Saturday, December 7, 2019

ब्रह्मचर्य

    ब्रह्मचर्यको यौगिक अर्थ हो ब्रह्माको प्राप्तिको लागि वेदहरूको अध्ययन गर्नु । प्राचीनकालमा छात्रगण ब्रह्माको प्राप्तिको लागि गुरुकहाँ रहेर सावधानीका साथ वीर्यको रक्ष्Fा गर्दै वेदाध्ययन गर्दथे । यसैले बिस्तारै–बिस्तारै ‘ब्रह्मचर्य’ शब्द वीर्यरक्षाको अर्थमा रूढ भयो । वीर्यरक्ष्Fा नै जीवन हो र वीर्यको नाश नै मृत्यु हो । वीर्यरक्ष्Fाको प्रभावबाट नै प्राचीनकालका व्यक्ति दीर्घजीवी, निरोग, हृष्टपुष्ट, बलवान्, बुद्धिमान्, तेजस्वी, शूरवीर र दृढसङ्कल्प हुन्थे । वीर्यरक्षाको कारण नै उनीहरू शीत, आतप, वर्षा आदिलाई सहेर नाना प्रकारका तप गर्नमा समर्थ हुन्थे । ब्रह्मचर्यको बलबाट नै उनीहरू प्राणवायुलाई रोकेर शरीर र मनको शुद्धिद्वारा नाना प्रकारका योगसाधनामा सफलता प्राप्त गर्दथे । ब्रह्मचर्यको बलबाट नै उनीहरू थोरै समयमा नाना प्रकारका विद्या सिकेर आप्mनो ज्ञानद्वारा आप्mनो र जगत्को लौकिक एवं पारमार्थिक दुवै प्रकारको कल्याण गर्नमा समर्थ हुन्थे । शरीरमा सार वस्तु नै वीर्य हो । यसैको नाशबाट आज हाम्रो देश रसातलमा पुगेको छ । ब्रह्मचर्यको नाशको कारण नै आज  हामी नाना प्रकारका रोगको शिकार भइरहेका छौं, थोरै अवस्थामा कालको गालमा जाँदैछौं । यसैले आज हामी आप्mनो बल, तेज, वीरता र आत्मसम्मानलाई गुमाएर पराधीनताको साङ्लोमा जकडिएका छौं र जुन हाम्रो क्षेत्र कुनै समय विश्वको सभ्यताको उद्गमस्थान बनेको थियो, त्यही आज अरूद्वारा लाञ्छित र पददलित भइरहेका छौं । विद्या–बुद्धि, बल–वीर्य, कला–कौशल सबैमा आज हामी पिछडिएका छौं । यसको कारण आज हामी चरित्रबाट खसेका छौं । सारांश यो हो कि कुनै पनि कुरालाई लिएर आज हामी संसारको अगाडि आप्mनो मस्तक उठाउन सक्दैनौं । वीर्यको नाश नै हाम्रFे यस खसेको दशाको प्रधान कारण हो । वीर्यको नाशबाट शरीर, बल, तेज, बुद्धि, धन, मान, लोक, परलोक– सबैको हानि हुन्छ । परमात्माप्राप्ति त वीर्यको रक्ष्Fा नगर्नेहरूबाट कोसौं टाढा रहन्छ ।
    ब्रह्मचर्यविना कुनै पनि कार्य सिद्ध हुँदैन । रोगबाट मुक्त हुनको लागि, स्वास्थ्यलाभको लागि, बलबुद्धिको विकासको लागि, विद्याभ्यासको लागि तथा योगाभ्यासको लागि पनि ब्रह्मचर्यको निकै आवश्यकता हुन्छ । उत्तम सन्तानप्राप्ति, स्वर्गप्राप्ति, सिद्धिप्राप्ति, अन्तःकरणको शुद्धि तथा परमात्माको प्राप्ति– सबैथोक ब्रह्मचर्यबाट सम्भव छ र ब्रह्मचर्यविना केही पनि हुन सक्दैन । साङ्ख्ययोग, ज्ञानयोग, भक्तियोग, राजयोग, हठयोग– सबै साधनमा ब्रह्मचर्यको आवश्यकता हुन्छ । अतः लोक–परलोकमा आप्mनो हित चाहनेले ठूलो सावधानी एवं तत्परताको साथ वीर्यरक्षाको चेष्टा गर्नुपर्छ ।
