Friday, December 6, 2019

स्याबास खेलाडी

    नेपालले १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०मा इतिहास रचेको छ । पहिलो इतिहास रच्दै नेपालले १३औं सागमा सयभन्दा बढी पदक जितेको छ भने दोस्रो इतिहास रच्दै आजसम्मको साग प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेको छ । नेपालले शुक्रवारसम्म ३९ वटा स्वर्ण पदक जितिसकेको छ र जित्नेक्रम पनि जारी राखेको छ । यसअघि नेपालमा सन् १९९९ मा आयोजित सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको इतिहास छ । सागको सुरुआत पनि नेपालबाटै सन् १९८४ मा भएको हो । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा आयोजित एशियाली खेलकूद प्रतियोगितामा दक्षिण एशियाली राष्ट्र ९सार्क०का खेलाडीहरूले थोरै मात्र पदक ल्याएपछि सार्क राष्ट्रहरूको छुट्टै खेलकूद प्रतियोगिताको अवधारणा ल्याउँदै सन् १९८४ मा काठमाडौंमा पहिलो सागको आयोजना गरिएको थियो । सो प्रतियोगितामा पाँचवटा राष्ट्र भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान समावेश थिए ।
    सागको शुभारम्भ भएको पहिलो वर्षपछि भुटान र माल्दिभ्स पनि समावेश भए अनि पछिल्लो समयमा अफगानिस्तान पनि समावेश भएको छ । पहिलो सागमा नेपालले चारवटा स्वर्ण पदक जितेको थियो । सागको पहिलो स्वर्ण पदक विजेता नेपालका बक्सिङ खेलाडी पुष्करध्वज शाही हुन् । बक्सिङमैं दोस्रो स्वर्ण दलबहादुर रानामगरले ल्याएका थिए । पहिलो सागमा बक्सिङ, भारोत्तोलन, पौडी, पूmटबल र एथलेटिक्स गरी पाँच विधाका खेल मात्र समावेश गरिएको थियो । ३५ वर्षको लामो यात्रा तय गरेर अहिले १३औं साग नेपालमा भइरहेको छ र यसमा ३० विधाका खेल समावेश गरिएका छन् । नेपालले १३औं सागमा तेक्वान्दोमा १२ र कराँतेमा १० गरी सर्वाधिक २२ स्वर्ण पदक पाएको छ । यसैगरी, उसुमा ५, साइक्लिङमा ४ र एथलेटिक्स र पौडीमा १र१ स्वर्ण पाएको छ । नेपालमा प्रतियोगिता भएकोले खेलाडीहरूको मनोबल उच्च छ र पदकहरू बढी ल्याएकामा दुई मत छैन । आयोजक राष्ट्रका खेलाडीहरू आप्mनो गृह मैदानमा धेरै पदक ल्याउन सफल भएको सागको इतिहासले पनि देखाउँछ । सागमा भारतको वर्चस्व रहँदै आएको छ र यसमा पनि उसैको अग्रता कायम छ । सार्क राष्ट्रमा भारत सबैथोकमा अन्य राष्ट्रको तुलना समृद्ध र सक्षम छ । तर उसको जनसङ्ख्याको तुलना गर्ने हो भने नेपाली खेलाडीले ल्याएको पदक यस मानेमा बढी हुन्छ । नेपाली खेलाडीहरू पछिल्लो समयमा खेलमा राम्रो ख्याति कमाउँदैछन् । देशको नाम खेलको माध्यमबाट पनि विश्वभर चिनाउन सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्ने काममा खेलाडीहरूको प्रयास सराहनीय मान्नुपर्छ । खेलमा लाग्नेहरूको भविष्य कुनै बेला राम्रो थिएन । उत्कृष्ट हुने खेलाडीहरूको जीवनशैली आर्थिक कारणले निकै कमजोर भएको र कति खेलाडीहरू भविष्य नदेखेर खेलबाट पलायन भएको अवस्था थियो ।   
    अहिले सरकारसँगको सहकार्यमा एन्फाले विद्यालय तहदेखि नै खेलमा लाग्ने विद्यार्थीहरूको लागि छुट्टै अध्ययनको व्यवस्था गरेको छ । आवासीय सुविधासहितको व्यवस्थाले खेलाडीहरूले खेलका साथै आप्mनो अध्ययन पनि पूरा गर्दैछन् । अनि खेलको माध्यमबाट पनि मनग्य आम्दानी हुने कुरालाई पछिल्लो समयमा नेपाली क्रिकेटर सन्दीप लामिछानेलगायतले प्रमाणित गरेका छन् । अहिले तीन तहको सरकार छ । तीनै तहले खेलाडीहरूलाई प्रोत्साहन गर्ने हो भने नेपाली खेलाडीले  आगामी सागमा झनै बढी पदक ल्याउने कुरामा दुई मत छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us