Friday, January 10, 2020

संसारका सम्पूर्ण सन्तानले आमाबुबाको हालखबर बुझिरहनुपर्छ



रामबालकप्रसाद सिंह  ।

  राजेश मिश्र

       शिक्षा जीवनको तयारी होइन, जीवन नै हो । यदि कुनै पनि मानिस कडा परिश्रम र दृढ सङ्कल्पका साथ कर्तव्यमा निरन्तर लागिरह्यो भने सफलता अवश्य प्राप्त गर्दछ । लगनशीलता मानवजीवनको लागि अति नै उपयोगी मन्त्र हो । शिक्षा वा अन्य पेशालगायतका आपूmअनुकूल वा सुहाउँदो विधामा लगनशील भएर अघि बढ्यो भने फेल र पास हुँदै गन्तव्यसम्म अवश्य पुग्न सकिन्छ । विकट गाउँका निरक्षर र सामान्य परिवारमा जन्मेर उच्च सरकारी अधिकारीको ओहोदासम्म पुग्न सफल व्यक्तित्वको इतिहासले युवा पुस्तालाई प्रोत्साहित गर्नेछ । सात दशकअघि सर्लाही जिल्लाको विकट गाउँको गरीब परिवारमा जन्मेका बालकको अगाडि राम थप्दै आमाबुबाले रामबालकप्रसाद सिंह नामकरण गरिदिए । सोही बालक शिक्षा हासिल गरी सपनामा पनि नसोचेको सरकारी सेवा गर्नुका साथै देश–विदेशका अनुभव बटुल्न सफल भए । अहिले उनी ७० वर्षका भए । हाल उनको निवास वीरगंजको श्रीपुरमा अवस्थित छ । बढी सुन्ने र कम बोल्ने उनी शान्त प्रकृतिका व्यक्ति हुन् । घरपालुवा कुकुरहरू उनलाई देख्नेबित्तिकै पुच्छर हल्लाउँदै अघिपछि गरिरहेको दृश्य गज्जब लाग्छ । १५ वर्षदेखि रक्तचाप र मधुमेहको नियमित औषधिसेवन गरिरहेका छन् । जागीरमा हुँदा कार्यालय र घरमा भेट्न आउनेहरूको ताँती हुन्थ्यो भने हाल सोक्रम निकै पातलिएको अवस्था छ ।  साधारण परिवारमा जन्मेर कसरी सफलता प्राप्त गरे ? शिक्षार्जन र जागीरको सिलसिलामा कस्ता कस्ता समस्याहरूको सामना गरे ? काठमाडौंदेखि मकवानपुरको भैंसेसम्मको हिंडाइ, जीवनको सबैभन्दा दुःखद क्षणलगायतका थुप्रै विषयमा भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ ।
जन्मस्थान र शिक्षा ः
    सर्लाही जिल्लामा पर्ने हालको बलरा नगरपालिका–५ अर्नाहा उनको जन्मस्थान हो । जुन पूर्व–पश्चिम राजमार्गको नयाँ रोडदेखि करीब २५ किलोमिटर दक्षिणतर्पm पर्दछ । ६ जना दाजुभाइ र एउटी बहिनीमध्ये उनी माहिला हुन् । उनको पारिवारिक पृष्ठभूमिमा सबैभन्दा पहिले शिक्षाको सुरुआत उनैबाट भएको भएको थियो । उनले गाउँकै सरस्वती प्राविमा कक्षा पाँचसम्म पढे । त्यसपछि उनी गाउँदेखि करीब एक घण्टाको दूरीमा पर्ने जनता मावि गडहियामा दश कक्षासम्म अध्ययन गरे । कक्षा नौ र दशमा उनी विद्यालय टप थिए । उनले छात्रवृत्ति प्राप्त गरी छात्रावासमा रहेर पढ्ने मौका पाए । सोही विद्यालयबाट विसं २०२४ सालमा द्वितीय श्रेणीमा एसएलसी पास गरे । एसएलसीपछिको शिक्षाको लागि गाउँदेखि सबैभन्दा नजीक भनेको वीरगंज थियो । उनको गाउँकै केही व्यक्ति वीरगंजमा शिक्षण पेशामा थिए । उनीहरूकै सल्लाहमा आईएड पढ्नको लागि उनले पहिलोपटक वीरगंजमा पाइला टेके । त्यतिबेला सर्लाहीदेखि वीरगंजसम्म पुग्नको लागि गाउँदेखि भारत बिहारको ढेंग स्टेशनसम्म करीब १५ किलोमिटर हिंडेर आउनुपथ्र्याे । र, त्यहाँबाट रक्सौलसम्म रेलको यात्रा गरिन्थ्यो । रक्सौलदेखि वीरगंजसम्म टाँगाको सुविधा भएपनि उनी हिंडेर आउँथे । उनले वीरगंजको रेशमकोठीमा भाडाको घरमा सञ्चालित ठाकुर राम कलेज अफ एजुकेशन सङ्कायमा नामाङ्कन गरे । सो बेला देशभरिमा कुल ६ स्थानमा शिक्षा विषयको अध्ययन हुन्थ्यो । उनले प्रथम श्रेणीमा आई.