Sunday, December 8, 2019

बोइलर कुखुरा प्याजभन्दा सस्तो

प्रस, वीरगंज, २२ मङ्सिर/
    वीरगंज महानगरमा बोइलर कुखुराको मासु प्याजभन्दा सस्तो भएको छ।
    भारतले प्याज निकासीमा रोक लगाएपछि केही महीनादेखि आकाशिएको प्याजको मूल्य अहिले खुद्रामा रु २५० प्रतिकिलो पुगेको छ भने वीरगंज महानगरमा बोइलर कुखुराको मूल्य भने प्याजको मूल्यभन्दा कम भएको छ।
    एक सातादेखि बोइलर कुखुराको मूल्य निरन्तर घट्दैछ। दशैंताका रु ३६० प्रतिकिलोसम्म पुगेको बोइलर कुखुरा एक सातायतादेखि रु २४० मा बिक्री भइरहेको छ। रानीघाट क्षेत्रमा भने रु १९९ प्रतिकिलोमा बोइलर कुखुरा बिक्री भइरहेको छ। मङ्सिर २१ गतेदेखि बोर्ड झुन्ड्याएर रु १९९ मा बोइलर कुखुरा प्रतिकिलो बिक्री भइरहेको छ।
    यसैगरी, नगवामा रु २२० र समग्र वीरगंजमा रु २४० को दररेटमा बोइलर कुखुरा बिक्री भइरहेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us