Monday, December 2, 2019

प्राविधिक अभावमा एक्स–रे मेशिन बिग्रिंदै

प्रमोद यादव, पंचगावाँ, १६ मङ्सिर/
    पर्साको धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत ३ वर्षदेखि एक्स–रे मेशिन सञ्चालनमा आउन सकेको छैन ।
    लामो समयदेखि एक्स–रे मेशिन सञ्चालनमा नआउँदा सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।
    सो स्वास्थ्य केन्द्रमा दैनिक दुई/ तीन जना हातखुट्टा भाँचेका बिरामी आउने गरेको तर एक्स–रे मेशिन बिग्रिएको कारण फर्कने गरेको पाइएको छ । लाखौं रुपैयाँ पर्ने सो मेशिन सञ्चालन नहुँदा बिग्रिने अवस्थामा पुगेको छ ।
    प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख नवनीत रौनियारले  एक्स–रे मेशिन सञ्चालन गर्ने कर्मचारीको दरबन्दी रहे पनि कर्मचारी नहुँदा सञ्चालनमा आउन नसकेको बताए ।
    धोबिनी गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जय यादवले दरबन्दी अनुसार कर्मचारी नआउँदासम्म गाउँपालिकाले करारमा कर्मचारी राखेर सेवा सञ्चालन गराउन सक्ने तर यस विषयमा गापा कार्यालय उदासीन देखिएको आरोप लगाए । उनले आपूmले बारम्बार ताकेता गर्दै आएको तर सुनवाइ नगरिएको प्रतिक्रिया दिए । धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले गापाको कार्यपालिकाबाट पहल गरेर एक्स–रे मेशिन सञ्चालनमा ल्याउने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us