एड. पास गरे । कीर्तिपुरबाट शिक्षामा स्नातक गरे । त्यसपछि काठमाडौंमा एमएड पहिलो सेमेस्ट मात्र पढ्न पाए । सरकारी सेवामा प्रवेश गरिसकेपछि ब्रिटिश काउन्सिलको माध्यमबाट युनिभर्सिटी अफ वारिक इङ्गल्यान्डमा अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्ने अवसर पाए ।  
सरकारी सेवामा प्रवेश ः
    जीवनको पहिलो सरकारी सेवा वीरगंजको नगवा प्राविमा तीन महीनाको नियुक्ति लिई उनले अध्यापन गरे।
रु ९० प्रतिमहीना तलब थियो । एसएलसीको परीक्षाफल आउन तीन महीना बाँकी थियो । उनले सोही समयलाई सदुपयोग गरे । परिवारको आर्थिक अवस्था राम्रो थिएन । उनको जीवनको पहिलो कमाइबाट घरमा ११ मन धान खरीद भएको थियो । काठमाडौंमा एमएड प्रथम सेमेस्टरको पढाइ चलिरहँदा जागीर गर्न घरबाट दबाब हुन थाल्यो । नयाँ शिक्षा योजना लागू भएको थियो । कास्कीको पोखरा कार्यालयमा निवेदन मात्र दर्ता गराएपछि मावि अङ्ग्रेजी विषयको शिक्षकमा जागीर शुरू भयो । जागीर गर्न कास्की जिल्लाको रम्जाठाटीमा करीब १२ घण्टा हिंडेर उनी पुगेका थिए । उनको प्रेरणाको स्रोत बटुकप्रसाद राजभण्डारी सर थिए । उनले  तिमी एमएड पढेर मात्र नोकरीमा जाऊ भन्नुहुन्थ्यो । त्यसैले केही दिनको जागीरपछि उनले राजीनामा गरे । राजीनामाको खबर विद्यालयमा पुगेपछि उनलाई थाहा भयो कि त्यहाँका विद्यार्थी तथा शिक्षक मलाई कति माया गर्दा रहेछन् । राजीनामा नगर्न शिक्षक, विद्यार्थी तथा अभिभावकको तर्पmबाट धेरै दबाब आएको थियो । तर अगाडिको लक्ष्य उच्चतम शिक्षा हासिल गर्नु थियो, त्यसैले जागीर छोड्नुप¥यो ।
    विसं २०३० सालमा ताप्लेजुङ्गमा अस्थायी मावि निरीक्षकमा नियुक्ति हुँदा पाँच दिन हिंडेर गएका थिए । तलब थियो पाँच सय सत्तरी रुपैयाँ । विसं २०३२ सालमा बारा जिल्लामा समान पदमा उनको सरुवा भयो । बारामा आएपछि सोही सालको असार १६ गते उनको विवाह भयो । दुई वर्षपछि विसं २०३४ सालमा उनले राजीनामा दिए । लगत्तै ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा अङ्ग्रेजी विषयको लागि प्राध्यापकमा नियुक्ति पाए । २०३९ सालसम्म ठाकुर राम क्याम्पसमा पढाए । विसं २०४० सालमा उनी स्थाय माध्यमिक विद्यालय निरीक्षकमा बहाली भए ।
