Friday, January 10, 2020

सीमाको यात्रा


सञ्जय साह मित्र
 
   देश भन्नु प्राविधिकरूपमा सीमाभित्र समेटिएको भूगोल पनि हो । एउटा नक्शाले भुइँलाई छुट्याएको भौगोलिक परिवेश हो । तर सीमा क्षेत्रहरूमा राजनीतिक भूगोल विभाजनको उति धेरै प्रभाव परेको पाइन्न । दुई देशका ठूला शहरबाट अर्को देशमा पुग्नुपर्ने अवस्थामा हुने औपचारिक ग्रामीण क्षेत्रमा हुँदैन । खुला सिमाना भएको कारणले एउटा चरो स्वच्छन्दरूपमा उडेर एउटा देशको रूखबाट अर्को देशको देशको रूखमा उडेर सजिलै पुग्दछ । कतै यस्तो पनि छ कि एउटा देशको गाई अर्को देशको बाली चर्छ र फेरि फर्केर आउँछ । कसैको बाख्रा अर्को देशको बाली चरेर आप्mनो देश फर्किन्छ । सिमानाको आसपासमा रहेका बस्तीहरूलाई सार्वभौमसत्ता सम्पन्न दुई अलग–अलग देश हुन् भन्ने यथार्थ थाहा छ तर सामाजिक व्यवहारमा भने फरक देशको अनुभूति हुँदैन ।
 सीमा क्षेत्रभन्दा टाढा बस्ने सर्वसाधारणलाई सीमा क्षेत्र जहिले पनि उत्सुकताको विषय हुन्छ । मौका मिल्नासाथ सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न र त्यहाँको जनजीवनबारे बुभ्mन पुग्छु । सीमा क्षेत्रमा जतिपटक पुग्छु, सधैं लाग्ने गर्दछ कि मेरो देश यहाँभन्दा यता छ । म आप्mनो देशको सिमाना अहिले नाघ्दैछु वा अब म आप्mनो देशको सिमानामा प्रवेश गर्दैछु । आप्mनो देशको सिमानालाई छाडेर भारततिर जाँदा देश छाडेको र अर्को देशमा प्रवेश गरेको स्वानुभूति हुने गरेको छ ।
    अहिले भ्रमण वर्ष चलिरहेको छ । विभिन्न समयमा देशका विभिन्न कुनामा डुलेका यादहरू झल्झली याद आइरहेका छन् । कुनै भ्रमण वर्ष नहुँदाको समयमा पनि भ्रमणको महŒव उत्तिकै हुन्छ । मौका पाउनासाथ कतै भ्रमणमा निस्किने आप्mनो पनि बानी भएकोले एक दिन दुई देशका सिमानामा कैयौं किलोमिटर घुम्ने मौका पाएँ । घुम्ने सवालमा मलाई के लाग्छ भने आप्mनो जिल्लाको सीमान्त क्षेत्रलाई राम्ररी चिन्नु आवश्यक छ । आप्mनै जिल्लाको सीमान्त क्षेत्रलाई बेवास्ता गरेर बाहिर मात्र घुमेको छु भन्ने गर्व गर्नु पनि खोक्रो गर्व हो ।
    देशलाई भूगोलको रूपमा मात्र सीमा क्षेत्रले चिन्दैन । कतिपय सामाजिक विवाद दुई देशका मानिस मिलेर समाधान गर्दछन् । यहाँ सामाजिक समस्या भन्नुको अर्थ गाई, बाख्रा, जातभात, विवाह, भोज तथा यस्तै समस्याहरू हुन् । साँच्चै भन्ने हो भने सीमासँगै रहेका दुई गाउँका बासिन्दा दुई देशका जस्ता हुँदैनन्, एकै समाजका जस्ता मिलेर बसेका पनि छन् । एउटाको दुःख र सुखमा अर्कोले साथ दिन्छन् । उत्सवहरू उत्साहका साथ मिलेर मनाउँछन् ।
