Sunday, December 8, 2019

अभिभावकको दृष्टिमा शिक्षा

अनन्तकुमार लाल दास

    कुनै पनि विद्यालयको एक दिनको दैनिकीको कल्पना गर्दा निस्कने विम्बहरूमध्ये एउटा विम्ब अभिभावकको हुन्छ, जो आप्mनो सन्तानलाई विद्यालय पु¥याउन, टिफिनको बेला खाजा खुवाउन, विद्यार्थीको शैक्षिक प्रगतिबारे कुराकानी गर्न वा लिएर जान विद्यालय पुगेका हुन्छन्। के हामीले यस्ता अभिभावकहरूको दृष्टिबाट शैक्षिक सरोकारलाई बुझ्ने प्रयास गरेका छौं ? शिक्षाको कथित उद्देश्यहरू जस्तै सबैको लागि शिक्षा, गुणस्तरीय शिक्षा आदिमा अभिभावकको भूमिकालाई के हामीहरूले चिन्तनमनन गरेका छौं ? के अभिभावकको भूमिका सन्तानलाई विद्यालय पु¥याउनु, लिएर जानु वा ट्यूसन आदिको पूरक सुविधा उपलब्ध गराउनुमा मात्र सीमित रहेको छ वा यसभन्दा पनि बढी सिक्ने–सिकाउने प्रक्रियामा पनि अभिभावकको सक्रिय भागीदारी हुनुपर्छ ? यो आलेख यिनै प्रश्नहरूलाई अभिभावकहरूको दृष्टिकोणबाट बुझ्ने एउटा प्रयास मात्र हो। यस आलेखद्वारा सामाजिक–आर्थिक दृष्टिकोणले पिछडिएका अभिभावकहरूको आप्mनो सन्तानको शिक्षाप्रतिको भूमिका र शैक्षिक प्रक्रियामा उनीहरू कसरी सहभागी हुन्छन् भन्ने पनि बुझ्नु हो।
    अभिभावकहरूको दृष्टिबाट शैक्षिक सरोकारलाई बुझ्नको लागि मैले आप्mनो विद्यालयमा आप्mना सन्तानलाई खाजा खुवाउन आउने आमाहरूको सामाजिक–आर्थिक र शैक्षिक पृष्ठभूमिको जानकारी हासिल गर्ने प्रयास गरें। एउटी महिलालाई छोडेर अन्य सबै महिलाहरूको उच्चतम शैक्षिकस्तर कक्षा १० सम्म मात्र पाएँ। यस शैक्षिकस्तरले के प्रश्न उब्जायो भने उनीहरूको अनुभव शिक्षाप्रति कस्तो रहेको छ ? उनीहरूले आप्mनो विचार यस प्रकार व्यक्त गरेका छन्।
    एउटी गाउँले अभिभावकले यसरी आप्mनो भावना व्यक्त गरिन्, “मेरो बुबाको इच्छा म पढूँ भन्ने थियो। म पढ्नमा राम्रो पनि थिएँ तर एसएलसी परीक्षामा पास हुन सकिनँ। गणित र अङ्ग्रेजीमा फेल भएँ। यदि ट्यूसन गरेको भए पास हुन सक्थें। त्यसबेला शिक्षकहरू पनि पढाउन आउँदैनथे। आपैंm पढेर जे गर्न सक्थें गरें।”
    अर्का एक अभिभावकले भनिन्, “आठ कक्षासम्म विद्यालय गएँ। त्यसपछि आप्mनो अङ्कलसँग भरतपुर गएँ । त्यहाँ विद्यालय जान बन्द भयो तर जहाँ बस्थें, त्यहाँ मैले जति कुरो सिकें, त्यो विद्यालय जानुभन्दा पनि बढी थियो। त्यसपछि मेरो बिहे भयो र म वीरगंज आएँ।”
