Thursday, January 16, 2020

नदीजन्य पदार्थको ठेक्का नलाग्दा समस्या

प्रस, वीरगंज, २ माघ/
    प्रदेश सरकारले राष्ट्रिय वनमा नदीजन्य पदार्थ उत्खनन गर्दा आबादी र वन सीमाभन्दा एक किलोमिटर टाढाबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्न निर्देशन दिएको कारण अहिले पर्सा जिल्लामा नदीजन्य पदार्थको ठेक्का हुन सकेको छैन ।
    पर्सा जिल्लाका खोलाहरूमा गादीबाहेक प्रायः सबै खोला राष्ट्रिय वन क्ष्Fेत्रभित्र पर्दछन् । प्रदेश सरकारको परिपत्रपछि यस वर्ष निकै ढिला गरी भएको उत्खननको प्रक्रिया झनै ढिला हुन गएको छ । प्रत्येक वर्ष असारदेखि असोजसम्म नदीजन्य पदार्थको उत्खनन रोकिन्छ र प्रारम्भिक वातावरणीय  परीक्ष्Fण रिपोर्ट तयार भएपछि मात्र जिसस र वनको सिफारिशमा सम्बन्धित स्थानीय निकायले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउन सक्दछ ।
    यसपटक असोजपछि वातावरणीय प्रारम्भिक परीक्ष्Fण रिपोर्टको अभावमा पर्साको भेडाहा, गादीबाहेक सबै खोलामा ठेक्का लाग्न सकेको छैन । पर्सा जिल्लामा वीरगंज महानगरभित्र भेडाहा खोला, पर्सागढी नपा अन्तर्गत सिंगाही र कर्जनिया खोला, पटेर्वासुगौली, सखुवाप्रसौनी अन्तर्गत जमुनिया खोला, पटेर्वासुगौली, जीराभवानी अन्तर्गत भलुवाही खोला, पटेर्वासुगौली अन्तर्गत गादी खोला र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत ओरिया तथा शिकारीवास खोला पर्दछन् ।
    प्रत्येक दुई वर्षमा नदीको ठेक्का गर्न प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट अनिवार्यरूपमा लिनुपर्ने हुन्छ । यस वर्ष वीरगंज महानगरको भेडाहा खोलाको मात्र प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट तयार भएको र ठेक्का लागेको थियो भने गादी खोलाको एक वर्ष अवधि बाँकी रहेको कारण यस वर्ष ठेक्का लाग्न सकेको हो । बाँकी खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट तयार हुन सकेको छैन ।
    जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद अन्सारीले प्रदेश सरकारको रोक लाग्नुअघि सिंघाही खोलाको प्रारम्भिक वातावरणीय  परीक्ष्Fण रिपोर्टको लागि निवेदन परेको र सोको सिफारिश अन्तिम चरणमा रहेको बताए । उनले आजभोलिमा सिफारिश भएपछि स्थानीय तहले उक्त खोलामा नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का लगाउन सक्ने बताए । योबाहेक  अरू खोलाको प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्टको लागि निवेदन नपरेको सभापति अन्सारीले बताए । प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट तयार गर्न समय लाग्ने भएकोले यस वर्ष ढिलो भएको उनको तर्क छ । इन्जिनीयरबाट रिपोर्ट तयार भएपछि प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गर्ने र त्यसपछि मात्र प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा जिससले जिल्ला वन कार्यालयमा सिफारिश गरी पठाउने हँुदा प्रक्रियागत ढिला भएको उनको भनाइ छ ।
    पर्सा जिल्लाका खोलाहरूको ठेक्का नलाग्दा त्यहाँ अहिले व्यापकरूपमा बालुवा, ढुङ्गा, गिट्टीको अनधिकृत दोहन भइरहेको छ । यसअलावा नदीजन्य पदार्थको उत्खननका कारण जिल्लामा विकास निर्माण र घर निर्माण कार्यहरू पनि प्रभावित भएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us