रु एक हजारको तलबसहित विराटनगरमा पद स्थापित भयो । विराटनगरमा कानून विषयको क्याम्पस भर्खरै सञ्चालनमा आएको थियो । उनलाई त्यहाँ अङ्ग्रेजी विषयको अध्यापनको लागि प्रस्ताव आयो । सरकारीस्तरबाट अनुमति लिएर रु एक हजार २५ तलबका साथ कार्यालय समयबाहेक केही दिन अध्यापनको काम गरे । सप्तरीमैं हुँदा एमएड पढ्न इङ्गल्यान्ड गएका थिए । इङ्गल्यान्डबाट फर्केपछि विसं २०४८ सालमा पर्सा जिल्लामा कामु जिल्ला शिक्षा अधिकारी भएर आए ।  केही वर्ष काम गरेपछि सिरहा जिल्ला सरुवा भयो । विसं २०५३ सालमा सिरहाबाट जिल्ला शिक्षा अधिकारी भएर बारा जिल्ला आए । बारा जिल्लाबाट पद बढुवा भएर सुर्खेत शिक्षा निर्देशनालयमा उपनिर्देशक भएर सरुवा भए । धनुषा, सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा काम गरे । शिक्षा विभाग काठमाडौंमा काम गर्दै स्वेच्छिक अवकाश लिएर युनेस्कोमा काम गर्न थाले ।
बिर्सन नसकिने पल ः
    आइएडको अन्तिम परीक्षा दिन काठमाडौं गएको बेलाको रोचक र मर्मस्पर्शी प्रसङ्ग उनले सुनाए । सीमित पैसा लिएर परीक्षा दिन काठमाडौं गएका थिए । परीक्षा सक्यो । भोलि फर्किनु थियो । थाहा भयो कि बाढी पहिरोले बाटो अवरुद्ध भएको छ । आपूmसहित वीरगंजलगायतका तराई क्षेत्रबाट आएका परीक्षार्थीहरूको पैसा सकियो । बिजोग भयो । जेनतेन गरेर आर्थिक खर्च दुई दिनसम्म धान्न सकिने अवस्था थियो । पाउरोटी र बिस्कुट किन्न सक्नेभन्दा बढी पैसा कसैसँग बचेको थिएन । हामीले हिंडेर जाने सल्लाह ग¥यौं । एकाबिहानै काठमाडौंबाट हिंड्यौं । काठमाडौंबाट मकवानपुरको भैंसेसम्म हिंडेर आइपुग्दा सास लिनेसम्मको मात्र ज्यान बचेको थियो । आँखाअगाडि अँध्यारो छाएको थियो । शरीर सुन्नेको जस्तो भएको थियो । बिस्कुट, पाउरोटी र खोलाको पानी खाएपछि थोरै भएपनि राहत महसूस भयो । साँझ परिसकेको थियो । वीरगंज कसरी पुगिएला भन्ने चिन्ताले पिरोलिरहेको थियो । दामनतिरबाट एउटा ट्रक आइरहेको हामीले देख्यौं । ट्रक रोक्नलाई हात हल्लाउँदै बाटोमैं उभिरह्यौं । ट्रक रोक्नेबित्तिकै हामीहरूले अभिभावकलाई समस्या सुनाएजस्तै चालकसित आप्mना पीडा र व्यथा सुनाउन थाल्यौं । ट्रकचालकले हुँदैन भन्यो । चालकको जवाफपछि हाम्रो पसिना छुट्न थालेको थियो । चालकले गाडी स्टार्ट गर्नै लाग्दा हामी जो जहाँ थियौं, शारीरिक वेदनाले थचक्क बस्यौं । एकछिनको लागि सन्नाटायुक्त माहोल भयो । आँखा बन्द भयो । हामी तनावमा छँदा सन्नाटालाई चिर्दै एकछिनपछि सानो ध्वनि कानभित्र पस्यो– ओए, केटाहरू छिटो आइज । सपनाजस्तै लागे पनि आँखा खोलेर हेर्दा उही ट्रक करीब पाँच सय मिटर पर रोकिरहेको थियो । र, सहचालक ठूलो स्वरमा चिच्याउँदै हामीलाई बोलाइरहेको थियो । हामीसँग खुशीको सिमाना थिएन । ट्रकमा बोल्डर लोड थियो सोहीमाथि हामी बस्यौं । हेटौंडासम्म जाने होला भनी मनमा लागेको थियो । तर हेटौंडामा गाडी रोकिएन । सरासर गाडी गुडिरहेको थियो । पछि सहचालकले भन्यो तिमीहरू वीरगंजसम्म पुग्छौ, चिन्ता न गर । हामीहरू कति खुशी भयौं बयान गरेर साध्य छैन ।
