Friday, January 24, 2020

विसं २९६६ को सिम्रौनगढ

सञ्जय साह मित्र


    मधेसको एउटा प्राचीन बस्तीमध्ये सिम्रौनगढलाई पनि मानिन्छ । सन् १०९७ मा तत्कालीन दक्षिण भारतको कर्नाट देशका सेनापति नान्यदेवको नेतृत्वमा आएको फौजले यहाँ राजधानी बनाइ डोयराज्य स्थापना गरेको थियो । वेदको समयभन्दा पहिलेदेखि नै अस्तित्वमा यो क्षेत्र रहेको छ भन्ने कुरो कसरी प्रमाणित हुन्छ भने यस क्षेत्रलाई तीरभुक्ति भनिएको छ । त्यसै हुनाले तीरभुक्तिको अपभ्रंश भएर कालान्तरमा तिरहुत पनि भनिएको पाइन्छ । तिरहुत शब्दसँग सम्बन्धित विभिन्न स्थान कोशीदेखि पश्चिम र नारायणीदेखि पूर्व तथा चुरेदेखि दक्षिण र गङ्गादेखि उत्तरको भूभागमा अहिलेसम्म पनि अस्तित्वमा रहेको सम्भवतः यसै कारणले हो ।
    तत्कालीन दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सन् १३२४ मा आक्रमण गरेर सिम्रौनगढलाई तहसनहस पारेको इतिहास पाइन्छ ।
    सम्भवतः सिम्रौनगढलाई यही अवधिको मानेर अध्ययन गरिन्छ । सिम्रौनगढको इतिहास यही अवधिको मात्र हो ? यसपछिको ठक्कुर वंशको शासनको बारेमा अलिकति जानकारी पाइन्छ तर नान्यदेवको समयभन्दा पहिलेको इतिहासको बारेमा खासै कोही जान्ने इच्छा राख्दैनन् वा उताको इतिहासको विषयमा कसैलाई सोच्ने फुर्सद नै छैन । वास्तवमा नान्यदेवले सिम्रौनगढलाई यत्तिकै किल्ला त बनाएनन् ? यस ठाउँलाई राजधानी बनाउनुका पछाडि यस ठाउँमा बस्ती थियो वा उन्नत बस्ती थियो वा सामान्यतया त्यस युगको लायक पूर्वाधारको विकास भइसकेको थियो । त्यत्तिकै मानवशून्य ठाउँमा त सिम्रौनगढ बसाइएन कि?
    विभिन्न शास्त्रहरूमा सिम्रौनगढलाई सिमरावन पनि भनिएको पाइन्छ । सिमरावन भनेको सिमलवन हो । सिमल एउटा रूख हो । सिमललाई स्थानीय बज्जिका भाषामा सिमर वा सेमर भनिन्छ । यसलै आजसम्म पनि यस ठाउँलाई सेम्रौनगढ वा सिम्रौनगढ पनि भनिन्छ । सिम्रौनगढको इतिहासको अध्ययन गर्दा अब नान्यदेवले यहाँ राजधानी स्थापना गरेको समयभन्दा पनि पहिलेको बस्ती वा मानव समुदायको अवस्थाको बारेमा पनि अध्ययन हुनुपर्छ ।
    सिम्रौनगढको ऐतिहासिकतालाई पुष्टि गर्ने अनेक प्रमाणहरू छँदैछन् । विभिन्न सरकारी अध्ययन र इतिहासको विभिन्न पुस्तकले सिम्रौनगढको बारेमा अनेक बखान गरेका छन् ।
    सिम्रौनगढको ऐतिहासिकतालाई त्यहाँ रहेको एउटा बोर्डले पनि स्पष्ट पारेको छ । सिम्रौनगढको इशरा पोखरीको पश्चिमतिर किनारमा कङ्काली मन्दिर रहेको छ । यहाँ कङ्काली मन्दिरको निर्माण कसले गरेको हो, कसरी भएको हो भन्ने विषयमा यस क्षेत्रमा एउटा किंवदन्ती रहेको छ प्रचलनमा । तर अहिले रहेको मन्दिरको निर्माण चाहिं कम्तीमा एक सय वर्ष पहिले राणाशासनको समयमा भएको हो मानिन्छ । यस मूर्तिको प्राचीनतालाई पनि यदि विचार गर्ने हो भने यसले कैयौं व्यवस्थालाई देखेको छ भन्दा हुन्छ । यस मन्दिरभित्रको मूर्ति करीब आठ सय वर्ष पुरानो रहेको मानिन्छ । यस मन्दिरले सिम्रौनगढको प्राचीनतालाई पुष्टि गर्ने आधार थपेको छ । अन्य अनेक आधारहरू पनि यहाँ रहेका छन् ।