    तेस्रो अभिभावकले भनिन्, “हाम्रो गाउँमा त विद्यालयको आतङ्क थियो। काम नगरेपछि पिटाइ खानुपथ्र्यो। काम नगरेको बेला हामी विद्यालय नै जाँदैनथियौं। कहिलेकाहीं घरको काम गर्दागर्दै ढिलो भइहाल्थ्यो।”
    चौथोले भनिन्, “त्यसबेला हाम्रो गाउँमा एसएलसीमा दुई/चार जना मात्र पास हुने गर्थे। म एसएलसीमा हुँदा कोही पनि पास भएनन्।”
    यस प्रकारका अभिव्यक्तिले अभिभावक स्वयम्को शैक्षिक अनुभव, पारिवारिक चुनौती, विद्यालयप्रतिको नकारात्मक अनुभव उजागर भयो। अभिभावकको यिनै अनुभवबाट शिक्षासम्बन्धी उनीहरूको दृष्टिकोणको विकास हुन्छ। उनीहरूले भन्ने गरेका छन्, “हामी आप्mनो सन्तानको जीवन हामीभन्दा राम्रो बनाउनका लागि नै तपाईंको स्कूललाई रोजेका हौं।” केही अभिभावकहरूले के पनि भन्ने गरेका छन् भने हामी गाउँबाट वीरगंज यस कारणले आएका हौं कि हाम्रो सन्तानले राम्रो शिक्षा हासिल गर्न सकून्। यसले सन्तानको शिक्षाबारे निर्णय लिंदा उनीहरूको अनुभवले सघाउ गरेको देखाउँछ। अभिभावकहरूले के पनि भन्ने गरेका छन् भने उनीहरू शिक्षकहरूसँग कसरी कुरा गर्ने सम्बन्धमा स्पष्ट नभएको कारण सन्तान पढ्ने विद्यालय जान चाहँदैनन् । अभिभावकको यस कथन “हामीलाई अङ्ग्रेजी आउँदैन कसरी उनीहरूले भनेको कुरा बुझ्ने”बाट के स्पष्ट हुन्छ भने कमजोर शैक्षिक पृष्ठभूमिको हीनताबोधले उनीहरूको शैक्षिक प्रक्रियामा भागीदारीलाई कमजोर बनाइराखेको भए तापनि यसको क्षतिपूर्ति र उत्तरोत्तर विकासका लागि शिक्षालाई नै माध्यमको रूपमा रोज्छन्।
    यस शोधबाट मैले के महसूस गरेको छु भने सामाजिक–आर्थिक दृष्टिले पिछडिएका अभिभावकहरूले पनि शिक्षालाई सामाजिक गतिशीलता र आर्थिक सफलताको आधार मान्छन्। यसबाहेक अभिभावकले के पनि ठान्छन् भने शिक्षाले केटाकेटीहरूको भविष्य निर्माणमा सघाऊ पु¥याउँछ र उनीहरूको जीवनलाई सार्थक बनाउँछ। सार्थक जीवनको व्याख्या गर्दै उनीहरूले भन्छन्, “सन्तानले समाजमा सम्मान र पहिचान पाउँछन्, कसैसँग पनि उठबस र कुरा गर्न सक्छन्। यस शोधकार्यमा अभिभावकहरूको के पनि भनाइ थियो भने उनीहरूको सन्तानले पढाइ सँगसँगै केही “सीप” पनि हासिल गरून्, जसबाट भविष्यमा आत्मनिर्भर भई केही “कमाइ” गरेर घर चलाउन सकून्। उनीहरूको के पनि भनाइ थियो भने सीप हासिल भएपछि स्वयम् रोजगार गर्न सक्षम हुन्छन् र यसमा बढी पूँजीको पनि आवश्यकता पर्दैन। यसको साथसाथै अभिभावकहरूले माथिल्लो कक्षामा भर्ना, जागीरको लागि प्रतियोगिता परीक्षामा सफल हुन र असल जीवनमा आउने समस्याको समाधानका लागि वर्तमान समयमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा बढी ध्यान दिनुपर्ने कुरामाथि पनि जोड दिएका थिए।
