Wednesday, December 4, 2019

राति महिलाको घरमा पस्ने पुरुषलाई कारबाई भएन

प्रस, वीरगंज, १८ मङ्सिर/
    मङ्सिर ११ गते राति १२ बजे महिलाको घरमा पसेपछि गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको जगरनाथपुर गाउँपालिकाका सवारी चालक अतिकरिम मियाँलाई प्रहरी प्रशासनले कारबाही नगरेको आरोप छ ।
    नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा बुधवार पत्रकार सम्मेलन गरी जगरनाथपुर–१ पिपरडारीकी पीडित रामरती देवीले आज पत्रकार सम्मेलन गरी दोषिमाथि कारवाई नभएको बताइन् ।
    घटनाबारे जानकारी गराउँदै पीडकलाई कारबाही नभएको दुःखेसो व्यक्त गरिन् । उनले घटना भएको भोलिपल्ट प्रहरी प्रशासनमा उजूरी दर्ता गराएको तर प्रहरीले कारबाई गर्नुपर्नेमा उल्टै अभियुक्तलाई छोडिदिएको बताइन् ।
    मध्यरातमा अर्काको घरमा पसेका मियाँलाई गापा अध्यक्ष जालिम मियाँले प्रहरीबाट जिम्मेवारीमा बुझेर लगेको र हाल पनि उनैले संरक्षण गरिरहेको पीडित महिलाले गुनासो गरिन् ।
    गापाको नाउँमा रहेको ना.१ब ३४७१ नम्बरको मोटरसाइकल चढेर रातको समयमा मदिरा पिएर पति नभएको महिलाको घरमा प्रवेश गरेका मियाँलाई गाउँलेले नियन्त्रणमा लिई सेढवा प्रहरीमा बुझाएका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us