Wednesday, January 15, 2020

रक्सौलमा मकर सङ्क्रान्ति पर्व धूमधामका साथ मनाइयो

राजेश केशरीवाल, रक्सौल, १ माघ/
    रक्सौलको छोटा तुमडिया टोलामा मकर सङ्क्रान्ति पर्व धूमधामका साथ मनाइएको छ ।  अम्बेडकर नगरमा सीमा जागरण मञ्चले कार्यक्रम आयोजना गरेको थियो । मकर सङ्क्रान्ति उत्सव कार्यक्रमको  उद्घाटन शिक्षाविद् प्राडा अनिलकुमार सिन्हाले भारतको तस्बिरमा माल्यार्पण गरी गरेका थिए ।
    सो अवसरमा जात राम, सुरेश बाबा, राजकुमार पाण्डेय, राहुल राउतलगायतले संयुक्तरूपमा दीप प्रज्वलित गरेका थिए । मकर सङ्क्रान्ति उत्सव भारतीय संस्कृति एवं सभ्यताको प्रतिविम्ब भएको प्राडा सिन्हाले बताए । यस किसिमको कार्यक्रमले समाजलाई एकताबद्ध र प्रगाढ हुन सहयोग पुग्ने उनको भनाइ थियो । उनले नागरिकता संशोधनको विषयमा चर्चा गर्दै भने, “पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएका अनुसूचित जाति तथा जनजातिको उत्थानका लागि कानून निर्माण भएको हो । यो कुनै धर्मको विरुद्ध लक्ष्Fित छैन । सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ ।”
    सीमा जागरण मञ्चका जिल्ला अध्यक्ष सुरेश कुमारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न तह, तप्का र समुदायका मानिसहरू एकै स्थानमा भेला भएर शुभकामना आदानप्रदान गर्दै एकसाथ खिचडीको सहभोजमा सहभागी भएका थिए । कार्यक्रममा डा. हजारीप्रसाद गुप्ता, अरविन्द जायसवाल, गणेश गुप्ता, रजनीश प्रियदर्शी, राकेशकुमार गुप्ता, सुनील कुमार, राकेश कुमार, गणेश पाण्डेय, सोल्ती कुमारी, नेहा कुमारी, उमाशङ्कर प्रसाद, आमोद राउत, हरिन्दर राम, जुगनू राम, गोलू कुमारलगायतको सहभागिता थियो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us