    मन्दिरको छेउमा रहेको एउटा बोर्ड छ । बोर्डको भाषाले पनि यसलाई प्राचीन बताउने प्रयास गरेको छ तर यसको भाषामा देखिएको एउटा त्रुटिले शायद यसको विश्वसनीयतालाई कमजोर बनाएको जस्तो छ । सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति वीरगंज लेखिएको छ । यसै संस्थाले बोर्ड लेखाएको हुनुपर्छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । बोर्ड अलि खुइलिएको अवस्थामा पुगिसकेकोले बोर्ड अलि पुरानै हुनुपर्छ भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
    कङ्काली मन्दिर, सिम्रौनगढ भनेर सिरानमा लेखिएको बोर्डको तेस्रो बुँदामा यस मन्दिर क्षेत्रको उत्खननको इतिहास बताउने प्रयास गरिएको छ, जसमा भनिएको छ– यस मन्दिर क्षेत्रमा विसं १९३५, विसं २९६६ र विसं २०५१ मा उत्खनन गरिएको थियो ।
    यहाँ सामान्यता सन्देह गर्न नमिल्ने तथ्य भनेको यसमा लेखिएको विसं २९६६ को ठाउँमा विसं १९६६ हो । सामान्यतया पढ्नेले पनि यही नै पढ्ने गर्दछन् । तर जहाँ इतिहास र तथ्यको सवाल हुन्छ, त्यहाँ त यसले निकै फरक पर्न सक्छ । यस पङ्क्तिमा प्रयोग गरिएका तीनवटै मितिको अगाडि विसं लेखिएको छ । अघिल्लो र पछिल्लो दुवै मितिलाई पत्याउने अवस्था छ तर बीचको मिति आउन अभैm सयौं वर्ष बाँकी छ । त्यहाँ मूर्तिको प्राचीनता लेखिएको करीब आठ सय वर्षभन्दा बढी समय त अभैm आउनै बाँकी रहेको यस मितिले देखाएको छ । इतिहासको अध्ययन र अनुसन्धानको दृष्टिले यसलाई पत्याउन मुस्किल बनाइदिएको छ एउटै तथ्यले ।
    बोर्ड लेख्ने संस्था वा पर्यटक वा यहाँका स्थानीयको ध्यान नगएको हुन सक्छ वा ध्यान गए पनि सच्याउनेतर्पm ध्यान नगएको हुन सक्छ । वास्तवमा यस क्षेत्रको भ्रमण र अध्ययन गर्न आउने नयाँ विद्यार्थीलाई भने यस तथ्यले अलिकति भ्रम उत्पन्न गर्न सक्छ ।
    जहाँ इतिहासको सवाल हुन्छ, त्यहाँ अझ बढी गम्भीर हुनु जरुरी हुन्छ । यदि कुनै शिलालेखमा यही किसिमको त्रुटि हुन पुग्छ भने त्यसको अध्ययनले कति असर उत्पन्न गर्न सक्ला ? बोर्ड तथा ब्यानर लेख्ने र लेखाउनेहरूले अलिकति लापरवाही गर्दा वा निगरानी गर्नेले समयमा गम्भीरतापूर्वक ध्यान दिन नसक्दा अध्ययनमा कति प्रभाव पर्दछ भन्ने बलियो उदाहरण यो बोर्ड हुन गएको छ ।
    यदि यो बोर्डमा लेखिएको कुरो सही नै हो भने पनि कसरी सही हो भन्ने पनि स्पष्ट हुन सकेको छैन । वास्तवमा यसको मितिलाई सच्याउनु उचित हुन्छ वा यसलाई अझ स्पष्ट पारेर यसको मिति सर्वसाधारणले बुझिने पनि हुनुपर्छ कि जस्तो लाग्छ । यदि यो मिति लेखिनमा त्रुटि हुन पुगेको हो भने सम्बन्धित पक्षले सकेसम्म छिटो सच्याउँदा राम्रो होला कि जस्तो लागेको छ । हैन भने नौ सय वर्ष पहिलेको इतिहास बताएको हो कि नौ सय वर्षपछिको भन्ने बुभ्mन साधारण पाठकलाई निकै गा¥हो बनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us