Wednesday, January 15, 2020

मौसम विज्ञान र शीतलहर

अखलेश चौरसिया
    जलमण्डल, भूमण्डल तथा वायुमण्डल जस्ता वातावरणका मुख्य घटकहरूले जैविक संसारलाई आधार प्रदान गरी जीवमण्डलको अस्तित्व कायम गरिरहेका हुन्छन् । समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन ९ऋयmmगलष्तथ द्यबकभम म्ष्कबकतभच च्ष्कप ःबलबनझभलत० अन्तर्गत गरिने कार्यक्रमहरूको उचित मापदण्ड बनाउनु, पूर्व सूचनाप्रणालीलाई व्यवस्थित बनाउनु, कृषि व्यवस्थापन सूचनाप्रणालीलाई सक्रिय बनाउनु, प्राकृतिक प्रकोप रोकथाम गर्नु, विकासका पूर्वाधार संरक्षण गर्नु, भूमि उत्पादकत्व तथा सामुदायिक भूसंरक्षण गर्नु, समूह परिचालन तथा सशक्तीकरण गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्रादेशिक तथा स्थानीय पालिकाहरूको योजना तथा कार्यक्रमहरू प्रभावकारी बनाउनुका साथै जीवनदायी उत्पादनशील वातावरण निर्माण गर्न मौसमको बारेमा हरेक मानिसमा चासो हुनु स्वाभाविकै हो । वास्तवमा मौसम विज्ञान ूःभतभचययिनथू भौतिक भूगोलको एउटा शाखा हो, जहाँ वायुमण्डलमा हुने विभिन्न मौसमी गतिविधिहरू तापक्रम, वर्षा, आर्द्रता, वायुमण्डलीय चाप, हावाको गति र दिशा, बादल, सूर्यताप ऊर्जा सन्तुलनलगायत वायुमण्डलीय परिसञ्चालन, स्थानीय एवं मौसमी वायु, वायुराशि, चक्रवात, प्रतिचक्रवात, वायुमण्डलीय प्रकोप तथा चरम घटनाहरू, मौसम भविष्यवाणी, मौसम जलवायु परिवर्तन आदिलाई मुख्य केन्द्रबिन्दुको रूपमा अध्ययन र अनुसन्धान गर्ने गरिन्छ । यस विज्ञानलाई जलवायु विज्ञान, ऋतु विज्ञान, वायु विज्ञान आदिको नामले चिनिन्छ ।
    विभिन्न मौसमविद्का अनुसार छिनछिनमा परिवर्तन भइरहने वायुमण्डलीय अवस्था नै मौसम ९ध्भबतजभच० हो । जलवायु विज्ञानको हिसाबले मौसम ऋतु अनुसार बदलिरहेको हुन्छ । ऋतु एक वर्षभन्दा छोटो कालखण्ड हो । जसले वर्षलाई वसन्त सम्पात (ःबचअज–२१), कर्क सङ्क्रान्ति (व्गलभ–२१), शरद सम्पात (क्भउ–२३) र मकर सङ्क्रान्ति (म्भअ–२२) गरी विभिन्न भागमा विभाजित गर्दछ । पृथ्वीको वार्षिक गति र अक्षीय झुकाव ९२३.५० डिग्रीको कारणले ऋतु परिवर्तन भई चक्रियरूपमा मौसम फेरबदल भइरहेको हुन्छ । पृथ्वी सूर्यको वरिपरि करीब ९६.६ करोड किमिको दूरीमा लगभग १६९० किमि प्रतिघण्टाको दरले दीर्घ वृत्तकार कक्षमा पश्चिमदेखि पूर्वतिर २३.