Wednesday, December 4, 2019

स्वयंसेवा र स्वयंसेवक

सञ्जय साह मित्र
    अनेक किसिमका मानिस छन् । अनेक किसिमका मानिस हुन्छन् । यहाँ अनेक किसिमका भन्नाले मानिसको रङ्ग, रूप, मोटो, दुब्लो, अग्लो, होचोजस्ता कुरासित छैन । सामान्यतया शिक्षाले पनि मानिसको जीवनमा निकै परिवर्तन ल्याएको पाइन्छ । शिक्षा र चेतनाले मानिसको व्यक्तिगत जीवनमा मात्र परिवर्तन ल्याउने होइन, यिनीहरूले समाजमा प्रत्यक्ष र परोक्ष किसिमले परिवर्तन ल्याउने निश्चित हुन्छ । यही परिवर्तन गर्ने गुणका कारण सबै क्षेत्रमा यसको प्रशंसा गरिएको पाइन्छ । जीवनको एक तिहाइ भाग शिक्षामा खर्च गर्नुपर्ने तर्क पनि उठ्न थालेको छ । कुनै पनि देशको औसत आयुको एक तिहाइ उमेर हरेक मानिसले प्रत्यक्ष शिक्षार्जनमा बिताउँदा व्यक्ति, समाज तथा राष्ट्र सर्वत्र उज्यालोको युग निरन्तर आइरहने विश्लेषण गरिन थालिएको छ ।
    शिक्षा र चेतनाभन्दा माथि विवेकलाई मानिन्छ र विवेकको उच्च गुणवतालाई प्रज्ञा मानिन्छ । सामान्य शिक्षितहरू आप्mनो लागि काम गर्दछन् । सामान्य शिक्षित पनि हुन नसकेकाहरूको लागि नितान्त आप्mनो फाइदा नै ठूलो हुन्छ । शिक्षासँगै चेतना प्राप्त गरेकाहरू अरूलाई हानि नहुने गरी आपूmलाई फाइदा खोज्दछन् । विवेकशील व्यक्तिले आप्mनो पनि फाइदा र अरूको पनि फाइदा सोच्दछन् । प्रज्ञाले पूर्ण मानिसहरू आप्mनो स्वार्थभन्दा समाजको स्वार्थलाई ठूलो मान्दछन् । समाजको लागि कसैले राम्रो गर्दा पनि राम्रो भनेर प्रशंसा गर्दछन् । राम्रो भनेर प्रशंसा गर्नेहरूमा पनि दुई किसिमका मानिस हुन्छन् । पहिलोथरीले आपूmले राम्रो गर्न नसकेकोमा अरूले राम्रो गरेको देखेर आत्मसन्तुष्टि लिई अरूलाई प्रेरित गर्दछन् । दोस्रोथरी आपूmले पनि राम्रो गर्ने र अरूले राम्रो गरेकोलाई प्रशंसा गर्ने गर्दछन् ।
    प्रशंसा गर्नु र प्रशंसा पाउनु फरक कुरा हुन् । कतिपयले प्रशंसायोग्य काम गरे पनि प्रशंसा पाउन्नन् र कतिपयले खासै प्रशंसायोग्य कामै नगर्दा पनि बढी प्रशंसा पाउँछन् । कतिपयले प्रशंसाको लालसाले काम गर्दछन् भने कतिपय चाहिं प्रशंसाभन्दा टाढा रहन चाहन्छन् । यसै गरी एकथरीले आप्mनो सेवा मन पराउँछन् र अर्कोथरीले अर्काको सेवा मन पराउँछन् । अर्काको सेवा मन पराउने भन्नासाथ एक पक्ष सेवा गर्ने भन्ने स्वतः देखिन्छ । सेवा मन पराएर मात्र पाउने होइन, कहिलेकाहीं बाध्यतामा पनि पाउन सकिन्छ । कहिलेकाहीं आपूmले थाहै नपाउने गरी अरूको सेवा पाइरहेको हुनुपर्छ । कसैको चाहना हुन सक्छ, नहुन सक्छ, बाध्यता हुन सक्छ तर अरूको सहयोग तथा सेवा चाहिने अवस्था हुनु वा अरूले देख्नेबित्तिकै सेवाको आवश्यकता रहेको महसूस गर्न मानवीय संवेदनशीलतासित सम्बन्धित पक्ष हुन् र यसले व्यक्तिभन्दा माथि उठेर मानवताको नाता खोज्दछ ।
