Monday, December 2, 2019

मतदातामा निराशाको सङ्केत

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो उपनिर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यको १ सिट, प्रदेशसभा सदस्यको ३ सिट, स्थानीय सरकार प्रमुखको ३ सिट साथै उपप्रमुखको एक सिट र बाँकी वडाध्यक्षहरूको समेत ५२ सिटको लागि उपचुनाव भएको थियो । सम्पन्न उपनिर्वाचन हालसम्म मुलुकमा भएका निर्वाचनहरूमध्ये स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको विश्लेषक र पर्यवेक्षकहरूको ठहर छ । चुनाव सम्पन्न भएका स्थानहरूमा मतगणनापछि हारजितको पैmसला पनि भइसक्यो, कतैबाट कुनै पक्षले पनि निर्वाचनमा धाँधली भएको वा परिणाममा आप्mनो मन्जुरी नरहेको भन्ने आवाज उठाएका छैनन् । यसर्थ निर्वाचन पर्यवेक्षकहरूको विश्लेषण सही रहेको पुष्टि हुन्छ ।
सीमित स्थानमा चुनाव हुँदा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू एवं पर्यवेक्षकहरूले समेत सूक्ष्म दृष्टि लगाउन सहज थियो । अतः गडबडी भए बाहिर आउन सक्थ्यो । निर्वाचनको लागि आवश्यक मात्रामा जनशक्ति तथा सुरक्षा संयन्त्र परिचालन गर्न सहज थियो ।
    सम्पन्न उपचुनावमा कुल मतको ६५.७५ प्रतिशत मददान भएको थियो । मतदान भएका सिटहरूलाई केलाएर हेर्दा प्रतिनिधिसभा सदस्यको सिटमा कास्की जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा ६५ प्रतिशत मतदान भएको देखिन्छ । त्यसैगरी, प्रदेशसभा सदस्यको सिटमध्ये भक्तपुरमा ७० प्रतिशत, बागलुङमा ६१ प्रतिशत र दाङमा ६७ प्रतिशत मतदान भएको थियो ।  समग्र  अनुपातमा ६५.७५ प्रतिशत मतदान भयो । २०७४ सालमा सङ्घीयसभा र प्रदेशसभा सदस्यको संयुक्त निर्वाचन हुँदा ६८.६३ प्रतिशत मतदान भएको थियो । पहिलेभन्दा अहिले ३ प्रतिशत कम मतदान भएको देखिन्छ । उपनिर्वाचनमा स्थानीय तह प्रमुख र उपप्रमुखको चुनावमा पनि ६७ प्रतिशत मात्रै मतदान भएको पाइयो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा न्यूनतम ७०.५ प्रतिशत मतदान भएको थियो । त्यतिबेला तीन चरणमा गरी भएको निर्वाचनमा  दोस्रो चरण अन्तर्गत ३५ जिल्लामा ७०.५ प्रतिशत मत खसेको थियो । त्यसैगरी, पहिलो चरणको ३४ जिल्लामा ७१ प्रतिशत र तेस्रो चरणमा प्रदेश नं. २ का ८ जिल्लामा भएको स्थानीय तह निर्वाचनमा ७७ प्रतिशत मतदान भएको थियो । यसरी हेर्दा २०७४ सालमा भन्दा अहिले स्थानीय तहमा ३.५ देखि १० प्रतिशतसम्म कम मतदान भएको छ ।
    जन बलमा ल्याइएको परिवर्तित शासन प्रणाली र मुलुकमा राजनीतिक स्थिरता रहेको बेला मतदान प्रतिशत बढ्ने अपेक्षा गरिन्छ । सोविपरीत दुई वर्षको अन्तरमा यति धेरै ¥हास आउनुले मतदातामा निराशा छाएको सङ्केत स्पष्ट छ । सम्पन्न उपचुनाव भयरहित शान्तिपूर्ण त भयो नै, मौसम पनि अनुकूल थियो । आप्mनो ठाउँभन्दा बाहिर रहेकाहरूलाई घरसम्म पुगेर मतदान गर्ने वातावरण विगतको भन्दा राम्रो थियो । चुनाव थोरै स्थानमा भएकाले सवारीसाधनको उपलब्धता, कार्यरत स्थानबाट छुट्टी वा फुर्सद मिलाउन सजिलोको साथै जनस्तरमा प्रचारप्रसार पनि बढी नै थियो । एउटा वडामा चुनाव भएपनि जिल्लाभरिकै नेता तथा कार्यकर्ताहरूले बाहिर रहेका आआप्mना मतदाताहरूलाई खबर गर्ने लहर राम्रै चलेको थियो । तब पनि पहिले जति मतदान हुन सकेन । जनतामा निराशा जाग्नु लोकतन्त्रको लागि खतराको सङ्केत हो । मुलुकका राजनीतिक दलहरूले यस सङ्केतलाई बुझेर यथाशीघ्र आप्mनो कमीकमजोरीको आत्मसमीक्षा गर्दै सच्याएर अगाडि बढ्न जरूरी छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us