Wednesday, December 4, 2019

गढीमाई मेलामा २५० जना पाकेटमार पक्राउ, अधिकांश भारतीय

प्रस, वीरगंज, १८ मङ्सिर/
    बाराको बरियारपुरमा लागिरहेको गढीमाई मेलामा हालसम्म प्रहरीले २५० जना पाकेटमार तथा सार्वजनिक अपराध गर्नेलाई पक्राउ गरेको छ ।
    पक्राउ परेका मध्ये ३७ जनामाथि सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताएका छन् ।
    मेला शुरू भएदेखि मङ्सिर १८ गतेसम्म विभिन्न घटनामा बारा प्रहरीले छानबीन गर्दै अढाई सयजनालाई पक्राउ गरेकामा अधिकांश अभियुक्त भारतीय महिला रहेको बारा प्रहरीले जनाएको छ ।
    मेलामा गरगहना, मोबाइल, नगद तथा सामान चोरी बढी भएको छ भने रक्सी खाएर मेलामा वातावरण खल्बल्याउने तथा भैंmझगडा गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us