    मानवताचाहिं शिक्षा, चेतना, विवेक र प्रज्ञा सबै क्षेत्रमा हुन्छ । अशिक्षा, अन्धकार, पीडा तथा अन्य संवेदनशील घडीमा पनि मानवता चाहिन्छ । मानवताको पक्षमा मानव मात्रले काम गर्न सक्छ । मानवले मानवलाई गर्नुपर्ने सेवाको आवश्यकता जुनसुकै बेला पनि पर्न सक्छ । यस कारण यस किसिमको सेवा गर्न जो पनि जहिले पनि तयार भएर रहनुपर्दछ । आवश्यक परेको समयमा सेवा गर्न तयार हुने समूहको निर्माण गर्दा पनि हुन्छ । स्वतःस्पूmर्तरूपमा जुनसुकै बेला पनि मानवीय सेवा गर्न तयार रहनु पनि स्वयंसेवा हो । कसैले नअ¥हाइ आवश्यक देखेको खण्डमा अरूको सेवाको लागि तुरुन्त तयार भएर काम गर्ने चाहना राख्नु चाहिं स्वयंसेवीको पहिचान हो । स्वयंसेवीको आवश्यकता अहिले झन् बढेर गएको छ । यस अर्थमा कि अहिले दुर्घटना तथा अनेक प्राकृतिक प्रकोपहरू बढेका छन् र स्वयंसेवा गर्न चाहने युवाहरूको आवश्यकता रहेको छ । स्वयंसेवाको सङ्कुचित अर्थ चाहिं आप्mनो मात्र सेवा हो तर यसले आप्mनो मात्र सेवाको अर्थ नराख्ने हुनाले स्वयंको सेवा गर्नेजस्तो बुझिने स्वयंसेवकहरू भने कुनै लाभको लोभ नलिई सेवा गर्नेहरू हुन् । समाजमा आवश्यक भएको मानवीय सेवा तथा सहयोग गर्ने संस्थाहरूमार्पmत् वा त्यस्ता संस्थाहरूलाई आवश्यक सेवा पु¥याउन स्वघोषणा गर्नेहरू हुन् । यस प्रकारका मानिस वा युवाहरूको विश्वव्यापी सञ्जाल नै रहेको छ । यसै सञ्जालमा आबद्ध वा यस प्रकारको सेवामा जोडिएकाहरूको सम्मानमा स्वयंसेवक दिवस नै मनाइने गरिएको छ । यो दिवसले सबैलाई समाजसेवामा आंशिक समय लगानी गर्न प्रेरित गर्दछ ।
    अहिले स्वयंसेवी संस्थाहरू पनि औपचारिकरूपमा काम गरिरहेका पाइन्छन् । मुख्यगरी रेडक्रसले स्वयंसेवकहरूलाई परिचालन गर्दछ । स्वयंसेवक बनी कार्य गर्न प्रेरित गर्ने तथा सम्भव भएसम्म आवश्यकता अनुसारको तालीम दिने र काममा खटाउने काम पनि रेडक्रसले गर्दै आएको छ । नेपालमा अन्य स्वयंसेवी संस्थाहरू नभएका होइनन् । बाढी, भूकम्प तथा अन्य मानवीय सहयोगको आवश्यकता परेको बेलामा विभिन्न सङ्घसंस्थाले स्वतःस्पूmर्त स्वयंसेवीहरू खटाउने गरेका छन् । यसले सम्बन्धित संस्थाको मानसम्मान बढेको हुन्छ र काम गर्ने व्यक्तिको पनि आत्मसम्मानमा वृद्धि भएको हुन्छ । यसले समाजसेवामा लाग्ने मानिसहरूलाई थप प्रेरित र प्रोत्साहित गर्दछ भने जतिसुकै आप्mनो काममा व्यस्त भएको मानिसलाई पनि आप्mनो व्यस्तताबीच केही समय समाजको सेवाको लागि निकाल्नुपर्ने प्रेरणा दिन्छ।
