Wednesday, January 15, 2020

दादुरा र रुबेलाविरुद्ध रोटरीको अभियान

प्रस, परवानीपुर, १ माघ/
    रोटरी क्लब अफ इन्टरनेशनलको सहयोगमा रोटरी क्लब डिस्ट्रिक ३२२० नेपाल–भुटानले दादुरा र रुबेला रोगविरुद्ध अभियान चलाएको छ ।
    प्रदेश नं १ को विराटनगर, बागमती प्रदेशको काठमाडौंपछि प्रदेश नं २ को वीरगंजमा पनि यो अभियान शुरू भएको रोटरीले जनाएको छ । रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा बुधवार अन्तत्र्रिmया कार्यक्रम गरी अभियान शुरू गर्नेबारे छलफल भएको थियो । वीरगंज महानगरको अग्रसरतामा पर्साका अन्य १३ वटा स्थानीय तहसँग समन्वय गरी फागुन १ गतेदेखि शिविर सञ्चालन गर्ने जानकारी गराइएको थियो । शिविरमा दादुरा र रुबेलाविरुद्ध खोप लगाउने र उक्त शिविर रोगको उल्मूलनका लागि महŒवपूर्ण हुने रोटरीले जनाएको छ ।
    रोटरी इन्टरनेशनलमा विश्वकै धनाढ्य बिल गेट्सले विगतमा संसारबाट पोलियो उन्मूलन गर्न सहयोग गरेका थिए । यसपालि पनि नेपालमा दादुरा र रुबेला उन्मूलनका लागि उनले सहयोग गरेका छन् । अभियानमा विश्व बैंक र युनिसेफले पनि सहयोग गरिरहेका छन् । वीरगंज महानगरका निमित्त प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख अरुण महतोले फागुन १ गतेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रममार्पmत् स्वास्थ्यकर्मीहरूलाई खटाएर घरघरमा बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाउने कार्यक्रम तय भएको बताए ।
    कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले छिट्टै वीरगंज महानगरका ३२ वटा वडा तथा पर्साका १३ वटा स्थानीय तहका प्रमुखहरूसँग बैठक बसी यो अभियानलाई जिल्लामा सफल बनाउने प्रतिबद्धता जाहेर गरे । उनले जिल्लाका टोलटोलस्थित स्वास्थ्य संस्थामा वृहत् खोप शिविर आयोजना गर्ने बताए ।
    रोटरी क्लबका पूर्व डिस्ट्रिक गभर्नर एवं नेपाल राष्ट्रिय पोलियो प्लस समितिका अध्यक्ष रत्नमान शाक्यको सभापतित्व भएको कार्यक्रममा रोटरी क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर तथा नेपाल राष्ट्रिय पोलियो प्लस समितिका उपाध्यक्ष सञ्जय गिरी, रोटरी क्लब जोन २३ का सहायक गभर्नर चन्द्रमान श्रेष्ठ, नेपाल राष्ट्रिय पोलियो प्लस समितिका कोषाध्यक्ष योगेन्द्रमान प्रधान, लायन्स क्लब वीरगंजका पूर्व चेयर तथा व्यवसायी रमेश अग्रवाल, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकी अध्यक्ष रम्भा मिश्रले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव अनिल जैसवालले र धन्यवाद ज्ञापन रोटरी क्लब अफ वीरगंजका अध्यक्ष डा. आनन्दकुमार झाले गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us