Monday, December 9, 2019

मुआवजाको माग गर्दै पाँचौं दिन चक्काजाम

प्रस, परवानीपुर, २३ मङ्सिर/
    वीरगंज–२५ श्रीसियावासीले सोमवार पाँचौं दिन पनि धर्ना तथा विरोध कार्यक्रम जारी राखेका छन् ।
    मुआवजाविरुद्ध आन्दोलनमा उत्रेका श्रीसियावासीले आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म श्रीसिया सुक्खा बन्दरगाहको मूलगेटमा धर्ना दिई चक्काजाम गरेका हुन् ।
    जग्गा अधिग्रहणविरुद्ध सङ्घर्ष माग पूरा नहुन्जेलसम्म जारी रहने समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरुवा भएर चितवन जानेबेलामा गरेको निर्णय मान्य नहुने कुर्मीले बताए । उनले मुआवजाको निर्णय सच्याउनैपर्ने अडान दो¥याए । नयाँ प्रजिअ जितेन्द्र बस्नेत आजै वीरगंज आएकाले सङ्घर्ष समितिले बुधवार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको समितिका अध्यक्ष कुर्मीले बताए ।
    ड्राइपोर्ट र आइसिपी विस्तारको लागि ६२ बिघा जग्गा अधिग्रहण गर्दा तीन प्रकारले जग्गाको वर्ग छुट्याइ कट्ठाको २ करोडदेखि ३ करोड रुपैयाँसम्म मुआवजा तोकिनुपर्ने आन्दोलनकारीहरूको माग छ भने मुआवजा समितिले कट्ठाको २४ लाखदेखि ६७ लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us