५ डिग्रीको झुकावमा परिक्रमा गरिरहेको कारण उत्तरी तथा दक्षिणी गोलाद्र्धमा गर्मी र चिसो मौसम हुने गर्छ । पृथ्वीले सूर्यलाई विभिन्न अवस्थामा परिक्रमण गरिरहेको बेला मार्च–२१ र क्भउ–२३ अर्थात् सम्पातको बेला सूर्यको सीधा किरण भूमध्यरेखामा लम्बरूपले चम्किरहने हुँदा पृथ्वीको दुवै गोलाद्र्धमा गर्मी र चिसो बराबर (दिनरात) हुने गर्दछ । क्भउ २३ पछि दक्षिणी अक्षांश रेखाको आधाभन्दा अधिक भागमा प्रकाश आउन थाल्छ र उत्तरी अक्षांश रेखाको आधाभन्दा अधिक भाग अन्धकारमा हुन पुग्छ । यसरी शरद ऋतुको बहिर्गमनसँगै हेमन्त ऋतुको आगमनसँगै म्भअ २२ को समयमा सूर्य मकर रेखाको २३.५ंंक माथि लम्बरूपले चम्किरहेको हुन्छ । यो बखत उत्तरी गोलाद्र्धमा लामो रात र छोटो दिन हुन्छ । पृथ्वीको यस अवस्थाको दिनलाई मकर सङ्क्रान्ति ध्ष्लतभच क्यकितष्अभक भनिन्छ । यस समयमा नेपालमा करीब १४ घण्टाको रात र १० घण्टाको दिन हुन्छ । रात लामो सँगसँगै चिसोले पनि आप्mनो वर्चस्व कायम गरेको हुन्छ ।
    परापूर्वकालदेखि नै मानव समुदाय हेमन्त र शिशिर ऋतुको मध्य भागतिर अर्थात् पुस र माघको समयमा विभिन्न शीतकालीन मौसमी घटनाहरूको चपेटमा रहँदै आइरहेका छन् । पृथ्वीको वरिपरि रहेका विभिन्न ग्यासहरूको बाक्लो आवरण वायुमण्डल हो र यसले पृथ्वीको वातावरणलाई सन्तुलनमा राख्ने काम गर्छ । वायुमण्डलको करीब ७५ प्रतिशत भार सबैभन्दा तल्लो तह निम्नमण्डल ९त्चयउयकउजभचभ०मा हुन्छ र पृथ्वीमा हुने प्रायः मौसमी घटनाहरू यसै तहमा हुने गर्दछन् । करीब शून्यदेखि ४ प्रतिशतको अनुपातमा वायुमण्डलमा रहेको जलवाष्प (आद्रता)कै कारण कुनै पनि स्थानको मौसम र जलवायु बढी प्रभावित हुन्छ । यतिमात्र नभई यही जलवाष्प चिसो मौसमको बेला आप्mनो अवस्थामा परिवर्तन ल्याइ शीत, कुहिरो, तुषारो, हुस्सु, हिमवृष्टि आदिको रूपमा परिवर्तित हुन्छ ।
१. शीत ः वायुमण्डलमा हुने संक्षेपण प्रक्रिया (ऋयलमभलकबतष्यल एचयअभकक)को एक विशेष रूप शीत हो । जमीनसँगै टाँसिएर सतहनजीक रहेको हावामा जलवाष्पको मात्रा अपेक्षा अनुसार अधिक नै हुन्छ र संक्षेपण प्रक्रियाद्वारा प्रायः रातको समयमा विकिरण वा सम्पर्क चिसोपन ऋयलतबअत ऋययष्लिन बाट जलवाष्प थोपामा परिणत भई शीत बन्दछ । थोपाको रूपमा परिणत हुँदा वजन बढ्न गई हावाले समात्न नसकी जलकणको रूपमा पात, घाँसमाथि खसेको देखिन्छ । उच्च सापेक्षिक आद्रता, बादलरहित सफा आकाश, धरातलीय विकिरणद्वारा तीव्र गतिमा तापशक्तिको ¥हास, लामो रात तथा शान्त गतिको वायु आदि जस्ता परिस्थितिले शीत निर्माणमा अहम् भूमिका खेल्छन् ।
२. तुसारो ः जब धरातलको तापक्रम शून्य डिग्रीभन्दा तल झर्छ, त्यो बेला माटो वा हावामा रहेको जलवाष्प सीधैं ठोस हिमकणको रूपमा रूपान्तरण हुन्छ । यसैलाई तुसारो पर्नु भनिन्छ । यो उध्र्वपतन (क्गदष्mिबतष्यल) प्रक्रियाद्वारा निर्माण हुन्छ । आर्थिक दृष्टिकोणले तुसारो अत्यधिक हानिकारक हुन्छ किनभने यसले प्रायः आलु, गोलभेंडा, अरहर, लहसुन, तोरी जस्ता हिउँदे बालीनाली नष्ट गर्दछ ।
