Tuesday, January 14, 2020

सभागोष्ठीले जलवायु परिवर्तन रोकिंदैन –मुख्यमन्त्री

प्रस, वीरगंज, २९ पुस/
    मुख्यमन्त्री लालबाबू राउत गद्दीले सभागोष्ठी गरेर जलवायु परिवर्तन रोक्न नसकिने बताउँदै त्यसका लागि फिल्डमैं काम गर्नुपर्ने बताएका छन् ।
    नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानवजातिको भविष्य विषयक सगरमाथा संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले आप्mनो समस्या पहिल्याउनुभन्दा पहिले विदेशीको समस्यालाई सभागोष्ठीमा केलाउने काम भइरहेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले चुरेको दोहन र वनविनाशले नेपालमा प्राकृतिक विपद् निम्त्याएको भन्दै सो रोक्नुको साटो जलवायु परिवर्तन रोक्न, सभासम्मेलनमा समय र पैसा खर्चिनु दुर्भाग्यपूर्ण भएको जिकिर गरे । मुख्यमन्त्री गद्दीले दिनदहाडै क्रसर उद्योगले चुरे दोहन गरिरहेको, वनविनाश भइरहेको र त्यसलाई रोक्न आवाज उठाउनेको हत्यासमेत भइरहेकोमा मूकदर्शक भएर बस्नु लाजमर्दो भएको बताए । उनले प्रहरी, प्रदेश सरकारको मातहतमा नरहेको र सङ्घीय सरकारले यस्ता खाले गतिविधि रोक्न नसकेको आरोप लगाए ।
    मुख्यमन्त्री गद्दीले तलदेखि माथिसम्म मिलापत्रमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भइरहेको आरोप पनि लगाए । उनले विकासको नाममा चुरे र वनजङ्गलको विनाश रोक्नुपर्ने बताउँदै चुरेको वनविनाशले तराई–मधेसमाथि दुष्प्रभाव परिरहेको बताए । उनले यस्ता खाले गतिविधि नियन्त्रण गर्न पर्यावरणविद्हरूले कलम चलाएर तीनवटै तहका सरकारको आँखा खोल्नुपर्ने बताए । मुख्यमन्त्री गद्दीले प्रकृतिमाथि मानवजातिले अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले पनि प्रकृतिले मानवजातिलाई दण्डित गरिरहेको चर्चा गरे । उनले प्रकृतिमाथिको अनधिकृत अतिक्रमण नरोकिए ठूलो समस्या निम्तन सक्ने बताए ।
    नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. सुरेन्द्र लाभको अध्यक्ष्Fतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेशसभा सदस्य, सुरक्ष्Fा निकायका प्रमुखलगायत उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us