Wednesday, January 15, 2020

भूकम्पबाट सुरक्षा र मनोविज्ञान

सञ्जय साह मित्र
    जमीन काँप्नुलाई भूकम्प भनिन्छ । भूकम्पको समय सबैको लागि डरलाग्दो हुन्छ । डरलाग्दो मानिसको लागि मात्र नभई स्वयम् प्रकृतिका लागि पनि डरलाग्दो हुन्छ । जब भूकम्प आउँछ, तब मानिस, जन्तुजनावर तथा वनस्पतिसमेत डराउँछन् । वनस्पति किन डराएको हुन्छ भने त्यसको पनि विनाश हुन्छ । पहाड भत्किन्छ र वनस्पतिको नाश हुन्छ । जहाँ पहाड नै थर्किन्छ, त्यहाँ अन्य सबै पक्ष स्वतः डराएको हुन्छ । जुन पक्ष डराएको हुन्छ, त्यो पक्ष वास्तवमा भूकम्पलाई मन नपराएको हो । भूकम्पलाई कसैले मन पराउँछ भन्ने होइन तर भूकम्पले कतिपय पक्षलाई केही पनि प्रभाव पार्दैन भन्ने हो । पृथ्वीको आन्तरिक प्लेटहरूमा फेरबदल हुन्छ र यसले पृथ्वीको सतहको बनोटमा पनि प्रभावित तुल्याउँछ ।
    भूकम्प मनोवैज्ञानिक समस्या नहुन सक्छ तर यो मनोवैज्ञानिक समस्या हुनै सक्दैन भन्ने होइन । नेपालमा पछिल्लो ठूलो भूकम्प आएको धेरै भएको छैन । दिउँसो आएको त्यो भूकम्पले अहिलेका साना बालबालिकाबाहेक सबै पुस्ताले भोगेको पछिल्लो त्रासदी थियो । त्यस त्रासदीले धेरैको मनोविज्ञानमा भूकम्पको भूत लागेको थियो । त्यसको प्रभाव अहिलेसम्म पनि पूर्णरूपमा गइसकेको छैन । अभैm पनि कुनै कारणले खाट हल्लिएमा कतिपयलाई भूकम्प नै आएको मनमा पर्ने गर्दछ । आपूm शान्त बसेको बेला कतै कुकुर र चरा एकसाथ कराएको सुन्यो भने भूकम्प आउने हो कि आशङ्काले सतर्क हुन खोज्छ कतिपय मानिस । हावा खासै नचलेको तर बिजुलीको तार हल्लिएको देख्नासाथ हो कि होइन तर भूकम्पको सानो कम्प पो आएको हो कि भन्ने प्रश्न आप्mनो मनलाई गरिहाल्छ । घरभित्र ओछ्यानमा पल्टिरहेको समय यदि छेपारोले पनि पङ्खा हल्लाएको छ भने पनि कतै सानो झट्का पो हानेको कि भूकम्पले भन्ने आशङ्का जन्माउँछ कतिपयको मनमा । यस अवस्थामा भूकम्पलाई मनोवैज्ञानिक समस्या पनि भन्न सकिन्छ ।
    भूकम्पको पूर्वानुमान कसैले गर्न सक्दैन । यो कहिले आउँछ भनेर कुनै वैज्ञानिक अध्ययन पनि ठोस निष्कर्षयुक्त निस्कन सकेको छैन ।
    भूकम्प गएपछि यसको चर्चा लामो समयसम्म हुने गरेको छ । भूकम्पले पु¥याउने क्षतिको विषयमा सबैको मुखदेखि सामाजिक सञ्जाल र सबै मिडियाहरूमा निकै चर्चा हुन्छ । दिनहरू बित्दै जाँदा भूकम्पको असरलाई पनि मानिसले बिर्संदै जान्छ । समयको मलमले जस्तोसुकै गहिरो घाउलाई पनि पुर्दछ । अझ भूकम्पपछि यदि अर्को कुनै घटना हुन्छ भने त्यसले अलिक कम महŒव पाउँछ तर एक/दुई ठूला घटना भयो भने ध्यान बाँडिन्छ । हैन भने भूकम्पभन्दा यताउति सामान्यतया कसैको ध्यान नै जाँदैन । भूकम्पको धक्काले धरतीलाई मात्र होइन, मानिसको मनलाई पनि हल्लाइदिएको हुन्छ र मस्तिष्कलाई पनि हल्लाइदिएको हुन्छ । भूकम्प आउनुअघि कसैले थाहा नपाउने तर भूकम्पछि कोही पनि जानकारीको लागि बाँकी नहुने अवस्थाले भूकम्पको बारेमा सबैले जानकारी लिइराख्नु आवश्यक हुन्छ । फेरि पनि भूकम्प कहिले आउँछ भन्ने थाहा त हुँदैन तर भूकम्पको बारेमा निरन्तर चर्चा गरिरहँदा भूकम्पको क्षति र यसको प्रवृत्तिबारे धेरैले थाहा पाइरहन सक्छन्, जसले गर्दा भूकम्प आइहाल्यो भने पनि सकेसम्म क्षति कम हुन पाउँछ किनभने भूकम्पको चर्चाले सतर्कता पनि छरिरहेको हुन्छ ।
