Tuesday, January 14, 2020

सरिसवा नदी बचाओ आन्दोलनका अभियन्ताद्वारा मुख्यमन्त्रीलाई ज्ञापन, नदीको फोहर हटाउन नगरपरिषद्लाई अनुमण्डल अधिकारीको निर्देशन

राजेश केशरीवाल, रक्सौल, २९ पुस/
    रक्सौलमा सरिसवा (श्रीसिया) नदी बचाओ आन्दोलन चलाउँदै आएका प्राडा अनिलकुमार सिन्हा नेतृत्वको टोलीले मङ्गलवार रक्सौलस्थित अनुमण्डल अधिकारी अमित कुमारमार्पmत् मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
    अनुमण्डल अधिकारीको कार्यालयमा पुगेको अभियानको टोलीले अनुमण्डल अधिकारी अमित कुमारलाई बिहारका मुख्यमन्त्री नितिश कुमारलाई लेखिएको ज्ञापनपत्र बुझाउँदै बिहार सरकारको जलजीवन, हरियाली कार्यक्रम सफल पार्नको लागि पनि श्रीसिया नदीलाई प्रदूषणमुक्त पार्ने अभियानमा सघाउ पु¥याउन आग्रह गरे।
    अभियन्ता प्राडा सिन्हाले बिहार सरकारको महŒवाकाङ्क्षी जलजीवन, हरियाली अभियान जीवनरक्ष्Fासँग श्रीसिया नदीको प्रदूषण जोडिएको हुनाले यसलाई सफल पार्न श्रीसिया नदीलाई प्रदूषणमुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सीमावर्ती वीरगंज महानगरपालिका र रक्सौल नगरपरिषद्बाट श्रीसिया नदी किनारमा फालिंदै आएको फोहर नियन्त्रणका लागि पहल गर्न अनुरोध गरे । नेपालबाट बग्ने श्रीसिया नदी उद्योग र महानगरको कारण प्रदूषणयुक्त भएर बग्ने गरेकोले यसलाई प्रदूषणमुक्त गर्न रक्सौल क्षेत्रमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेर प्रदूषित पानी नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।
    प्राडा सिन्हाले नेपाल–भारत सीमा अधिकारीहरूको बैठकमा श्रीसिया नदीको प्रदूषणको विषयलाई पूर्वी चम्पारण जिल्ला अधिकारीले अहिलेसम्म नउठाएकोमा दुःखेसो व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय कानून अनुसार पनि भारतमा बग्ने पानी स्वच्छ हुनुपर्ने तर प्रदूषित पानी नेपालबाट बगाउँदा त्यसको प्रदूषणबाट विभिन्न रोगको शिकार हुनुको साथै हालसम्म ११ जनाले ज्यान गुमाएको दृष्टान्त सुनाएका थिए । उनले श्रीसिया नदीलाई प्रदूषणमुक्त गर्न आपूmहरूले विभिन्न चरणमा सचेतना कार्यक्रम सञ्चालन गरेको र विभिन्न अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आए पनि त्यसबारे कुनै सुनवाइ नभएकोमा दुःखेसो व्यक्त गरे । उनले तत्कालका लागि श्रीसिया नदी प्रदूषणमुक्त बनाउने एउटै मात्र आधार वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्नुपर्ने रक्सौल अनुमण्डल अधिकारी अमित कुमारसँग आग्रह गरे ।
    अनुमण्डल अधिकारी अमित कुमारले ज्ञापनपत्र बुझ्दै तत्काल श्रीसिया नदीको प्रदूषण नियन्त्रणको लागि अभियन्ताहरूसँग सुझाव माग गर्दा यस्तो सुझाव आएको थियो । यसैगरी ज्ञापन बुझाउनेक्रममा रक्सौल नगरपरिषद्को फोहर नियन्त्रण गर्न आग्रह गरिएको थियो । यो सम्बन्धमा अनुमण्डल अधिकारी अमित कुमारले रक्सौल नगरपरिषद्का प्रतिनिधिलाई फोन गरेर तत्काल श्रीसिया नदी वरिपरि फोहर नगर्न निर्देशन दिएका थिए । उनले सात दिनभित्र नगरपरिषद्लाई नदी वरिपरि गरिएको फोहर उठाउन र त्यहाँ माटो हालेर ब्लिचिङ पाउडर छर्केर प्रदूषणमुक्त गर्न पनि निर्देशन दिएको प्राडा सिन्हाले बताए । अनुमण्डल अधिकारीले सात दिनभित्र आदेश कार्यान्वयन नगरे उचित कारबाई गर्ने चेतावनी पनि दिएका थिए ।
    यसैबीच, सरिसवा नदी बचाओ आन्दोलनको क्रममा माघ ५ गते (जनवरी १९)का दिन रक्सौलमा मानव साङ्लो बनाइने प्राडा सिन्हाले बताए । उनले मानव साङ्लोमा अहिलेसम्म ५ सयजना संलग्न हुने योजना रहे पनि त्यसलाई सफल पार्न सबैखाले व्यक्तिहरूलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।
    ज्ञापनपत्र बुझाउने कार्यक्रममा सुरेश कुमार, गुड्डु सिंह, प्रा मनीष दुबे, राजकिशोर भगत, रजनीश प्रियदर्शी, सुमित कुमार, सन्तोष कुमार, सुरेश बाबा, इनामुल हक, कन्हैया सर्राफ, ई. प्रवीर रञ्जन, शैलेन्द्र गुप्ता, रितेश गिरीलगायत सहभागी थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us