    सीमा क्षेत्रका बासिन्दाहरूसित आत्मीय गन्थनमा यस प्रकारका कुराहरू सामान्यरूपमा सुन्न पाउँछन् । एक देशको पीडितप्रति अर्को देशको नागरिकमा सामान्य किसिमको समवेदना पाइन्छ । रातको समयमा छठियारमा गीत गाउन, सत्यनारायण भगवान्को पूजाको प्रसाद खान, अन्य सामाजिक तथा सांस्कृतिक र पारिवारिक जमघटहरूमा एकअर्काका परिपूरकजस्तै सहभागी हुन्छन् । एकअर्काको मलामी जान्छन् । एकअर्काको परिवारको लमी बन्दछन् । कुनै गा¥होसा¥हो पर्दा हृदयदेखि नै सहयोग गर्दछन् । यतिसम्म कि नजीक विद्यालय जुन देशमा हुन्छ, त्यहीं भर्ना हुन्छन्, पढ्छन् । नजीकै हुँदा पनि जुन विद्यालयमा स्तरीय पढाइ हुन्छ, त्यहीं पढ्न जान्छन् । एउटा देशमा एउटा कक्षा र अर्को देशमा अर्को कक्षा पढ्ने कैयौं विद्यार्थीहरू छन् । घरायसी प्रयोगका सरसामानलगायतका वस्तु ल्याउने र लैजाने तथा अन्य व्यवहार गर्ने कुरा पनि एउटा परिवारको जस्तो हुन्छ । सम्भवतः यस्तै र यिनै कारणहरूले स्थानीय राजनीतिकर्मीहरूले बारम्बार भन्दै आएका छन् कि बेटीरोटीको सम्बन्ध छ ।
    साँच्चै सीमा क्षेत्रमा यात्रा गर्दा मनमा कहिले आप्mनो देशमा छु र कहिले आप्mनो देशमा छुइनँ भन्ने भइरहन्छ । कुनै बेला कतै सिमाना छुट्याउने आधार अलि साँघुरिएको जस्तो लाग्न पुग्छ त कुनै बेला दशगजा अलि फराकिलो भएजस्तो लाग्छ । कहीं यदि बाङ्गिएको दशगजा छ भने, कतै दशगजामा ठडिएको जङ्गे पिलर ठीक बीचबाट यताउति देखिएको भ्रम पर्छ भने यी अवस्थाका अनुभूतिहरूको स्वादमा बेजोड फरक हुन्छ ।
    साँच्चै मलाई के लाग्दछ भने हामी जतिसुकै देश विदेश यात्रा गरौं तर अलिकति सीमामा पनि समय दिनुपर्छ । सीमालाई पनि बुभ्mनुपर्छ । सीमामा बस्ने नागरिकलाई पनि चिन्नुपर्दछ । आप्mनै देश र आप्mनै देशको नितान्त छिमेकको जनजीवनलाई बुभ्mनुपर्छ । जनजीवनको अन्तर्य बुभ्mनुपर्छ । अझ वास्तविक जीवनको दर्शन त त्यत्तिखेर हुन्छ, जतिखेर नितान्त सर्वसाधारण बनेर हामी सीमा क्षेत्रमा स्वच्छन्द हुन्छौं । त्यहीं चरीजस्तो यायावर बनेर जो घरी यताको रूखबाट उडेर उताको रूखमा जान्छ र घरी उताको रूखबाट उडेर यताको रूखमा बस्छ । उसलाई दुई देशका रूख, सिमाना र नागरिक भन्ने केही मतलब हुँदैन । हो, यस प्रकारको अनुभूति लिन नितान्त यायावर बन्नु जरूरी छ । साँचो यायावर बनेर आप्mना सीमा क्षेत्रमा घुम्ने चाहना पनि अरूमा उमारौं । अवसर मिलाएर, समय मिलाएर र सम्भव भएसम्म सन्दर्भ मिलाएर यस प्रकारको यात्रा गरौं, जहाँ सुविधाको खोजी नहोओस् र आत्मीय हृदयले जनजीवनको स्पर्श होओस् । मलाई के विश्वास छ भने हरेकले एउटा यस्तो फरक अनुभूति पाउनेछन्, जुन साथमा रहेका अन्य साथीले पाएको नहोओस् । यात्रामा यायावरलाई तत्काल जे जस्तो अनुभूति होला तर कम्तीमा एक महीनापछि त्यहाँको आनन्दले अलग्गै किसिमले हृदयको स्पर्श गर्नेछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us