Friday, January 17, 2020

जङ्गबहादुर राणासित रौतहटको पर्यटन

सञ्जय साह मित्र
    नेपालको इतिहासमा जङ्गबहादुर राणाको आप्mनै महŒव र इतिहास रहेको छ । देशलाई एक सय चार वर्षे आप्mनो पारिवारिक शासनमा राख्न सफल जङ्गबहादुरको नाम देशको इतिहासले कदापि बिर्सन सक्दैन । आप्mनो युगको अत्यन्त शक्तिशाली शासकको रूपमा चिनिएका जङ्गबहादुर राणाबाटै राणाशासनको आरम्भ भएको थियो । कतिपय इतिहासकारले नेपालका प्रमुख तीन शासकमा पृथ्वीनारायण साह, भीमसेन थापा र जङ्गबहादुर राणालाई मान्ने गरेका छन् । देशको राजनीतिले निकै कोल्टो फेरिसकेको छ तर पनि जङ्गबहादुर राणालाई देशको राजनीतिले बेलाबेलामा सम्झिने गरेको छ ।
    अहिले नेपाल पर्यटन वर्षको समय छ र नेपालमा आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकलाई देशको कुनाकुनामा पु¥याउन विभिन्न किसिमले प्रयास गरिंदैछ । यसैक्रममा रौतहटको पर्यटनमा जङ्गबहादुर राणाको करिडोरलाई समेट्न खोजिएको छ ।
    जङ्गबहादुर राणाको इतिहास धेरै पुरानो छैन । राणा प्रधानमन्त्रीको बारेमा धेरै कुरा ज्ञात छ । यसैले उनीसित सम्बन्धित धेरै कुरा अहिले पनि साक्ष्य छन् । उनै जङ्गबहादुर राणाको सम्बन्ध रौतहटसित रहेको छ । रौतहटसित उनको सम्बन्ध गहिरो रहेको छ र उनको आत्मीय र हार्दिक सम्बन्ध रहेको विभिन्न दृष्टान्तहरूले देखाएका छन् । उनले आप्mनो अन्तिम सास यहीको हावामा पिंmजाए र उनको शरीरलाई यहीको काठले भस्म बनायो, यहीको हावामा उनको शरीरको धूवाँलाई पचायो, उनको शरीरको अस्तु यहीको माटोमा मिल्यो ।
    तत्कालीन श्री ३ राणा बारम्बार रौतहट आउने, लामो समय रौतहट बस्ने, शिकार गर्ने र कतिपय अवस्थामा देश सञ्चालनका लागि आवश्यक निर्देश र आदेश जारी गर्ने गरेको उल्लेख पनि पाइन्छ । रौतहटको बसाइँमा उनीसित सम्बन्धित केही स्थानहरू अहिले रौतहटको पर्यटनको विकासका लागि सकारात्मक योगदान दिन सकिने सम्भावनाका क्षेत्र बनेका छन् ।
   