३. कुहिरो ९Fयन० र हुस्सु ९ःष्कत० ः धरातलीय सतहको माथि रहेको आद्र्र हावा अत्यधिक चिसोको कारण जलकणको समूहमा परिणत भई धूवाँको रूपमा बसिरहेको हुन्छ । त्यसैलाई कुहिरो वा हुस्सु लागेको भनिन्छ । बादलको निर्माण प्रायः तातो हावा माथि गई चिसो हुने कारणले हुन्छ तर यिनीहरूको निर्माण धरातलीय सतहको नजीक विकिरण परिचालन ऋयलमभलकबतष्यल तथा तातो र चिसो हावाको सम्मिश्रणबाट हुने गर्दछ । मौसम विज्ञानको अनुसार कुहिरो एक किसिमको बादल नै हो । जुन सामान्य बादलभन्दा विपरीत धरातलसँग जोडिएर धरातलको दृश्य क्ष्Fमता एक किमिभन्दा कम हुन्छ । कुहिरो लागेको समयमा दैनिक जनजीवन अति नै कष्टकर हुन्छ र जलकणको समूह दृश्य हुन्छन् । कुहिरो दिनभरि वा केही हप्तासम्म आकाशलाई ढाकेर बसेको हुन्छ तथा सूर्यको किरणलाई जमीनसम्म आउन छेकिरहेको हुन्छ । यस अवस्थामा जलकणको व्यास १०० माइग्रेनभन्दा कम हुन्छ ।
    हस्सुलाई सामान्यतः कुहिरो पनि भनिन्छ । हुस्सु लागेको बेला धरातलको दृश्य क्षमता १.५ किमिसम्म हुन्छ । र जलकणका समूह अदृश्य हुन्छन् । हुस्सु लागेको समयमा वायुमण्डलीय सापेक्षित आद्र्रता ७० प्रतिशतभन्दा बढी नै हुन्छ । यस अवस्थामा मानिसको  जनजीवन अति कष्टकर हुन्छ । साथै सूर्योदयको आगमन सँगसँगै हुस्सु समाप्त भएर जान्छ ।
    उष्ण कटिबन्धीय क्षेत्र (ब्चभब या त्चयउष्अक )मा कहिरो, हुस्सु चिसो महीनामा बढी देखिन्छ तर ३५ डिग्री अक्षांशभन्दा माथि प्रायः सबै ऋतुहरूमा देखा पर्छन् ।
४. शीतलहर (ऋयमि ध्बचभ) ः नेपालमा हुने प्रमुख विपद्जन्य प्रकोपहरू बाढी, पहिरो, महामारी, हिमस्खलन, भूकम्प, हिमताल विष्फोट, खडेरी, आँधीबेहरी, चट्याङ, असिना पर्नु, लु चल्नु जस्तै शीतलहर पनि एक प्रमुख प्राकृतिक प्रकोप वा विपद् हो, जुन नेपालको मुख्य तराई क्षेत्रमा चल्ने शीतकालीन लहर हो । प्रायः पुस र माघ महीनामा अत्यधिक चिसोको कारण वायुमण्डलको तल्लो तहलाई बाक्लो हुस्सु/कुहिरोले ढाक्दा सूर्यको तापशक्ति हप्तौं दिनसम्म धरातलमा नआउँदा आकाशबाट चिसो शीत खस्नुको साथै वायुमण्डलीय तापमान एकदमै न्यून भई उत्तर–पश्चिम दिशाबाट आउने शुष्क एवं चिसो हावाले बाक्लो हुस्सु र कुहिरो बगाउने प्रक्रिया नै शीतलहर हो । मौसम विज्ञानको दृष्टिकोणले शीतलहर पनि जल वा जलवायुसँग सम्बन्धित प्राकृतिक विपद् हो । छिमेकी मुलुक