Saturday, January 11, 2020

भलिबलमा पंचगावाँ र सुवर्णपुर विजयी

प्रस, सेढवा, २६ पुस/
    नेरामावि सेढवा बिर्तामा आयोजित दुई दिवसीय अन्तरमाध्यमिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिताको फाइनल खेल शनिवार सम्पन्न भएको छ ।
    मावि सेढवाको भलिबल कोर्टमा भएको खेलमा छात्रातर्पm सेढवालाई पराजित गर्दै दीपनारायण मावि औराहा पंचगावाँले प्रथम स्थान हासिल गरेको छ ।
    त्यस्तै, छात्रतर्पmको फाइनल खेलमा मावि दीपनारायणलाई हराउँदै ज्ञानवाटिका मावि सुवर्णपुर प्रथम भएको छ । जीराभवानी गाउँपालिका वडा नं २ का अध्यक्ष महादेव महतोले प्रतियोगितामा प्रथम तथा द्वितीय छात्र–छात्राको टिमलाई ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
    यसअघि आजै भएको छात्रातर्फको प्रथम सेमिफाइनलमा ज्ञानवाटिका मावि सुवर्णपुरलाई हराउँदै मावि सेढवा फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, छात्रतर्पmकै दोस्रो सेमिफाइनल खेलमा मावि निचुटालाई पराजित गर्दै दीपनारायण मावि फाइनलमा प्रवेश गरेको थियो ।
    छात्रतर्पmको भलिबल प्रतियोगितामा मावि सेढवालाई पराजित गर्दै ज्ञानवाटिका मावि सुवर्णपुर फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा ठोरी, जीराभवानी, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयका छात्र–छात्राको टिम सहभागी थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us