलब्ध गराएको मियाँले बताए । आँखाको रोगी बुबालाई उपचार गराउन विभिन्न ठाउँमा धाउनुपरेको पीडा सुनाउँदै मियाँले आप्mनै ठाउँमा अस्पताल स्थापना गर्न सकिए नागरिकले सहज सेवा पाउने मियाँको भनाइ छ ।
    “मेरो बुबा पनि आँखाको बिरामी हुनुहुन्छ, उपचार गराउनका लागि धेरै ठाउँ पुग्नुप¥यो,” मियाँले भने “आप्mनो ठाउँ सुविधासम्पन्न हुन्थ्यो भने धेरै सहज हुन्थ्यो । त्यसैले अस्पतालको आवश्यकता देखेर जग्गा दान गरेको हुँ ।” मियाँले अन्य आँखा अस्पतालको तुलनामा नेपाल आँखा अस्पतालको सेवा शुल्कसमेत न्यून रहने हँुदा नागरिकलाई धेरै राहत पुग्ने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us