    जातीय चेतनाको स्तरमा वृद्धि हुँदा पनि समाजसेवामा वृद्धि भएको पाइएको छ । ठूला मेला तथा उत्सवहरूमा विभिन्न जातीय सङ्गठनहरूले आराम, विश्राम, आवास, भोजन, खाजा, पानी, शौचालय, प्राथमिक स्वास्थ्य सेवाजस्ता सेवाहरू उपलब्ध गराउन थालेका छन् । हजारौं मानिसको उपस्थिति हुने र अझ बढी चर्चा पाउने लालसाले गरिएका यस्ता समाजसेवी कामहरू आप्mनो जातको मानिसलाई मुख्यगरी लक्षित गरिएको हुन्छ । वास्तवमा यस प्रकारका संस्थाहरूमा काम गर्ने व्यक्तिहरू समाजसेवी नभए पनि र स्वयंसेवी नभए पनि समाजप्रतिको आप्mनो दायित्व निर्वाह गर्ने दिशामा अग्रसर हुन्छन् । यस प्रकारका संस्था र कामको प्रशंसा पनि हुुनुपर्दछ । यद्यपि यस प्रकारका संस्थाका कार्यकर्ताहरूमा सामान्य सहयोग वा स्वयंसेवाको भावना भने हुँदैन ।
    स्वयंसेवकमा त्याग, समर्पण र सेवाको भावना हुन्छ । लोभ, मोह, प्रशंसा र प्राप्तिको चाहनाभन्दा स्वयंसेवक माथि उठेका हुन्छन् । निस्स्वार्थता स्वयंसेवकको गहना हुन्छ । आपूmले गर्नुपर्ने निर्दिष्ट लक्ष्यलाई स्वयंसेवकहरू चुम्न निरन्तर प्रयत्नरत रहन्छन् । स्वसेवाबाट माथि उठ्ने र स्वजनहरूलाई सेवा गरेजस्तो स्वयंले सेवा गर्ने स्वयंसेवकहरूको काम साँच्चै स्तुत्य हुन्छ । आप्mनो जात, धर्म, भौगोलिक क्षेत्र, पेशा सबैभन्दा माथि उठेर जहाँ मानवीय सेवाको आवश्यकता हुन्छ, त्यहाँ पुगेर निर्देशनको आधारमा विवेक पु¥याएर सेवा गर्ने तथा आप्mनै ब्रह्मले आवश्यकता देखेको ठाउँमा खटेर सहयोग गर्ने स्वयंसेवकहरूको सम्मान विश्वले नै गरेको पाइन्छ ।
    आत्मसम्मान तथा धर्म दुवै दृष्टिकोणले स्वयंसेवक बन्नु ठूलो कुरो हो । देश र दुनियाँलाई बुभ्mन फरक दृष्टिकोण र अनुभव प्राप्त हुन्छ भने मानवतावादको भावना बढ्ने हुन्छ । सहानुभूति, दया, सहयोग र प्रेम आजको युवामा कम हुँदै गएको देखिएकोले हरेक परिवारले आप्mनो घरका युवालाई स्वयंसेवक बन्न अभिप्रेरित गर्नुपर्दछ । आप्mनो घरको केही पनि नजाने र खेर गइरहेको समयको सदुपयोग गर्ने तथा समाजसेवाको लागि अभिप्रेरित गर्ने तत्कालीन उद्देश्य देखिए पनि स्वयंसेवक बनी केही समय काम गरेपछि समाजको सकारात्मक रूपान्तरणमा निकै सहयोगी बन्ने सम्भावना हुन्छ । यसले हरेक स्वयंसेवकप्रति स्वतः सहानुभूति, प्रेम र सहयोगको भावना पनि उमार्दछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us