Wednesday, December 11, 2019

वनविनाश

    पर्साको वन दैनिक फडानी हुँदैछ । तस्करहरूको समूहले वनमा कामदारहरू खटाएर वन फडानी गर्ने र नजीकको समिलबाट चिरान गरी फर्निचर बनाउने तथा भारत र वीरगंजसम्म पु¥याउने काम नियमितजस्तो गर्दै आएका छन् । पर्सा जिल्लामा वनको सुरक्षार्थ पर्सा राष्ट्रिय निकुञ्जमा सेना खटेको छ भने राष्ट्रिय वनको सुरक्षार्थ वनरक्षक खटिएका छन् । सेना र वनरक्षकको आप्mनो क्षेत्रभित्र हुने वन फडानी नियन्त्रण गर्नुपर्ने दायित्व हो । तर पर्सामा वन फडानी रोक्न सेना र वनरक्षक दुवैले अहिलेसम्म सकेका छैनन् । वन फडानी रोक्न सकेको भए गोलिया काठ बरामद हुँदैन थियो । वन फडानी रोक्न नसक्ने तर वनको रक्षा गरेजस्तो तस्करी भएका काठ बरामद गर्ने पुरानो शैली अहिलेसम्म प्रयोग हुँदै आएको छ ।
    निकुञ्जमा हतियारबन्द सेना छ भने राष्ट्रिय वनमा पनि सशस्त्र वनरक्षक टोली छ । तर अहिलेसम्म यत्रो विघ्न वन फडानी भइरहँदा पनि सेना र वनरक्षकले वन फडानी रोकथाम गर्न सकेको छैन । जसले गर्दा तस्करहरूको मनोबल उच्च भएको छ । वनभित्र तस्करहरूको प्रवेश र त्यहाँबाट दिनहुँ रूख काट्ने अनि गोलिया काठको निकासीले वन जोगाउने जिम्मेवारी लिएकाहरूको नियतमा खोट रहेको किटानी गर्न सकिन्छ । वन जोगाउन सक्रिय निकायसँग वन फडानीमा लाग्ने तस्कर र भरियाहरूको सूची नभएको होइन । तर व्यक्तिगत लाभहानि मात्र हेरेका सुरक्षाकर्मीहरूले राष्ट्रको सम्पत्ति जोगाउने कार्यमा इमानदारिता देखाउन सकेका छैनन् । पर्सा जिल्लाको पर्सागढी नपादेखि ठोरी गापासम्मको वनसँग जोडिएका सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर गापामा दैनिकजस्तो गोलिया काठ र साइकल बरामद भएका समाचारहरू आइरहन्छन् । वन फडानी नियन्त्रणमा हुँदो हो भने यस प्रकारका समाचारहरू बिरलै आउँथ्यो । तर गोलिया काठ र साइकल समातेर बहादुरी प्रदर्शन गर्नेहरू यस प्रकारका समाचारबाट उनीहरूको नियत उदाङ्गो भएको चाल पाइरहेका छैनन् । वन फडानीको यो कहालिलाग्दो दृश्य एकातिर छ भने अर्काेतिर बरामद सामानहरू पनि सुरक्षित राख्ने कार्य हुन सकेको छैन ।
    बरामद काठहरू समयमा लीलामी नहुँदा राखिएको स्थानमा सड्ने अवस्थामा पुगिसकेको छ । डिभिजन वन कार्यालयले बरामद काठ दुई वर्षदेखि लीलाम गरेको छैन । जसले गर्दा सब–डिभिजन कार्यालयहरूमा बरामद गरी राखिएका काठहरू सड्नेक्रममा छन् । वन रक्षाको दायित्व बोकेको वन व्यवस्थापन समूहको हविगत पनि उस्तै छ । पर्सामा साझेदारी वन अन्तर्गत सबैया, विन्दवासिनी कोइलाभार र गादीमाई साझेदारी वन व्यवस्थापन समिति छन् । आप्mनो क्षेत्रको वन रक्षा गर्ने, त्यहाँको वनमा ढलेका रूखहरू, वन फडानीको क्रममा बरामद काठ, दाउराहरू सस्तो दरमा स्थानीय उपभोक्तालाई उपलब्ध गराउनुपर्ने हो । तर साझेदारी वन समूहहरूले पनि दुई वर्षदेखि आप्mनो दायित्व निर्वाह गर्न सकेका छैनन् । यसले गर्दा आमउपभोक्ताहरू पनि तस्करीको काठ, दाउरामैं आकर्षित हुुनुपरेको छ । साझेदारी समूहको यो चालाले उनीहरूको स्वार्थ वनको संरक्षण गर्नुभन्दा विनाशमा छ । 
    वन सबैको साझा सम्पत्ति हो र यसको संरक्षण गर्नुपर्छ भन्ने भावनाको कमी देखिन्छ । निकुञ्ज, वन र साझेदारी समूहले यसबारेमा सचेतना पैmलाउनुपर्छ । वन संरक्षण भएमा यसको उपभोग भावी सन्ततिले गर्नेछ । नत्रभने ‘हरियो वन नेपालको धन’ भन्ने श्लोक मात्र सुनाएर चित्त बुझाउनुपर्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us