    सबै प्रकारका मैथुनलाई त्याग गर्नु नै ब्रह्मचर्य हो । मैथुनका निम्नलिखित प्रकार शास्त्रमा भनिएको छ–
    (१) स्मरण– कुनै सुन्दर युवती स्त्रीको रूप–लावण्य अथवा हाव, भाव, कटाक्ष एवं शृङ्गारको स्मरण गर्नु, कुत्सित पुरुषको कुत्सित क्रिया स्मरण गर्नु, आपूmद्वारा पहिले घटेको मैथुन आदि क्रियाको स्मरण गर्नु, भविष्यमा कुनै स्त्रीसँग मैथुन गर्ने सङ्कल्प अथवा भावना गर्नु, माला, चन्दन, इत्र, फुलेल, लेवेन्डर आदि कामोद्दीपक एवं शृङ्गार पदार्थको स्मरण गर्नु, पहिले हेरेको कुनै सुन्दर स्त्री अथवा बालकको चित्र अथवा फोहर चित्रको स्मरण गर्नु– यी सबै मानसिक मैथुन अन्तर्गत हुन्छन् । यसबाट वीर्य प्रत्यक्ष वा अप्रत्यक्ष नाश हुन्छ र मनमा नराम्रFे प्रभाव पर्छ । मन खराब भएपछि पछि गएर त्यस्तै क्रिया पनि घट्न सक्छ । यसैले सर्वाङ्गमा ब्रह्मचर्यको पालन गर्नेले उक्त सबै प्रकारका मैथुनलाई त्याग्नुपर्छ, जसबाट मनमा कामोद्दीपन हुन्छ, यस्ता कुनै सङ्कल्प गर्नुहुँदैन र यदि हुन्छ भने तत्काल त्यसको विवेक र विचारद्वारा त्याग गर्नुपर्छ ।
    (२) श्रवण– फोहर तथा कामोद्दीपक एवं शृङ्गार रसको गीत सुन्नु, शृङ्गार रसको गद्य–पद्यात्मक वर्णन सुन्नु, स्त्रीहरूको रूप–लावण्य तथा अङ्गको वर्णन सुन्नु, उनीहरूको हाउभाउ, कटाक्षको वर्णन सुन्नु, कामविषयक कुरा सुन्नु– यी सबै श्रवणरूप मैथुन अन्तर्गत हुन् । ब्रह्मचारीले उक्त सबै प्रकारका श्रवण त्याग गर्नुपर्छ ।
    (३) कीर्तन– अश्लील कुराको कथन, शृङ्गार रसको वर्णन, स्त्रीहरूको रूप–लावण्य, यौवन एवं शृङ्गारको प्रशंसा तथा उनीहरूको हाउभाउ, कटाक्ष आदिको वर्णन, विलासिताको वर्णन, कामोद्दीपक अथवा फोहर गीत गाउनु तथा यस्ता साहित्य पढ्नु र अरूलाई सुनाउनु तथा कथा आदिमा यस्ता प्रसङ्गलाई विस्तारले बताउनु– यी सबै कीर्तनरूप मैथुन अन्तर्गत हो । ब्रह्मचारीले यी सबै त्याग गर्नुपर्छ ।
    (४) प्रेक्षण– स्त्रीहरूको रूप–लावण्य, शृङ्गार तथा उनीहरूको अङ्गको रचना हेर्नु, कुनै सुन्दर स्त्री अथवा सुन्दर बालकको चित्र हेर्नु, शृङ्गार रसको नाटक–सिनेमा हेर्नु, कामोद्दीपक वस्तु तथा सजावटको सामान हेर्नु, दर्पण आदिमा आप्mनो रूप तथा शृङ्गार हेर्नु– यी सबै प्रेक्षणरूप मैथुन अन्तर्गत हुन्छ । ब्रह्मचारीले जानीबुझीकन यी वस्तु हेर्नुहुँदैन । यदि भूलवश यसमाथि दृष्टि प¥यो भने यसलाई स्वप्नवत्, मायामय, नाशवान् एवं दुःखरूप सम्झिएर तुरुन्त यसबाट दृष्टि हटाउनुपर्छ ।
