Sunday, December 1, 2019

सीमास्तम्भ बनेपछि पनि ठोरीको समस्या समाधान भएन

विमला गुप्ता, वीरगंज, १५ मङ्सिर/
    भारतीय सीमासँगै जोडिएको पर्साको ठोरी गाउँपालिका वडा नंं. ३ रामनगरका बासिन्दाहरू अभैm पनि सीमापारिका भारतीयको ज्यादती सहन बाध्य छन् ।
    सीमास्तम्भ नहुँदासम्म ठोरी खोला पानीको मुहान र सेतो पहाडसमेत भारतको हो भन्दै मनपरी गर्थे । अहिले सीमास्तम्भ बनिसकेको छ । दुवैतर्पmका सीमा टोली बसेर दुईवटा सीमास्तम्भ निर्माण गरिसकेपछि भारतीयले पहिले दाबी गरेको स्थल स्पष्टरूपमा नेपाल साबित भएको छ । फेरि पनि सीमावर्ती भारतीयहरू पानीको मुहान र सेतो पहाड छोड्न तयार छैनन् । “ठुटे खोलाको मुहान नेपालमा परे पनि पानी हाम्रो हो । मुहान छेउको पहाड पनि हाम्रै हो,” भन्दै भारतीयहरू पानीमा अधिकार जमाइरहेका छन् । ठोरी, रामनगर र बुद्धनगरका बासिन्दाले सो कुराको प्रतिवाद गरेपछि भारतीयहरूले निर्माणाधीन हुलाकी सडक अन्तर्गत ठोरी खोलाको पुल निर्माणमा समेत अवरोध गरेका छन् । पक्की नहर बनाएर भारततर्पm स्थायीरूपमा पानी लान नदिएसम्म नदी आसपासको हुलाकी सडक निर्माण गर्न र पुल सञ्चालनमा आउन नदिने भारतीयको अडान छ ।
    मुलुकको सीमा क्षेत्रभित्र निर्माण भएको पुल र सडक सञ्चालनमा भारतीयले अवरोध गरेपछि वडा नं ३ का बासिन्दा आक्रोशित बनेका छन् । “स्तम्भ नहुँदासम्म सहन बाध्य थियौं, अब सीमास्तम्भ बनिसकेको छ, प्राण गए पनि आप्mनो खोलाको मुहानमा भारतीयको कब्जा हुन दिंदैनौं,” वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर लामाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने ।
    जिल्ला सदरमुकाम वीरगंजदेखि पश्चिमतर्पm करीब ६७ किलोमिटरको दूरीमा छ, दुर्गम तर प्राकृतिक रमणीय गाउँ ठोरी । ठोरी सीमामा राज्यको नजर नपुगेकोले ओझेलमा परेको छ । गाउँनजीकै सीमापारिका भारतीयहरूले ठोरी गाउँका नेपाली जनतामाथि हेपचेप गर्दै आएका छन् ।
    वडाध्यक्ष सूर्यबहादुर लामाका अनुुसार हुलाकी सडक अन्तर्गत ठोरी २ र ३ को बीचमा पर्ने ठोरी खोलामा ३ वर्षअघि पुल निर्माण भयो । तर नेपालको खोला र पुलमाथि भारतीयले अवरोध गरेपछि पुल सञ्चालनमा आउन सकेको छैन । नेपाली जनता र सवारीसाधन खोला तरेर वारपार गर्नुपरिरहेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढी भए आवागमन नै बन्द हुन्छ ।
    नेपालतर्पm ठोरी खोला (ठुटे खोला) पानीको मुहानमा प्रायः भारतीय किसानहरू पानीको रेखदेखमा आइरहेका हुन्छन् । नेपालको मुहानबाट नेपालमा नै तीनवटा नहर बनेको छ । दुईवटा ठूला नहर भारतको लागि र एउटा सानो कुलो नेपालतर्पmको सिंचाइको लागि छुट्टयाइएको छ । मुहानको पानी छोएको मात्र थाहा पायो भने भारतीयहरू सयौंको सङ्ख्यामा घरेलु हतियारसहित मुहानमा आइपुग्छन् । नेपालको रामनगर, बुद्धनगरमा उर्वरा जमीन सिंचाइ अभावमा बाँझो बनेको छ तर नजीकै आप्mनै मुहानबाट पर्याप्त पानी ल्याउन पाइँदैन । पानी नपाएको खेत र मुहानबीचको दूरी ३/४ किलोमिटरको नजीकमा छ । तर भारतीयहरूले भने दुईवटा नहरमा पानी गडगडाएर लगिरहेका छन् ।
