Wednesday, January 15, 2020

माघी पर्वले राष्ट्रकै पहिचान बोकेको छ –रमेश खरेल

प्रस, पंचगावाँ, १ माघ/
    ‘थारू एक समाज’को आयोजनामा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ दीपनारायण नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा थारू नयाँ वर्ष एवं खिंचडी महोत्सव सम्पन्न भयो ।
    थारू संवत् २६४४ को अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न किसिमका थारू परिकार राखिनुका साथै लोपोन्मुख थारू संस्कृति झल्किने घाटो, झमटा नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पूर्व डिआइजी रमेश खरेलले माघी पर्वबारे चर्चा गर्दै यो पर्व राष्ट्रको पहिचान बोकेको पर्व भएको बताए ।  उनले माघी पर्व मुलुककै ठूलो, ऐतिहासिक एवं महŒवपूर्ण पर्व भएको बताए ।
    कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादव, सञ्चारकर्मी प्रमोद यादव, शिक्षक प्रदीप चौधरी, ज्येष्ठ नागरिक रामसुरत महतो, नियाज अहमद, बालेश्वर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष खेमराज थारूको अध्यक्षतामा भएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us