Thursday, December 12, 2019

सडक निर्माणमा केन्द्रित होऔं

    कुनै पनि मुलुकको समग्र विकासको महŒवपूर्ण पूर्वाधारमध्ये सडक प्रमुख हो । सडक यस अर्थमा प्रमुख हो कि, जहाँ हवाई सेवा वा रोपवे अर्थात् केबल यातायातको अभाव छ । एक ठाउँको व्यक्ति सजिलै अर्को स्थानमा पुग्न सक्ने र एक स्थानको सामान सहजरूपमा अर्को स्थानमा पु¥याउन सकिएमा उपभोक्ता, उत्पादक एवं खरीद तथा बिक्री कर्ता सबैलाई सहज हुन्छ । त्यतिमात्रै होइन, सडक सुविधाले सर्वसाधारणका लागि स्वास्थ्य र शिक्षामा सहज पहुँच हुन्छ । किसानको जीवनस्तर उकासिनका लागि सडक चाहिन्छ । किसानको कृषि उपजले सहजरूपमा बजारसम्म पुग्न सके मात्रै सही मूल्य पाउन सक्छ । हामीसँग उर्वराभूमि प्रशस्तै छ । जलवायु तथा माटोको किसिम अनुसार कतै धान फल्छ भने कतै कोदो र जौं, त्यसैगरी कतै सुपारी, स्याउ, सुन्तला त कतै फापर र कफी खेती फस्टाउन सक्छ । यस्ता उब्जाउ भूमिहरू सडक अभावका कारण बाँझो परिरहेका छन् ।
    पछिल्लो संरचना अनुसार मुलुकका ७५३ वटा स्थानीय तहमध्ये ३६८ वटा स्थानीय तहको सेवा केन्द्रसम्म अभैm पनि सडक पुग्न सकेको छैन । समग्रमा मुलुकको ५० प्रतिशत स्थानीय तह सडक सेवाबाट वञ्चित देखिन्छ । स्थानीय तह आपैंmमा एउटा सत्ता हो र यसको क्षेत्र पनि हिजोको विकास समितिभन्दा निकै ठूलो छ । यति ठूलो क्षेत्र सडकबाट वञ्चित रहँदा त्यस क्षेत्रका बासिन्दाको दैनिकी कसरी बितिरहेको होला, सहज अनुमान गर्न सकिन्छ । हाम्रो मुलुकमा अभैm पनि घोडा, खच्चडलगायतका जनावर र भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने बाध्यताको अन्त भएको छैन । यातायातको अभावमा उक्त क्षेत्रका बासिन्दाहरू अन्यत्र बसाइँ सर्नेक्रम बढ्दो छ । मानव बसोबास नरहने भएपछि त्यहाँका जग्गा जमीनको पनि उपयोग भएन । मुलुकको हिमालदेखि तराईसम्म सम्भावनाहरू प्रशस्तै छन् । हिमालमा हुन सक्ने उत्पादन तथा व्यवसाय तराईमा हुँदैन । तराईमा फस्टाउन सक्ने उत्पादन तथा व्यवसाय हिमाल, पहाडमा हुन सक्दैन, फरक यति हो । सडक अभावका कारण सम्भावनाहरू शून्यमा छन् । मुस्ताङमा स्याउ एक रुपैयाँ किलोमा फालाफाल हुँदा वीरगंजमा सय रुपैयाँ किलो बाहिरको स्याउ बिक्री भइरहेको हुन्छ । सर्लाहीको गोलभेंडा बजार अभावमा पाकेर खेतमा झरिरहँदा मुलुकका हिमाल, पहाडका बासिन्दा विदेशी टमाटो पाउडर उपभोग गरिरहेका हुन्छन् । यो अवस्थामा मुलुकका किसान र उपभोक्ता दुवै पक्ष घाटामा, विदेशी उत्पादक भने फाइदामा देखिन्छ । यी सबै कुराको कारक तŒव भनेको सडक अभाव नै हो ।
    हाम्रो मुुलुकमा सडक निर्माण शुरू भएको सात दशक नाघिसकेको छ । विसं २००७ ताका मुलुकमा सबै किसिमका गरी कुल ३७६ किमि सडक रहेको अभिलेख छ । आव २०७४/०७५ सम्म आइपुग्दा सबै खाले गरी करीब ५९ हजार किमि सडक थियो । चालू आव २०७६/०७७ मा आइपुग्दा करीब ८० हजार किमि सडक निर्माण भइसकेको छ । कुनै पनि किसिमको सडक नपुगेको ३६८ वटा स्थानीय तहको सेवा केन्द्रसम्म सडक पुग्न ४ हजार २०० किमि सडक थप चाहिन्छ । पछिल्लो प्रगति हेर्दा यसको ट्र्याक खोल्न एक वर्षको अवधि नलाग्ने देखिन्छ । पछिल्लोपटक कालोपत्रे पनि वार्षिक १.६ हजार किमिको दरले भएको छ । विलम्ब गरे पनि ४ वर्षभित्र सबै स्थानीय तहसम्म कालोपत्रे सडक पु¥याउन सकिन्छ । तर यसको लागि तीनै तहका सरकारले समन्वय गरेर प्रतिबद्धताका साथ लाग्नुपर्छ । गरे हुने रहेछ भन्ने उत्साह पछिल्लो प्रगतिले देखाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us