    सीमापारि भारतबाट मुहानमा आइपुगेका केही भारतीय नागरिकहरू निर्धक्कसाथ नेपालतर्पm नहर मरम्मत गर्दै थिए । पहिले ठोरीमा कोइलावाला रेल चल्दा रेलमा भर्नका लागि भनेर सानो पानी लगेका थिए । भारतीय पक्षले विसं २०३० सालतिर मुहान हाम्रो हो भन्दै जबरजस्ती ठूलो मुहान लगेको स्थानीय सीमावर्ती नेपालीहरूको भनाइ छ ।
    २०६८ सालमा सीमाविद्हरूको टोली आई नेपालको सीमाबारेमा ठोरीवासीलाई जानकारी गराए । २०६९ सालमा नेपाल–भारतको सीमामा दुईवटा नयाँ पिलर  गाडिए पनि भारतीयहरू स्तम्भ मान्न तयार छैनन् ।
    मुहानमा आइपुगेका भारतीय नागरिक रामचन्द्र महतोले भने, “विगत २५ वर्षदेखि सिंचाइको लागि कुलोको मर्मत गर्दै आएको छु । पानी हाम्रो हो, ठोरीका नेपालीहरूलाई हाम्रा पूर्वजले सहयोगबापत पानी खान दिएका हुन् ।”         मुहानको उत्तरतर्पmको सेतो पहाडलाई देखाउँदै उनले भने, “त्यहाँसम्म हाम्रो, भारतको सिमाना हो, सरकारको हेरफेरले गर्दा सीमास्तम्भ गलत स्थानमा बनेको हो ।” कुलोको निर्माणमा आवश्यकता पर्दा दुइ सयजनाभन्दा बढीको सङ्ख्यामा सीमापारिको सहोदरा (शुभद्रा) थाना क्षेत्रका स्थानीयहरू आउने महतोले बताए । ठोरीका किसानलाई आवश्यकता अनुसार आपूmहरूले पानीको मुहान छोडिदिने गरेको महतोसँगै आएका अर्का भारतीय किसान उमेश यादवको भनाइ छ ।
    खेतीको समयमा ठोरीका जनता आप्mनै खोलाबाट पानी ल्याउन भारतीयको भर पर्नुपरेको दुःखद अवस्था छ । “भारतीयहरूलाई सीमा क्षेत्रमा बसेको उसको एसएसबीले सहयोग गर्छ । अर्काको भूमिमा आउँदा पनि उनीहरू सहयोग गर्छन्, पानीको लागि हाम्रो प्रहरी प्रशासनसँग कुरा गर्छन् । तर हाम्रो त जिल्लाका ठूला हाकिमहरू आएर पनि केही नबोली फर्कन्छन् । माथिसम्म कुरा पु¥याउँदैनन् । आप्mनो भूमिमा निर्माणको काम गर्न डराउँछन्,” स्थानीय नेपाली कृषक प्रेमबहादुर विकको गुनासो थियो ।
    सिंचाइको समयमा पर्याप्त पानी नपाउँदा ठोरीका किसानलाई कृषि गर्न पनि समस्या छ ।  विकले भने, “भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दा आपूmहरूलाई सीमापारिका भारतीयहरूले कुटपिट गर्ने हातहतियार देखाएर धम्काउने गर्छन् । स्थानीय प्रशासनलगायत हाम्रा सरकारका मान्छेलाई बारम्बार जानकारी गराउँदासमेत ध्यान नदिंदा भारतीयहरूको मनोबल बढ्दै गएको  छ ।”
    पहिलेदेखि नेपाली भूभागमा कुलो बनाएर पानी माथि कब्जा जमाएका  भारतीयहरूले अब पक्की कुलोको मुहान बनाउन चाहेका छन्, तर सम्पूर्ण ठोरीवासी यसको विरोधमा उत्रेका छन् । वडाध्यक्ष लामाले भने, “ज्यान दिन तयार छौं तर पक्की कल्भर्ट भारतीयलाई बनाउन दिन्नौं ।”
    ७० वर्षीय निवर्तमान वडाध्यक्ष टीकाराम अधिकारी विगतको अनुभव सुनाउँदै भने, “सीमाको सुरक्षाको लागि हामीले दशकौंदेखि ठूलो सङ्घर्ष गर्दै आएका छौं । ठुटे खोलाको कुलोको समस्या नेपाल सरकारले चाँडै समाधान गरोस्, भारततर्पmको कुलो नै बन्द गरिदिए भारतीयहरूको चलखेल बन्द हुन्छ । सरकारले हिम्मत गरोस् या हामीलाई इजाजत देओस्, हामी निर्णयमा पुग्न तयार छौं ।”
    अहिले यो समस्या देशव्यापीरूपमा चर्चाको विषय छ तर नेपाल सरकारले यसप्रति गम्भीर भएर नसोच्दा नेपाली जनता भारतको हेपाहा प्रवृत्ति सहन बाध्य छ । यस्तो बलमिच्याइँका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्पm भारतीय पक्ष गम्भीर हुनुपर्ने माग ठोरीवासीको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us