    अभिभावकहरूले घरमा उनीहरूको भूमिका र विद्यालयमा शिक्षकहरूको भूमिका महŒवपूर्ण रहेको बताए। जस अनुसार नैतिक ज्ञान, धार्मिक ज्ञान र दुनियाँदारीको ज्ञान उनीहरूले दिनेछन् भने विद्यार्थीहरूको बौद्धिक विस्तार, व्यावहारिक ज्ञान र सफल कसरी हुनेसम्बन्धी ज्ञान शिक्षकहरूले दिनुपर्ने बताए। यसको साथसाथै सन्तानका लागि उनीहरूले जे गर्न सक्छन्, गरिराखेको तर सही बाटो देखाउने काम, व्यक्तित्व र चरित्र निर्माण गर्ने काम शिक्षकहरूले गर्नुपर्ने उनीहरूले स्पष्ट पारे। उनीहरूको दृष्टिमा शिक्षकहरू अभिभावक सरह नै हुन्छन् भन्ने धारणा पनि उनीहरूले प्रकट गरे। कसरी एउटा शिक्षकले उनीहरूको जीवनलाई प्रभावित ग¥यो भन्ने सन्दर्भ पनि कुराकानीको क्रममा जोडे। शिक्षकहरूमध्ये पनि कक्षा शिक्षकको दायित्व सन्तानको चौतर्फी विकासमा बढी रहेको उनीहरूले बताए किनभने उनीहरूले कक्षाध्यापक विद्यालय प्रशासन र अभिभावकबीच मध्यस्थकर्ताको भूमिकामा हुने स्पष्ट गरे। यस कुराले शिक्षणमा अभिभावकको अप्रत्यक्ष सक्रियता मात्र सीमित रहेको पाइन्छ।
    यहाँ अर्को प्रश्न के उठ्छ भने अभिभावक र विद्यालयबीचको सम्बन्ध कस्तो रहेको छ ? यस सन्दर्भमा एक अभिभावकका अनुसार “हामी स्कूल आउनुको एउटा फाइदा के छ भने केटाकेटी र शिक्षकहरू दुवै सतर्क हुन्छन् । केटाकेटीलाई पनि के डर रहन्छ भने यदि हामीले केही गल्ती ग¥यौं भने मम्मीलाई थाहा हुन्छ। यस डरले पनि उनीहरू गल्ती गर्दैनन् र पढाइमा ध्यान दिन्छन्।” अर्का एकजनाले भनिन्, “हामी आएर पनि के हुन्छ ? शिक्षक र विद्यालयले हाम्रो कुनै कुरामाथि ध्यान दिंदैनन्। मात्र टाउको हल्लाएर पठाइदिन्छन्।” विद्यालयहरूले अभिभावकको कुरामाथि ध्यान दिने दावा गर्छन् भने अभिभावकहरूले उनीहरूको कुरा विद्यालयले सुन्दैनन् भन्ने बताउँछन् । यसले अभिभावक र विद्यालयबीच दूरी बढ्दै गएको सङ्केत गर्छ। यसबाट के स्पष्ट हुन्छ भने एउटा सूक्ष्म समाजको रूपमा विद्यालयको संस्कृति त्यस संस्कृतिबाट टाढिंदै गएको छ, जहाँबाट विद्यार्थी आउँछन्।
