Monday, December 9, 2019

क्षेत्रीय शहरी विकास परियोजनाको काम तीव्र गतिमा, वीरगंजको बाइपास अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै

प्रस, वीरगंज, २३ मङ्सिर/
    क्षेत्रीय शहरी विकास परियोजनाको काम तोकिएको समयभन्दा ६ महीना अगावै सम्पन्न गर्ने गरी तीव्रताको साथ काम भइरहेको छ ।
    एडिबीको सहयोगमा वीरगंज महानगरमा सञ्चालित योजनाको ठेक्का लिएको कालिका कन्स्ट्रक्शनका प्रबन्ध व्यवस्थापक ठाकुर ढकालले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता रहे तापनि असारभित्र सम्पन्न गर्ने गरी तीव्रताको साथ काम भइरहेको बताए । दुई वर्ष अवधिमध्ये एघार महीनामा ५० प्रतिशत काम सम्पन्न भएको र असारसम्म परियोजनाको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने उनले बताए ।
    एडिबीका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले परियोजनाको काम तीव्ररूपमा सम्पन्न भइरहेको र यथावस्थामा सम्झौताभन्दा अगावै काम सम्पन्न हुन सक्ने आधारहरू देखिएको बताएका छन् । उनले परियोजनाका कामहरू चारैतर्पm तीव्र गतिमा भइरहेको बताए । क्षेत्रीय विकास परियोजना अन्तर्गत वीरगंजको मुख्य बाइपासको ८ किलोमिटरसमेत इनर बाइपास, घण्टाघर–पिपरा–लिङ्करोड, राधेमाई र भानुचोक–नेशनल मेडिकल कलेज–कवि शिरोमणि चोकलगायतका क्षेत्रमा सडक, नाला, पूmटपाथको काम भइरहेको छ ।
    वीरगंजको बाइपासलाई अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिंदैछ । २४ मिटर चौडा सडकमा चार मिटर दुवैतर्पm पूmटपाथ र बीचको मेडियनमा पूmलबारी तथा सोलार बत्तीको व्यवस्था गरिएको छ । बाइपास सडकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हेर्न लायक बनाउने कालिका कन्स्ट्रक्शनका ठाकुर ढकालले दाबी गरे । उनले सोही प्रकारको सडक, पूmटपाथ र मेडियनमा पूmलबारी तथा सोलार बत्तीको व्यवस्थापन गरेर घण्टाघर–पिपरा लिङ्करोड, भानुचोक–नेशनल मेडिकल रिङ्गरोड र राधेमाई क्ष्Fेत्रमा दुई लेनको सडक निर्माण गरिने बताएका छन् । क्ष्Fेत्रीय शहरी विकास परियोजना अन्तर्गत १८ किमि कालोपत्र र ४५ किमि नाला निर्माण हुँदैछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us