भारतको उत्तरी क्षेत्र बिहार, उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली इलाकामा दिन प्रतिदिन बढ्दै गइरहेको शहरीकरण, औद्योगिकीकरण तथा जनसङ्ख्या वृद्धिले गर्दा वायुमण्डलमा सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड जस्ता प्राणघातक ग्यास धूवाँ, धूलोसँग मिली वायु प्रदूषण बढ्दै जाँदा नेपालको तराई क्षेत्रमा हरेक वर्ष शीतलहरको प्रकोप बढ्दै गइरहेको देखिन्छ । यतिमात्र नभई  तराई क्षेत्रमा भइरहेको जनसङ्ख्या वृद्धि, जग्गा प्लटिङसहितको वनविनाश, कृषि क्षेत्रमा प्रयोग हुने विषादी, तीव्र गतिमा विनामापदण्ड सञ्चालन हुने कलकारखानालगायत बढ्दो सवारीसाधनले हुने वायु प्रदूषणले गर्दा पनि तराई क्षेत्रमा शीतलहर विपद्को रूपमा चर्चामा आइरहेको देखिन्छ ।
    शीतलहरले अरू प्राकृतिक प्रकोप जस्तो भौतिक क्षति नगरे तापनि यसले देशको कुल जनसङ्ख्याको लगभग आधा बसोबास गर्ने तराई क्षेत्रको अधिकांश स्थानमा विपद् ल्याउने गर्दछ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९ग्ल्म्ए०को मानव विकास प्रतिवेदन अनुसार एशियाका ५८ राष्ट्रमध्ये नेपाल तेस्रो अतिगरीब राष्ट्र हो । जसको मानव विकास सूचाङ्क छैटौं न्यून स्थानमा छ । तसर्थ शीतलहरको कारण तराईका विपन्नवर्ग, बालबालिका, महिला, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदायका मानिसहरू न्यानो कपडाको अभावमा कोल्ड डाइरिया, रुघाखोकी, निमोनिया, ज्वरो, हाइपोथर्मिया जस्ता रोगको शिकार भई मृत्यु हुने गरेका समाचार दिनहँु रेडियो, टिभी तथा पत्रपत्रिकामा आइरहेका हुन्छन् ।
    एकात्मक शासन प्रणालीबाट हाम्रो देश नेपाल सङ्घीयतामा प्रवेश गरी देशमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार स्थापित भए तापनि जल तथा मौसमसँग सम्बन्धित पूर्वसूचना तथा चेतावनी प्रणालीको बारेमा आमजनसमुदायमा ज्ञान नहुँदा यस्ता विपद्बाट दिन प्रतिदिन कष्टकर जीवन बिताउन बाध्य छन् । अतः पूर्व सूचनाप्रणालीको विकास सँगसँगै विपद् व्यवस्थापन चक्र अन्तर्गत गरिने पूर्वतयारी, न्यूनीकरण, रोकथामसँगै खोज, उद्धार एवं राहत र पुनस्र्थापना तथा पुनर्निर्माण कार्यलाई थप व्यवस्थित बनाउन स्थानीयस्तरमा नै परिस्थिति अनुसार अल्पकालीन र दीर्घकालीन रणनीतिहरूको तर्जुमा गरी सङ्कटा वा जोखिममा रहेका समुदायलाई जागरूक तथा सबल बनाउनु आजको आवश्यकता हो । (लेखक सहायक मौसमविद् हुन्, जल तथा मौसम विज्ञान कार्यालय,     सिनप्टिक केन्द्र, घोराही, दाङ)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us