Wednesday, December 11, 2019

अर्थमन्त्री खतिवडासँग पोखरियाको विकासका लागि भेट, स्मार्ट सिटी बनाउन माघसम्म बजेट –अर्थमन्त्री

प्रस, पोखरिया, २५ मङ्सिर/
    पोखरिया नगरपालिकाको समग्र विकाको लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौं गएको टोलीले बुधवार अर्थमन्त्रीलाई भेटेको छ । पोखरियालाई स्मार्ट सिटी बनाउने योजनालाई निरन्तरता दिंदै माघसम्ममा बजेट पठाउने अर्थमन्त्री युवराज खतिवडाले बताए ।
    शहरी विकास मन्त्रालयले तोकेको बजेटभन्दा कैयौं गुणा बढी दायित्व देखाउँदै बजेट माग गरेकोले सो बराबरको भुक्तानी अर्थबाट हुन नसकेको कारण पनि वास्तविक बजेटमा समेटिएको योजना पनि प्रभावित बनेको अर्थमन्त्री खतिवडाले बताए । उनले पोखरिया नगरपालिकालाई प्राथमिकतामा राखेर माघमा बजेट पठाउने बताए ।
    पोखरियाका नगरप्रमुख दीपनारायण रौनियारले अर्थमन्त्रीलाई गत वर्षको योजनामा रु १ करोडको लागतमा डिपिआर तथा आवश्यक लगत स्टिमेटको कार्य भएपनि केन्द्रबाट बजेट नआएपछि काम अगाडि बढ्न नसकेको अवगत गराएका थिए ।
    उनले यस वर्षको सम्पूर्ण बजेटमा पोखरिया नगरपालिकाको भवन तथा रिङ रोड निर्माणलगायतका योजनाहरूलाई समावेश गर्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
    अर्थमन्त्रीले योजनालाई समावेश गर्ने तथा रोकिएको बजेटलाई केन्द्रीय बजेटको अर्धवार्षिक समीक्षापछि माघमा पठाउने प्रतिबद्धता जनाए ।
    अर्थ मन्त्रालय पुगेको टोलीमा संविधानसभा सदस्य राजकुमार गुप्ता, पूर्व सांसदहरू प्रद्युुमन चौहान,
बिचारी यादव, पोखरियाका नगरप्रमुख दीपनारायण रौनियार, नेपाल
पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, वडाध्यक्ष सोनालाल साह गोढ,
राजु रौनियारलगायतको सहभागिता थियो ।


प्रनाउको दरबन्दी कायम गर्ने –महानिरीक्षक खनाल
प्रस, पोखरिया, २५ मङ्सिर/
    पोखरियाको शान्ति सुरक्षाको अवस्थालाई अभैm सुदृढ बनाउन इलाका प्रहरी कार्यालयमा चाँडै प्रहरी नायब उपरीक्षकको दरबन्दी कायम गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
    पोखरियाका नगरप्रमुख दीपनारायण रौनियार र नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीसँग बुधवार प्रहरी प्रधान कार्यालयमा भएको भेटघाटमा महानिरीक्षक खनालले पोखरियामा सुरक्षाको दायरालाई बढाउने बताए ।
    नगरप्रमुख रौनियारले पोखरियामा ट्राफिक बिट, महिला सेल तथा दरबन्दी अनुसारको जनशक्ति खटाउन गरेको आग्रहप्रति आपूm सकारात्मक रहेको बताउँदै महानिरीक्षक खनालले पोखरियामा चाँडै ट्राफिक बिट,
महिला सेल र प्रनाउको दरबन्दी पठाइने बताए ।
    पोखरियामा अब्दुल्लाह हत्याको दुई महीना बित्दा पनि घटनाको अनुसन्धानबाट खासै प्रगति
हासिल नभएकोबारे पनि महानिरीक्षक खनाललाई अवगत गराइएको थियो । उनले अब्दुल्लाह घटनाको उचित छानबीनका लागि मातहतका उच्च युनिटलFई परिचालनसमेत गर्ने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us