प्रस, सेढवा, २२ मङ्सिर/
पर्सा जिल्लाको ठोरी गाउँपालिकाका केही क्षेत्रमा सुर्तीखेतीसँगै गाँजाखेती शुरू गरिएको छ।
केही वर्ष पहिले पर्सा जिल्लामा गाँजाखेती उन्मूलन भएपनि यसपटक केही स्थानमा गाँजाखेती गरिएको पाइएको छ। स्रोतको अनुसार ठोरी गापा–४ अन्तर्गत विजयबस्ती, घ्याङडाँडा, फायरलाइनलगायतका क्षेत्रमा सुर्तीखेतीसँगै गाँजाखेती गरिएको छ।
भारतीय सीमासँग जोडिएका सो क्षेत्रमा सुर्तीखेतीको बीचमा गाँजाखेती गरिएको हो। सुर्तीका ठूलठूला पातको कारण गाँजाको बिरुवा सजिलै देख्न सकिंदैन।
सो क्षेत्रमा दशौं बिघाभन्दा बढी जग्गामा गाँजाखेती भएको स्रोतले दाबी गरेको छ। विजयबस्तीस्थित प्रहरी चौकीदेखि सय–डेढ सय मिटर टाढाको सुर्तीखेतीभित्र गाँजाखेती भइरहेको स्रोतले जनाएको छ।
त्यसैगरी, पटेर्वासुगौली गापाको सोनवर्षा, भतौडा, मधुवन मथवल जङ्गल क्ष्Fेत्रमा पनि गाँजाखेती गरिएको छ। जङ्गल क्षेत्रको अतिक्रमित भूभागमा अवैध गाँजाखेती गरिएको त्यहाँका बासिन्दाले जानकारी गराएका छन्।
े प्रहरीको टोलीले गत वर्ष सुर्तीखेतीभित्र लगाइएको तीन बिघा गाँजाखेती नष्ट गरेको थियो। यसपटक सूचना पाएर पनि प्रहरीले तदारूकता देखाएको छैन।
जिल्लाबाट गाँजाखेती उन्मूलन भएपछि छिटपुटरूपमा गाँजाखेती हुन्थ्यो । मकवानपुर र धादिङमा उत्पादित गाँजा, चरेस जङ्गल क्षेत्र भएर पर्साका विभिन्न स्थानमा आउने र भारत जानेक्रम जारी छ। पर्सा जिल्लामा गाँजाखेती उन्मूलन भएपछि गाँजाको मूल्य आकाशिएको छ । प्रतिकिलो रु २० हजारभन्दा बढी भएपछि पर्सा जिल्लामा यसको खेती शुरू भएको हो।
मकवानपुर र धादिङबाट गाँजा आउन नरोकिएको र कारोबारमा लागेकाहरूले मनग्य आम्दानी गरेको देखेर जिल्लामा गाँजाखेती गर्ने आँट गरिएको हो।

0 comments: