Thursday, January 16, 2020

लागूऔषध सेवनकर्ताको लागि परामर्श केन्द्र स्थापना

प्रस, वीरगंज, २ माघ/
    वीरगंज महानगरपालिकाका प्रमुख  विजयकुमार सरावगीले लागूऔषध दुव्र्यसनमा लागेका युवाहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा महानगरपालिका गम्भीर भएर लागेको बताएका छन् ।
    लागूऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र वीरगंज महानगरपालिकाको सहकार्यमा बिहीवारदेखि सञ्चालनमा आएको लागूऔषध प्रयोग रोकथाम र निउन्त्रणका लागि सञ्चालित निश्शुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार्ने कार्यमा नेपाल प्रहरी मात्रको प्रयास सम्भव नहुने बताए । उनले यसका लागि महानगर र समाजका व्यक्तिहरू लाग्नुपर्ने सुझाव दिए । समाजका मानिसहरूको प्रयासमा यो कार्यलाई सार्थकता प्रदान गर्न सकिने नगरप्रमुख सरावगीले दाबी गरे ।
    नेपाल प्रहरीका महानिरीक्ष्Fक सर्वेन्द्र खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रजिअ ललितकुमार बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा, वीउवासङ्घका अध्यक्ष्F गोपाल केडिया, नेपाल
पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारासमेतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा प्रदेश नं. २ का नायब प्रहरी महानिरीक्ष्Fक प्रद्युम्न कार्कीले स्वागत तथा वप्रका बिर्ताका प्रनि निर्मल पनेरूले सहजीकरण गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us