    (५) केलि– स्त्रीहरूसँग ख्याल ठट्टा गर्ने, नाचगान, आमोद–प्रमोदको लागि क्लब आदिमा जानु, जलविहार, फागु खेल्नु, फोहर चेष्टा गर्ने, यी सबै केलिरूप मैथुन अन्तर्गत पर्छ । ब्रह्मचारीले यसको सर्वथा त्याग गर्नुपर्छ ।
    (६) शृङ्गार– आपूm सुन्दर देखिन कपाल कोर्ने, काइँयो लगाउने, काकुल राख्ने, शरीरमा वस्त्राभूषणादिले सजाउने, इत्र, पूmलेल आदिको व्यवहार गर्ने, पूmलको माला धारण गर्ने, अङ्गराग लगाउनु, सुरमा लगाउने, उबटन गर्ने, साबुन, तेल लगाउने, पाउडर घस्ने, दाँतमा मिस्सी लगाउने, दाँतमा सुन जड्ने, शोखको लागि विनाआवश्यकता चश्मा लगाउनु, ओठ रातो गर्न पान खानु– यी सबै शृङ्गार अन्तर्गत हो । अरूको चित्तलाई आकर्षित गर्ने उद्देश्यले गरिएका यी सबै प्रकारका शृङ्गार कामोद्दीपक, अतएव मैथुनको अङ्ग भएको कारण ब्रह्मचारीको लागि सर्वथा त्याज्य हो । कुमारी कन्या, बालक, विधुवा, संन्यासी एवं वानप्रस्थहरूले उक्त सबै प्रकारका शृङ्गारबाट सदैव जोगिनुपर्छ । विवाहित स्त्री–पुरुषले पनि ऋतुकालमा सहवासको समयको अतिरिक्त अरू समयमा यी सबै शृङ्गारबाट यथासम्भव जोगिनुपर्छ ।
    (७) गुह्यभाषण– स्त्रीहरूसँग एकान्तमा अश्लील कुरा गर्ने, उनीहरूको रूप–लावण्य, यौवन एवं शृङ्गारको प्रशंसा गर्नु, हाँसीमजाक गर्नु यी सबै भाषणरूप मैथुन अन्तर्गत हो, अतएव ब्रह्मचारीको लागि यो पनि सर्वथा त्याज्य हुन्छ ।
    (८) स्पर्श– कामबुद्धिबाट कुनै स्त्री अथवा बालकलाई स्पर्श गर्नु, चुम्बन गर्नु, आलिङ्गन गर्नु, कामोद्दीपक तथा कोमल पदार्थको स्पर्श गराउनु तथा स्त्रीसँग गर्नु–
यी सबै स्पर्शरूप मैथुन अन्तर्गत आउँछ, अतएव ब्रह्मचर्यव्रतको पालन गर्नेहरूको लागि त्याज्य हुन्छ ।
    उपर्युक्त कुरा पुरुषलाई लक्ष्यमा राखेर भनिएको हो । स्त्रीहरूको लागि पनि पुरुषको सम्बन्धमा यही कुरा बुझ्नुपर्छ । पुरुष परस्त्रीको साथ र स्त्री परपुरुषको साथ यी आठ प्रकारका मैथुनलाई त्याग हरेक अवस्थामा गर्नुपर्छ, यस्तो नगर्नेहरू महान् पापको भागी हुन्छन् र यस लोकमा तथा परलोकमा महान् दुःख भोग्छन् । गृहस्थलाई आप्mनो विवाहिता पत्नीको साथ पनि ऋतुकालको अनिन्दित रात्रि छाडेर शेष समयमा उक्त आठौं प्रकारका मैथुनबाट जोगिनुपर्छ । यस्तो गर्ने गृहस्थ भएर पनि ब्रह्मचारी हुन्छ । बाँकी तीन आश्रममा बस्ने तथा विधवा स्त्रीको लागि त सबै अवस्थामा उक्त आठ प्रकारका मैथुनको त्याग सर्वथा अनिवार्य छ ।
–ब्रह्मलीन परम श्रद्धेय श्रीजयदयालजी गोयन्दका

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us