Wednesday, December 4, 2019

प्रहरीविरुद्ध डेलिगेशन काठमाडौंमा

प्रस, पोखरिया, १८ मङ्सिर/
    पर्सा प्रहरीविरुद्ध नेकपाका नेता जयप्रकाश थारूलगायतको एउटा समूह काठमाडौं गएको छ ।
    पर्साको सीमावर्ती बजार भिस्वाबाट गत शुक्रवार मध्यरातमा प्रहरीले एक ट्याक्टर विभिन्न सामान बरामद गरी भन्सार चलान गरेको विषयलाई लिएर नेकपाका नेता थारूलगायतको टोली सोमवार काठमाडौं गएको हो ।
    भिस्वा बजार समितिका अध्यक्ष्F गणेश जैसवाल, पूर्वसांसद थारूसमेतको टोली जिल्ला प्रहरी कार्यालय पर्साको विरोधमा गृह प्रशासनको ध्यानाकर्षण गराउन काठमाडौं गएको स्रोतले जनाएको छ । भिस्वा बजारबाट प्रहरीले पटकपटक बिलबिजकसहितको मालसामान नियन्त्रणमा लिने र वीरगंज भन्सार कार्यालय चलान गर्दै आएको कारण साना व्यापारीहरूलाई मर्का परेको भन्दै टोली गृह प्रशासनमा गएको हो ।
    पर्सा प्रहरीले पछिल्लोपटक रु १७ लाखभन्दा बढीको सामान भिस्वाबाट बरामद गरेको थियो । प्रहरीले बरामद गरेको सामान बजारका २० भन्दा बढी व्यापारीको रहेको र उनीहरूसँग वीरगंजमा खरीद गरेको बिलबिजक हुँदा पनि प्रहरीले बल मिच्याइँ गरी दुःख दिने नियतले वीरगंज भन्सार पठाएको व्यापारीहरूको गुनासो छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us