    नेपालीहरूले सम्झेको सबैभन्दा ठूलो भूकम्प १९९० माघ २ गतेको हो । उक्त भूकम्पलाई भोग्नेहरूमध्ये अभैm केही जिउँदै पनि छन् । उक्त भूकम्पलाई भोगेका केही मानिसलाई यो पङ्क्तिकारले पनि भेट्ने र त्यस भूकम्पका बारेमा राम्ररी कुरा गर्न पाएको छ । कतिपय देख्नेहरूले यो पनि बताउने गरेका थिए कि त्यस भूकम्पमा जमीनबाट कोइला–पानी निक्लेको थियो । कसैको जाँतो डुबेको जहाँको तहीं धरतीमा पसेको थियो । कतै घरमैं पानीको मूल फुटेको थियो र रातोरातो रड्ढो माछा निक्लेको थियो । कतै मान्छे नै धरतीमा विलीन भएको सुनिएको थियो । पशुपक्षीको त कुनै ठेकान थिएन । गाउँघरमा त्यतिबेला ठूलाठूला घर नभएकाले घर भत्केका ठूला कथाहरू त सुन्न पाइएन तर विनावर्षात् कसैको घरबाट पानी निक्लेको बताउँथे । त्यस भूकम्पका कथा भन्नेहरू कम हुँदै गएको थियो कि पछिल्लो ठूलो भूकम्प आएको थियो । अहिलेका मानिसमध्ये कमै मात्र यस्ता छन्, जसलाई पछिल्लो ठूलो भूकम्पको कथा थाहा छैन । भूकम्पका कथाहरू एकापसमा जोडिएका छन् । अहिले कोही अति ज्येष्ठ नागरिक यदि आपूmले भोगेको माघ २ गतेको भूकम्पको कथा भन्छन् भने अहिलेका श्रोता पछिल्लो भूकम्पमा आपूmले भोगेको कथा बताउन थाल्छन् ।
    भूकम्प नितान्त प्राकृतिक घटना हो भन्ने बुझिन्छ । हरेक माघ २ गते  भूकम्पको चर्चा गरिन्छ । वास्तवमा यसको सम्झना गरिन्छ । भूकम्पले पु¥याएको क्षतिको पनि थोरबहुत विश्लेषण अहिलेसम्म हुने गरेको छ । यसैगरी, पछिल्लो भूकम्पको प्रसङ्ग पनि थोरबहुत यस दिन जोडिन्छ । तर पछिल्लो ठूलो भूकम्पको परिचर्चा मुख्यरूपमा वैशाखमा मात्र हुने गर्दछ । माघमा त राष्ट्रिय भूकम्प सुरक्षा दिवस भनेर नै मनाइन्छ भने वैशाखको १२ मा देशभर त्यस भूकम्पको चर्चा गर्ने गरिएको पाइन्छ । वैशाखमा भूकम्पको परिचर्चा हुँदा वर्तमानमा पुनर्निर्माणको बारेमा अधिकांश मिडियाले चर्चा गर्नुका साथै भूकम्पको घाउ कोट्याउने गरेका छन् ।
    भूकम्पको सम्झना गरेर मात्र हुने जमाना होइन यो । अहिले पक्की घर निर्माणको जमाना हो र अहिले पक्की घर निर्माण गर्दा सकेसम्म भूकम्पले क्षति पु¥याउन नसक्ने किसिमले घर निर्माण गरिन थालिएको छ । घर निर्माण गर्ने मानिसको क्षमता अनुसार घरको निर्माणमा सकेसम्म भूकम्पबाट सुरक्षा अपनाउने युगको सुरुआत भइसकेको छ तर यसमा केही मनोवैज्ञानिक समस्या पनि रहेका छन् । क्षमता भएका पनि कतिपयले के हुन्छ र यस्तै घर बनाउँदा, फलानोको घर यत्तिकै रहेको छ वर्षौंदेखि । अहिले यसै किसिमको मनोविज्ञानलाई हटाउनुपरेको छ । सामान्य दृष्टिकोण यस्तो बनिसकेको छ कि घर बनाउँदा लाग्ने लागत बेकार हुन्छ । घर बनाउँदा लाग्ने पूँजी त्यत्तिकै बस्छ । यस कारण घर निर्माणमा बढी लगानी गर्नु भनेको लगानी डुबाउनु हो भन्ने मनोविज्ञान बोकेका मानिसहरूलाई भूकम्पबाट सुरक्षा दिने भएकोले सबै लगानीभन्दा महŒवपूर्ण छ भन्ने कुरा बुझाउनुपरेको छ । भूकम्पीय सुरक्षाको दृष्टिकोण अपनाउनु भनेको लगानी डुबाउनु होइन । समाजमा पैसा भएका र हैसियत भएका मानिसहरूले जब सुरक्षित घरलाई बेकारको लगानी भन्दछन्, तब यसै किसिमको मनोविज्ञानको सञ्चार र प्रसार समाजमा हुने हुन्छ । यसले गर्दा भूकम्पीय सुरक्षा केही कमजोर बन्न पुग्ने सम्भावना हुन्छ । यस किसिमको मनोविज्ञानलाई कमजोर बनाउनु पनि भूकम्पीय सुरक्षाको दृष्टिकोणले उपयुक्त नै हुने देखिन्छ ।
    तत्काल भूकम्प आयो भने कसरी बच्ने भन्ने विषयमा व्यापक जनचेतना पैmलाउनुपर्छ । जनचेतना पैmलाउने काममा समाजका सबै सचेत वर्ग लाग्नु र जाग्नुपर्दछ । गृह निर्माणमा सचेतनाको आवश्यकतालाई पनि उत्तिकै बुभ्mनु जरुरी छ भने भूकम्प आइहालेमा के कसरी गर्नुपर्दछ भन्ने चेतना पनि निरन्तर पैmलाइरहनुपर्दछ । भूकम्प सुरक्षा दिवसमा भूकम्पबाट सुरक्षाको दृष्टिकोणले मनोविज्ञानलाई पनि सकारात्मक बनाउनु आवश्यक भइसकेको छ र हरबखत हरेक व्यक्ति सुरक्षाको लागि सजग रहनु पनि पर्दछ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us