Monday, December 9, 2019

फेरि गाँजाखेती फस्टायो

    पर्सा जिल्लाबाट उन्मुलन नै भइसकेको गाँजाखेती पुनः शुरू भएको छ । यो राम्रो सङ्केत पक्कै होइन । करीब एक दशकअघि उन्मूलन भएको गाँजाखेती फेरि शुरू हुनुका विभिन्न कारणहरू हुन सक्छन् । पहिलो कारणको रूपमा मकवानपुर र धादिङमा गाँजाखेती नरोकिनु नै हो । त्यहाँ उत्पादित गाँजा, चरेस अहिलेसम्म पनि लोथर र मनहरी भएर जङ्गलको बाटो हुँदै पर्साका विभिन्न स्थानमा आउने र यहाँबाट भारत पु¥याउनेक्रम जारी छ । पर्सामा गाँजाखेती नभएपछि भारतमा यसको माग बढेको र त्यससँगै महँगो पनि भएको हो । एक दशकअघि १–२ सय भारु प्रतिकिलोमा पाइने गाँजा अहिले महँगो भएर प्रतिकिलो रु बीस हजारसम्म पुगेको छ । मकवानपुर र धादिङबाट भित्रिने गाँजा, चरेस भारत पु¥याउने प्रमुख मार्ग अहिले पनि पर्सा जिल्ला नै हो । आप्mनो गाउँठाउँबाट गाँजा, चरेस भारत गइरहेको र यसको कारोबारमा संलग्न हुनेहरू रातारात धनी भएको देख्नेहरू पुनः गाँजाखेतीतर्पm उन्मुख हुन लागेका छन् । अर्काे कारण वीरगंज चिनी कारखाना बन्द भएपछि नगदेबालीको रूपमा उखुखेती गर्नेहरू त्यतिबेला गाँजाखेतीतर्पm आकर्षित भए । त्यसपछि किसानहरू सूर्य नेपालको कारण सुर्तीखेतीतर्पm आकर्षित हुन पुगे । यही कारणले २०६५ सालतिर पर्सा प्रहरीले चलाएको गाँजाविरुद्धको अभियान सार्थक भयो र गाँजाखेती गर्नेहरू सुर्तीखेतीतर्पm आकर्षित भए।
    नगदेबालीमा सुर्तीखेती अहिलेसम्म पर्सेली किसानहरूको लागि लाभदायक भएको छ । तर यस वर्ष सूर्य नेपालले समेत दोस्रो सिजनको सुर्तीखेती नगर्न अग्रीम सूचना जारी गरेपछि सुर्तीखेतीमा आकर्षित किसानहरू नै गाँजाखेती गर्न बाध्य भए । सुर्तीखेती हुने पर्साको ठोरी, जीराभवानी, पटेर्वासुगौली गापा र पर्सागढी नगरपालिकामा गाँजाखेती फस्टाएको छ । जङ्गलसँग जोडिएका यी ठाउँहरूमा नगदेबालीको विकल्प नदेखिनु र मकवानपुर, धादिङबाट आउने गाँजा, चरेसका कारोबारीहरू आर्थिकरूपमा मजबूत हुनुले पर्सेली किसानहरूलाई गाँजाखेती गर्न उस्काएको हो ।
    गाँजाखेती गर्दा प्रहरी–प्रशासनबाट हेपिनुपर्ने, कानून उल्लङ्घन गरेको कसूरमा दण्ड सजायको भागी हुनुपर्ने जस्ता कारणले गाँजाको विकल्प खोजेर किसानहरू एक दशकसम्म उखु र सुर्ती खेती गरेर गुजारा गर्दै आएका
थिए । तर वैदशिक रोजगारबाट समान परिश्रम गर्दा बढी पारिश्रमिक जुट्दा युवाशक्ति विदेश पलायन भएभैंm अहिले मकवानपुर र धादिङबाट आउने गाँजा, चरेसबाट भरिया, मालिक दुवैको आर्थिक अवस्था सुदृढ भएको
देखेका पर्सेली किसानहरू गाँजाखेती गरेर कमाउने सोचमा छन् । पर्साबाट गाँजाखेती उन्मूलन गर्न सकेको सरकारले मकवानपुर, धादिङमा भने यसविरुद्ध अभियान चलाउन सकेन । फलतः पर्सामा गाँजाखेतीतर्पm आकर्षण बढ्न थालेको छ ।
    गाँजा, चरेसको कारोबार हुँदा पर्सा जिल्लामा अपराधले पनि प्रशय पाएको थियो । अथाह सम्पत्ति जुटेपछि
अपराधले पनि प्रशय पाउँछ नै । विगत एक दशकमा पर्साको अपराध सूची हेर्ने हो भने जघन्य अपराधमा निकै कमी आएको पाइन्छ । तर गाँजाखेती हुने हो भने यो सूचाङ्कविपरीत नतीजा आउन थाल्छ । तसर्थ पर्सा जिल्लामा पुनः फस्टाउन थालेको गाँजाखेती रोक्नुको साथै अन्यत्र हुने गरेको गाँजाखेतीविरुद्ध अभियान चाल्नै पर्ने समय आइसकेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us