राणाशासनप्रति सम्पूर्णतः नकारात्मक दृष्टिकोण वर्तमान समाजले राखेको भएपनि जङ्गबहादुरले गर्मी महीनामा नुहाउने गरेको ठाउँलाई आज स्थानीयले जङ्गे झरना भनी नामकरण गरेका छन् । यो झरना सम्भवतः प्रदेशको सबैभन्दा ठूलो झरना पनि हो ।
    नेपाल भ्रमण वर्षको अवसरमा प्रदेशमा कतै झरना नै छैन कि भन्ने भ्रम रहेको बेला चन्द्रपुर नगरपालिकाको झरना अत्यन्त चित्ताकर्षक रहेको छ । चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने यो प्राकृतिक झरना पूर्व–पश्चिम राजमार्गभन्दा १२/१४ किलोमिटर उत्तरमा चुरे पहाडमा रहेको छ ।
    के मान्यता रहेको छ भने जङ्गबहादुर रौतहटको जङ्गलमा पुगेको समय यही झरनामा पुगेर नुहाउने गरेका थिए । जङ्गलमा ठूलो हात्तीमा घुम्ने गरेका जङ्गबहादुरले चढ्ने हात्ती बाँध्ने ठाउँ वा हात्तीसार पनि त्यहाँ नजीकै थियो र अवशेष अहिले पनि छ । पूर्णतया प्राकृतिक वातावरणमा नुहाएपछि जङ्गबहादुर राणा पौराईमा अवस्थित ब्रह्मस्थानमा पूजा गर्दथे ।
    दर्जनौं जिल्ला तथा भारतमा समेत प्रख्यात पौराईको ब्रह्मबाबाको बारेमा किंवदन्ती यो पनि छ कि यसको स्थापना जङ्गबहादुरले नै गरेका थिए । एक दिन शिकार खेल्नेक्रममा आप्mना सैनिकहरूबाट बिछोड भई एक्लै र एकान्त जङ्गलमा परेको बेला थकानले निदाएका जङ्गबहादुरले सपनामा देखेछन् कि बिहान नुहाएर यस ठाउँमा पूजा गरेपछि हराएका सबै सैनिकसित भेट हुनेछ । जङ्गबहादुरले त्यसै गरेछन् र भोलिपल्ट सपनामा देखेजस्तै सबै सेनासित भेट भएछ । पौराईको ब्रह्मस्थानको इतिहासको खोजी गर्दा अहिले पनि जानकारहरू जङ्गबहादुर राणासित यसको सम्बन्धलाई जोड्न पुग्छन् ।
    नेपाल भ्रमण वर्षमा रौतहटका पर्यटकीय गन्तव्यमा जङ्गे झरना र पौराईको ब्रह्मस्थानलाई पनि समेटिएको छ । पौराईको ब्रह्मस्थानको महŒव यसरी पनि बढेको देखिन्छ कि पौराईको ब्रह्मस्थान भनी अन्य ठाउँमा मन्दिर स्थापना गरिएको र पूजा गर्ने गरिएको पाइन्छ । बर्सेनि हजारौं मानिस पौराईमा पूजा गर्न पुग्छन् तर जङ्गे झरना भने बिरान बन्न पुगेको छ । पूजा भन्ने कुरो आस्थासित सम्बन्धित रहेकोले यसको विस्तार भएको हुनुपर्छ र विभिन्न कारणले जङ्गे झरना बिरानो बन्दै गएकोमा अहिले पर्यटन वर्षको अवसरमा जङ्गे झरनाले पनि प्रचारको अवसर पाएको छ । जङ्गे झरना बिरानो बन्न पाउँदैन र यसको प्रचार हुन थालेपछि यहाँ फेरि मानिसहरू पुग्न थालेका छन् ।
    जङ्गबहादुरले नुहाउने गरेको ठाउँ भएकोेले जङ्गे झरना भनिएको तथा पौराईको ब्रह्मस्थानलाई स्थापना गरेको, पूजा गरेको सन्दर्भसित जोडिएको हुनाले पर्यटनसँग जोडिएको छ । पर्यटनमा एक किसिमले जङ्गबहादुर करिडोर बन्न पुगेको छ ।
    जङ्गबहादुरसित जोडिएको राजघाट पनि हो । जङ्गबहादुरले मृत्युवरण गरेको स्थान पनि छ । जङ्गबहादुर राणाले अन्तिम सासलाई हावामा मिलाएको ठाउँ वृन्दावन नपाको बागमती किनारलाई मानिन्छ । उनको समाधिस्थल बागमतीको बगरमा आज पनि कतै हुनुपर्छ । जङ्गबहादुरको स्मृतिमा एउटा गेट पनि निर्माण गरिएको छ । बागमती नदीतिर जाने बाटोमा निर्माण गरिएको जङ्गबहादुर द्वारले उनीसितको सम्बन्धलाई सम्झाउँछ । अहिलेसम्म राजघाट र अन्येष्टिस्थललाई पर्यटनसित जोड्न सकिएको छैन तर अहिले यो पनि आवश्यक भइसकेको छ कि वृन्दावनको विश्रामपुरनजीक रहेको बलेरीनजीक रहेको जङ्गबहादुर स्मृतिद्वारलाई पनि जङ्गबहादुर पर्यटन करिडोरमा समावेश गरियोस् ।
    इतिहासमा धेरै कुरो प्रस्ट छ । यदि इतिहासको राम्ररी अध्ययन गर्ने हो र रौतहटमा जङ्गबहादुरको पहिलो आगमनको मिति, स्थान तथा अन्य आगमनहरूको पनि तिथिमितिसहितको एउटा विवरण सम्बन्धित स्थानहरूमा राख्ने हो भने पर्यटकलाई एकातिर इतिहासमा रुचि जगाउने र अर्कोतिर अन्य पर्यटकलाई तान्ने उपाय हुने देखिन्छ । हरेक पर्यटकीय गन्तव्यहरूमा हरेक पर्यटकीय गन्तव्यको बारेमा ऐतिहासिकतासहितको जानकारी दिनुपर्छ । पर्यटन वर्षको दृष्टिकोणले यो सर्वथा उचित देखिन्छ ।
    रौतहटमा ऐतिहासिक पर्यटनको सम्भावनाबारे धेरै खोजी जरुरी छ । पर्यटकलाई प्राचीनतासित जोड्ने हो भने अनेक प्राचीन इतिहास बोकेका महŒवपूर्ण स्थानहरू रहेका छन् । यस्ता ठाउँहरूको खोजी पनि भइरहेको छ तर स्थानीयलाई खासै मतलब छैन । आप्mनो ठाउँको ऐतिहासिक, पौराणिक तथा धार्मिक र पर्यटकीय स्थानहरूको बारेमा केही विशिष्ट मानिसहरूको चासो मात्र रहेको छ । चिन्ता कसैलाई पनि रहेको छैन । अबको समयमा यस्ता कुरालाई पर्यटनसित जोडेर सार्वजनिक महŒवको बनाइनुपर्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us