Thursday, January 16, 2020

समृद्धिका लागि धन आवश्यक वा ज्ञान ?

विश्वराज अधिकारी
    वस्तु वा सेवा उत्पादन गर्नका लागि चार साधनहरूको आवश्यकता पर्दछ । ती चार साधन वा तŒवहरू हुन्– भूमि (वा प्रकृति), श्रम, पूँजी तथा सङ्गठन ।
    चौथो आवश्यकीय तŒव (सङ्गठन)लाई केहीले उद्यमी वा उद्यमशीलता पनि भन्ने गर्छन् । र, उत्पादन व्यवस्थामा उपरोक्त चार तŒवहरूमध्ये उद्यमशीलता वा ज्ञानलाई सर्वाधिक महŒवपूर्ण मान्छन् पनि । उनीहरूको मतमा उत्पादनका चार साधन (तŒव)हरूमध्ये उद्यमशीलता वा ज्ञानको भूमिका सर्वाधिक महŒवपूर्ण हुन्छ ।
    तर के यथार्थमा भूमि, श्रम र पूँजीभन्दा उद्यमशीलता महŒवपूर्ण हो ? यदि उद्यमशीलता महŒवपूर्ण हो भने कसरी हो ?
    वस्तु वा सेवा उत्पादन गर्नका लागि आवश्यक पर्ने चार तŒवमध्ये सर्वाधिक महŒवपूर्ण तŒव उद्यमशीलतालाई मान्नेहरूले भन्छन्, “समृद्धि धनद्वारा होइन, ज्ञानद्वारा प्राप्त गर्न सकिन्छ ।” अर्थात् उत्पादन व्यवस्थामा सर्वाधिक महŒवपूर्ण कुरा उद्यमशीलता हो, ज्ञान हो । ज्ञान भएपछि पूँजीको सृजना गर्न सकिन्छ । श्रम र भूमिको प्रयोग कसरी अधिकतम फाइदा प्राप्त हुने किसिमबाट गर्न सकिन्छ भन्ने उपायहरू पत्ता लगाउन सकिन्छ । त्यस कारण उत्पादन व्यवस्थालाई ज्ञानले नै नियन्त्रित एवं निर्देशित गर्छ । ज्ञान सर्वाेपरि हो ।
    हुन पनि आर्थिक विकासको इतिहास हेर्ने हो भने कुनै पनि भूभाग वा त्यस भूभागमा बस्ने व्यक्तिहरूको आर्थिक विकास त्यस स्थानमा उपलब्ध भएका साधन र स्रोतले गर्दा नभएर त्यस भूभागमा बस्ने व्यक्तिहरूको बौद्धिक क्षमताले गर्दा भएको देखिन्छ । अफ्रिका महादेश स्रोत र साधनले भरिपूर्ण छ तर संसारका सर्वाधिक गरीब राष्ट्रहरू त्यहीं महादेशमा रहेका छन् । तुलनात्मकरूपमा, युरोपका भूभागहरू साधन र स्रोतहरूले सम्पन्न छैनन्, तापनि त्यहाँका बासिन्दाहरूले युरोपलाई संसारभरिका धनी व्यक्तिहरू बस्ने स्थान बनाएका छन् । युरोप र खासगरी पश्चिमी युरोपमा, अफ्रिया र एशिया जस्तो गरीबी छैन । फ्रान्स, बेलायत, जर्मनी, इटाली, स्पेन जस्ता युरोपेली राष्ट्रहरूले अन्तर्राष्ट्रिय बजारलाई नराम्ररी प्रभावित गर्ने क्षमता राख्छन् । युरोपेली राष्ट्रहरूले उत्पादन व्यवस्थामा ज्ञानको सर्वाधिक प्रयोग गरेका छन् । उनीहरू त्यहाँ उपलब्ध स्रोत र साधनले गर्दा होइन, आप्mनो बौद्धिक क्षमताले गर्दा धनी भएका हुन् । ज्ञानको क्षेत्रमा अमेरिका र युरोप सबैभन्दा अगाडि छन् ।
    कुनै समय थियो, बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल जस्ता राष्ट्रहरूको उपनिवेश संसारभरि पैmलिएको थियो । उनीहरूको बौद्धिक क्षमताले नै उनीहरूलाई त्यसरी संसारभरि उपनिवेश खडा गर्न सहयोग गरेको थियो । भौगोलिक आकारमा अति सानो राष्ट्र बेलायतले भारत, श्रीलङ्का, मलेसिया, वर्मालगायत अन्य राष्ट्रहरूमा उपनिवेश खडा गरेको थियो । स्पेनको उपनिवेश त एशिया (फिलिपिन्स), अफ्रिका, दक्षिण अमेरिका, युरोपसम्म पैmलिएको थियो । उपनिवेश खडा गर्ने ती राष्ट्रहरूलाई उनीहरूको बौद्धिक क्षमताले नै सघाएको थियो ।
    हालको संयुक्त राज्य अमेरिकामा प्रवासीहरू आउँदा, जो युरोपका विभिन्न राष्ट्रहरूबाट अमेरिका आएका थिए, केवल खाली हात आएका थिए । त्यसरी आएकाहरू, जसलाई ‘कोलोनिस्ट’ वा ‘सेट्लर्स’ भन्ने गरिन्छ, नयाँ सम्भावनाको खोजी गर्न तर खाली हात आएका थिए । उनीहरूले आआप्mनो मुलुक (जस्तै बेलायत, जर्मनी, फ्रान्स आदि)बाट ठूलो धनसम्पत्ति लिएर आएका थिएनन् । जमीन बोकेर आएका थिएनन् । मात्र खाली हात आएका थिए । केवल ज्ञान लिएर आएका थिए । आज त्यही ज्ञानको प्रयोग गरेर अमेरिकीहरू विश्वभरिमा राजनीतिकरूपमा मात्र होइन, आर्थिकरूपमा शक्तिशाली हुन पुगेका छन् ।
