Wednesday, December 4, 2019

गढीमाई मेलामा पशुबलि चढ्यो

प्रस, बिरुवागुठी, १८ मङ्सिर/
    पञ्चवर्षीय गढीमाई मेलामा दिइने पशुबलि पर्सा जिल्लाका विभिन्न स्थानमा बुधवार पशुबलि दिइएको छ। हिजो राँगाको बलि दिएका पर्सेली जनताले आज बोका, हाँस, कुखुरा र परेवाको बलि आआप्mनो क्षेत्रमा दिए।
    पर्सागढी नगरपालिका–३ का लक्ष्मण दास थारूले धार्मिक परम्परा अनुसार खोलाको सिमाना बनाएर गढीमाईमा दिइने बलिलाई आप्mनै क्ष्Fेत्रमा दिएको बताए । पर्साको पटेर्वासुगौली गापा, बहुदरमाई नपा, सखुवाप्रसौनी गापा, जीराभवानी गापालगायतका स्थानमा गढीमाईमा दिइने बलि गाउँमैं दिने प्रचलन रहिआएको र त्यसलाई यसपटक पनि निरन्तरता दिइएको छ ।
    मेलामा जान कठिनाइ हुने र त्यहाँ बास बस्न समस्या भएको कारण यहीं बलिलाई निरन्तरता दिंदै आएको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us