Sunday, November 10, 2019

बारा–पर्सामा महम्मद डे मनाइयो


प्रस, वीरगंज, २४ कात्तिक/
    वीरगंजमा मुस्लिम समुदायले महम्मद डे विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
    नोभेम्बर १० तारिखका दिन मुस्लिम धर्मका प्रवर्तक महम्मद हजरत पैगम्बरको १४३९औं जन्मदिनको अवसरमा आइतवार वीरगंजस्थित मस्जिद, मदर्साहरूबाट जुलुस निकालिएको थियो । घण्टाघरमा एकत्र भएको जुलुसले नगरपरिक्रमा गरेको थियो । आजका दिन मुस्लिम समुदायले मस्जिद, मदर्सामा नमाज पढेर गरीब असहायहरूलाई भोजन पनि गरायो ।
    महम्मद डेको अवसरमा वीरगंज–६ लाठगल्लीस्थित जामे मस्जिदमा बिरयानी पकवान सबैलाई भोजन गराइएको थियो ।
प्रस, निजगढ/
    निजगढमा सुन्नी समुदायका मुस्लिमहरूले हजरत पैगम्बर मुहम्मदको जन्मदिन आइतवार बिहान धूमधामका साथ मनाएका छन् ।
    उनीहरूले निजगढको जमुनापैनीस्थित मस्जिदबाट निकालिएको खुशियाली ¥याली राजमार्ग हुँदै बुद्धचोक, शहीदचोक, पूर्वी लच्का हुँदै पुनः मस्जिदमा आई समापन भएको थियो । ¥यालीमा हजरत पैगम्बर मुहम्मदको जयजयकार गरिएको थियो । ¥यालीमा निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछाने, वडाध्यक्षहरू सुदर्शन बडाल, जयराम कुमर, रामजी बजगाईं, दिलबहादुर लामा, थानेश्वर सापकोटालगायत सहभागी थिए ।
    नेपाल विभिन्न जातजाति, समुदाय, धर्म, संस्कृतिको सङ्गम भूमि भएकोले सबैका चाडपर्व, रीतिरिवाजहरूको आआप्mनै विशेषता, मौलिक पहिचान हुने भएकोले एकार्का समुदायमा आदर, सम्मान बढ्ने निजगढ नगरकी उपप्रमुख लामिछाने बताइन् ।
    एकार्का समुदायबीच मित्रता तथा भाइचारा बढाउने उत्सवको रूपमा लिइँदै आइरहेको सुन्नी मुस्लिम निजगढका अध्यक्ष मोफिज मुहम्मद सिद्धिकीले बताए । सो ¥यालीमा ५ सयभन्दा बढी व्यक्ति सहभागी थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us