    अहिले विश्व स्थिति यस्तो छ कि संसारभरिका ठूलाठूला आविष्कारहरू अमेरिकामा नै भइरहेका छन् । विज्ञान वा प्रविधिको क्षेत्र होस् वा स्वास्थ्य विज्ञानको क्षेत्र होस्, हरेक क्षेत्रमा अमेरिका अगाडि छ । अमेरिकाले संसारलाई नै नेतृत्व प्रदान गरिरहेको छ । व्यापारमा त अमेरिका झनै अगाडि छ ।
    गएका वर्षहरूमा गूगल, युट्युब, उबर, फेसबूक, स्काइप, भाइबर, माइक्रोसप्mट जस्ता जे जति उच्च प्रविधि वा नयाँ व्यापारहरूको सृजना भए, अमेरिकामा नै भए । आप्mनो बौद्धिक क्षमताको प्रयोग गरेर अमेरिका संसारमा नै सर्वाधिक धनी राष्ट्र मात्र भएको छैन, साथै विश्वलाई नै निर्देशित गर्न सक्षम भएको छ । अर्थात् राजनीतिकरूपमा पनि सर्वशक्तिमान् छ ।
    हामी दक्षिण एशियालीहरू ज्ञानको क्षेत्रमा निकै पछाडि छौं । अफगानिस्ता त झनै पछाडि छ । यो मुलुक ज्ञानको क्षेत्रमा ज्यादै पछाडि हुनुको प्रत्यक्ष प्रमाण यस मुलुकको एक कट्टर धार्मिक सङ्गठनका सदस्य (जस्तै तालिबान)हरूले छात्राहरूलाई विद्यालय जान रोक लगाउँछन् । महिलाहरूमाथि ठूलो भेदभाव गर्छन् । बालबालिकालाई पोलियोको थोपा खुवाउन गएका स्वास्थ्य कर्मचारीमाथि गोली बर्साउँछन् ।
    हामी दक्षिण एशियालीहरू साधन र स्रोतको अभावले होइन कि ज्ञानको अभावले गर्दा गरीब भएका हौं । दक्षिण एशियाली समाज अनेक किसिमका कुसंस्कार, रीतिरिवाज, चाडपर्व, संस्कृतिको बोझले थिचिएको छ । दक्षिण एशियाली समाजले छोरा र छोरीबीच भेदभाव गर्छ । छोरालाई महŒव दिन्छ, छोरीलाई हेला गर्छ । छोरीलाई विद्यालय पठाउँदैनन् । आपूmहरूबीचमा नै जातजातिको पर्खाल खडा गर्छन् । दाइजो, तिलक, दहेज जस्ता कुसंस्कारलाई आप्mनो संस्कृति मान्छन् र हटाउन चाहँदैनन् । परिवर्तनलाई स्वीकार गर्दैनन्, अन्धविश्वास, रूढिवादलाई महŒव दिन्छन् । यस्ता विभिन्न समस्याहरूले गर्दा दक्षिण एशियाली क्षेत्र गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेको छैन ।
    दक्षिण एशियाको सबैभन्दा ठूलो राष्ट्र (भूमि र जनसङ्ख्या दुवैको आधारमा) भारत आर्थिकरूपमा केही बलियो देखिए तापनि ज्ञानको क्षेत्रमा अहिले पनि निकै पछाडि छ । जातपात, छुवाछूत जस्ता समस्याहरूबाट भारत अहिले पनि मुक्त हुन सकेको छैन । भारतको स्थिति अहिले यस्तो छ– देश पहिलेभन्दा धनी त छ तर जनता पहिलेभन्दा पनि गरीब छ । भारतमा यो समस्या अज्ञानताले गर्दा उत्पन्न भएको हो । जातपात, छुवाछूतको भेदभावले गर्दा भएको हो । भारतका मुम्बई, दिल्ली जस्ता ठूला शहरहरूमा अहिले पनि करोडौंको सङ्ख्यामा व्यक्तिहरू ‘झोपडपट्टी’मा बस्छन् । समस्याग्रस्त जीवननिर्वाह गर्न बाध्य छन् । भारत धनी छ तर यसका बहुसङ्ख्यक नागरिक गरीब छन् ।
    ज्ञानको क्षेत्रमा हामी पछाडि हुन्जेलसम्म आर्थिक विकास सम्भव छैन । हाम्रो सन्दर्भमा भन्ने हो भने त नेपालमा आर्थिक विकासका यतिधेरै सम्भावनाहरू छन् कि तिनलाई व्यवस्थित किसिमले हामीले उपयोग गर्ने हो भने हामी दक्षिण एशियाको धनी राष्ट्र हुन सक्छौं । तर ज्ञानको अभावमा हामीले तिनको उपयोग गर्न सकेका छैनौं ।
    ज्ञान भन्नाले केवल विद्यालय वा विश्वविद्यालयबाट प्राप्त शिक्षा मात्र होइन । यसैगरी नयाँ–नयाँ आविष्कार मात्र होइन । विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि हुनु मात्र पनि होइन ।
    ज्ञान भनेको सहअस्तित्व कायम गरी बस्न सक्ने विवेक पनि हो । शान्तिपूर्ण समाजको स्थापना गर्ने सोच पनि हो । मेलमिलापलाई सर्वोपरि ठानेर एकअर्कालाई सहयोग गर्ने भावना पनि हो । व्यक्तिवादी सोच परित्याग गरी समाजलाई विकासपथमा डो¥याउने विचार पनि हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us