Tuesday, December 3, 2019

कलैयामा ६ वर्षीया बालिका बलात्कृत

प्रस, वीरगंज, ७ मङ्सिर/
    बारा सदरमुकाम कलैयामा मङ्गलवार दिउँसो करीब २ बजे ६ वर्षीया एक बालिकाको बलात्कार भएको छ ।
    बालिकाको उपचार नारायणी अस्पतालमा हुन नसकेपछि थप उपचारको लागि वीरगंज हेल्थ केयरमा भइरहेको प्रहरीले जनाएको छ ।
    कलैया उपमहानगरपालिका–४ सुन्दरबस्ती टोल घर भएकी बालिका बलात्कारको शिकार भएको बारा प्रहरीले जनाएको छ ।
    बालिका शरीरभरि घाउचोटसहित रगताम्य अवस्थामा फेला परेपछि परिवारजनले प्रहरीको सहयोगमा नारायणी अस्पतालमा ल्याएकोमा स्थिति गम्भीर देखेपछि नेशनल मेडिकल कलेजमा रेफर गरिएको नाउक्षेका चिकित्सकले बताए ।
    पीडित बालिकाको आमाबुबा बिरामी छोरालाई उपचार गराउन कलैया अस्पताल गएको बेला घटना भएको परिवारजनले बताएको छ । साँझसम्म दोषी पत्ता नलागेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    यस विषयमा प्रहरी उपरीक्षक विकासराज खनालले घटनाबारे जानकारी भएको तर आपूm गढीमाई मेलाको सुरक्षामा रहेकोले थप विवरण थाहा नभएको र घटनाबारे प्रहरी छानबीनमा लागिसकेको बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us