    अभिभावक स्वयम्को दैनिकी नेपाली परिवेशमा यति जटिल छ कि विद्यालयले छलफलका लागि बोलाए पनि उनीहरू त्यहाँ उपस्थित हुँदैनन्। अर्कोतिर म विद्यालय पुग्दा अभिभावकहरू पिउन, कार्यालय स्टाफसँग कुराकानी गरेर समय बचेको खण्डमा मात्र शिक्षकहरूसँग कुराकानी गरेको पाएको छु। विद्यार्थीहरू पढ्ने–लेख्ने काम विद्यालयमा गर्छन् र त्यसको अभ्यास मात्र घरमा गर्ने गरेको अभिभावकहरूले बताउँछन्। यस कार्यमा उनीहरूको भूमिका सम्बन्धमा कुरा गर्दा “ट्यूसन लगाइदिएको छु” भन्ने गर्छन्। केटाकेटीहरू विद्यालयबाट घर फर्केपछि त्यसको निरन्तरता रहिरहोस् भन्ने कुरामा अभिभावकहरूले ध्यान पु¥याएको देखिन्छ तर उनीहरूसँग समय बिताउने कुरामा व्यवसाय र जागीरको प्रकृति, वर्तमान शिक्षा र उनीहरूले पढेको कुराबीच तालमेल नहुनुलाई स्वीकार्छन् र यसको विकल्प “ट्यूटर”मा हेर्छन्, जसलाई केही रकम दिएर केटाकेटीहरूको पढाइलाई निरन्तरता दिने चाहना राख्छन् । यस्ता ट्यूटरहरूले अभिभावकको पूरक भूमिका निभाउने गर्छन्। यस्ता ट्यूटरहरूमा छरछिमेकमा क्याम्पस पढ्ने विद्यार्थीहरू बढी हुने गर्छन् । ट्यूटरको भूमिकालाई बुझ्नको लागि एउटा अभिभावकको यो भनाइ नै पर्याप्त छ– “न त हामीसँग आप्mनो सन्तानलाई दिने समय नै छ, न त उनीहरूलाई कसरी सहयोग गर्ने नै थाहा छ। यस कारण उनीहरूले आप्mनो गृहकार्य पूरा गरून् भन्नको लागि ट्यूसन पढाउनुपर्छ।” यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने कुराकानीको केन्द्रमा “गृहकार्य” मात्र छ, पढाइ होइन किनभने उनीहरू सधैं बढी गृहकार्य दिने कुरा गर्छन्।
    यस संक्षिप्त विवेचनाले के दर्शाउँछ भने सन्तानको शिक्षामा अभिभावकहरू सक्रियरूपले संलग्न छन्। उनीहरूको भूमिका स्वयम्को सामाजिक–आर्थिक स्थिति, विद्यालयको अनुभव, विद्यालयसँगको निकटता, ट्यूटरको सुझाव र सहयोग, विद्यालयको उनीहरूप्रतिको दृष्टिकोणमाथि निर्भर छ र यसले नै महŒवपूर्ण भूमिका निर्वाह गर्छ। यसले के पनि प्रमाणित गर्छ भने परिवारमा हुने अन्तत्र्रिmया सिक्ने स्रोत हो। यसको समानान्तर के प्रश्न खडा हुन्छ भने यस संसाधनको उपयोग सिक्ने–सिकाउने प्रक्रियामा कसरी गर्ने ? कसरी अभिभावकको दृष्टिले उनीहरूको शैक्षिक अपेक्षालाई बुझ्न सकिन्छ ? विद्यालयको शैक्षिक प्रक्रियामा उनीहरूको भागीदारीलाई कसरी सुनिश्चित गरी विद्यालय र अभिभावकबीचको बढ्दो दूरीलाई कम गर्न सकिन्छ ? यी सबै प्रश्नहरूको जवाफ वास्तविक शिक्षण अभ्यासको माध्यमले विद्यार्थीहरूको परिवेशसँग हामीलाई जोड्नमा मदत गर्छ । यसले एउटा यस्तो माध्यम तयार गर्छ, जसले विद्यार्थीहरूको दैनिक अनुभव र छलफललाई कक्षाकोठामा हुने शिक्षण प्रक्रियाको अङ्ग बनाउन सकिन्छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us