    विसं २०३२ सालमा विवाह हुँदा उनी २४ वर्षका र दुलही सुधा सिंह १४ वर्षकी थिइन् । विसं २०३७ मङ्सिरमा पहिलो सन्तानको रूपमा प्रतिभा सिंहको जन्म भएको थियो । पत्नी सुधा सिंह गर्भवती हुँदा १० महीनादेखि माइतीघरमा थिइन् । छोरीको जन्म भएको तीन महीनापछि उनले जानकारी पाएका थिए । आज जस्तो सञ्चारको साधन उतिबेला थिएन । छोरी जन्मेको भोलिपल्ट ससुरालीबाट हुलाकद्वारा पठाइएको चिठी तीन महीनापछि उनले पाएका थिए । सोही खुशीको अवसरमा विवाहपछि पहिलोपटक द्रोणराज शर्मा, भागवत कुशवाहा, कमलनारायणलगायत पाँचजना साथीसँग ससुराली गएका थिए । मिथिलाञ्चलको रिवाज अनुसार पहिलोपटक ज्वाइँ ससुराली आउँदा एक महीना बस्नुपर्ने नियम सरकारी जिम्मेवारीमा रहेकाले उनले पालना गर्न सकेनन् ।
आप्mनै माटो सबैभन्दा प्यारो ः
    तत्कालीन इङ्गल्यान्ड सरकारले सोही देशको नागरिक हुने गरी उनलाई काम गर्न र अध्ययन गर्नको लागि तत्कालीन सरकारसँग अनुमति माग गरेको थियो । तत्कालीन सरकारले अस्वीकार गरिदिएको थियो । इङ्गल्यान्ड सरकारले प्रदान गर्न लागेको उक्त अवसर उनले स्वयम् पनि अस्वीकार गरिदिएका थिए । आप्mनै देशको सेवा गर्न अन्तरात्माले पनि स्वीकारेको थियो । आप्mनो धर्ती र माटो सबैभन्दा प्यारो लाग्छ । जहाँ जन्मे र हुर्के त्योभन्दा आप्mनोपन अन्त कतै महसूस हुन सक्दैन ।
जीवनको सबैभन्दा पीडादायी क्षण ः 
    जीवनको सबैभन्दा दुःखद क्षणबारे उनले सुनाए । ठूलो दाजु परिवारको खम्बा सरह थिए । बुबापछि भाइबहिनीहरूको अभिभावक उनी नै थिए । कुनै समस्या आइपर्दा ‘हरेस नखानु, समाधान हुन्छ’ भन्थे उनको दाजुले । दाजु रामचन्द्र सिंह सख्त बिरामी भई आँखा गुम्दा मन अतिशय दुःखित भएको दुःखेसो सुनाउँदै गर्दा उनको आँखा रसाएको थियो । आँखाको ज्योति पैसा खर्च गरेर पनि फर्किने अवस्था थिएन ।
शिक्षा क्षेत्रमा गरेको पहल ः
    सन् १९९९ मा शिक्षा विभाग स्थापना भएको थियो । नयाँ शिक्षा योजना लागू गर्न सन् १९९९ नोभेम्बरमा ‘सबैको लागि शिक्षा’को सन्दर्भमा मिटिङ बस्यो । उनी पनि सहभागी थिए । सबै अधिकारीले आआप्mनो धारणा प्रस्तुत गरेका थिए । उनले पनि आप्mनो धारणा प्रस्तुत गर्दै विद्यालय विकासको लागि ८० प्रतिशत रकम विद्यालयमा जानुपर्छ र बाँकी २० प्रतिशत केन्द्रद्वारा आवश्यकता हेरी खर्च गरिनुपर्छ भने । सोभन्दा पहिले ठीक उल्टो हुन्थ्यो । २० प्रतिशत विद्यालयमा र ८० प्रतिशत केन्द्रको अनुसार खर्च हुन्थ्यो । अन्ततः उनको धारणा सबैलाई राम्रो लग्यो र अघिल्लो आर्थिक वर्षदेखि लागू भयो । जुन आजसम्म निरन्तर चलिरहेको छ ।
आकाङ्क्षा ः
    हिजोको तन्नेरी आज वृद्धावस्थामा आइपुग्दा सन्तानसँग गर्ने अपेक्षा के होला सोध्दा उनले अपेक्षाभन्दा पनि सन्तानहरूको प्रगति र उन्नति होस् भन्ने आकाङ्क्षा रहेको प्रस्ट पारे । वर्तमान समयमा उच्च शिक्षा अध्ययनदेखि लिएर जागीरसम्म घरपायक हुने सम्भावना निकै कम छ । तसर्थ, सन्तानहरू घरभन्दा टाढा बस्नुपर्ने बाध्यता छ । तर आजको आधुनिक युगमा जति टाढा रहे पनि घरपरिवारसँग सम्पर्क गर्न गा¥हो छैन । संसारका सम्पूर्ण सन्तानलाई भन्छु, आमाबुबाको हालखबर बुझिरहनुपर्दछ । फोन सम्पर्क गरिरहनुपर्दछ । चाडबाडमा आइरहनुपर्दछ । त्यतिले पनि वृद्धवृद्धालाई सन्तुष्टि र शक्ति प्राप्त हुँदोरहेछ ।
    

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us