Sunday, November 17, 2019

गाँजाखेती उन्मूलन गर्ने हो ?

    गाँजाखेती नष्ट गर्न बारा र पर्सामा समेत प्रहरी परिचालन गरिरहनुपरेको अवस्था छ । जनशक्ति मात्रै होइन, मसलन्द शीर्षकमा पनि टन्नै खर्च हुन्छ । मुुलुकमा माओवादी जनयुद्धको मध्यदेखि उत्तरार्धसम्म पर्सा, बारालगायतका जिल्लाहरूमा गाँजाखेती खुबै फस्टाएको थियो । ग्रामीण क्षेत्रमा जाँदा गाँजाबाहेक अन्य खेतीको बोटबिरुवा देख्न दुर्लभ थियो । शहर बजारमा पनि ‘औषधिका लागि’ भन्दै करेसाबारीमा केही बोट गाँजा रोप्ने चलन शुरू भइसकेको थियो । त्यतिबेला ‘गाँजा रोपेको छैन’ भन्नेहरू हुतिहारामा गनिन्थे । २/४ कट्ठा नभनेर ‘२/४ बिघा गाँजा रोपेको छु’ भन्नेको इज्जतै बेग्लै हुन्थ्यो । जसले धेरै गाँजा रोप्यो, उही गाउँको गतिलो व्यक्ति कहलिने भएकोले प्रहरी–प्रशासन र सर्वसाधरणको ध्यान पनि धेरै गाँजा रोप्ने महसुरतर्पm नै रहन्थ्यो । समाजमा कार्य, मुद्दा मामिला, झैंझगडा वा समस्याहरू निराकरण गर्नुपर्दा पनि गाँजा अगुवाको प्रत्यक्ष सहभागिता खोजिन्थ्यो । गाँजाका कारोबारे तथा तस्करहरू गाउँठाउँका हिरो हुन्थे । किनभने उसको हातमा पैसा, जनता र प्रहरी प्रशासन रहन्थ्यो । त्यतिबेला पनि गाँजा पँmडानीमा प्रहरी जनशक्ति लगाइन्थ्यो, तर सबै क्षेत्रमा पँmडानी गरिसक्न सम्भव नै थिएन । एकापट्टिबाट पँmडानी गर्दै गयो, अर्कोतर्पm पाकिसकेको हुन्थ्यो । यसर्थ गाँजा पँmडानी नामको मात्रै भइरहन्थे । त्यसभन्दा पहिले पञ्चायतकालमा सीमित क्षेत्रमा नेताहरूको संरक्षणमा गाँजाखेती हुन्थ्यो । प्रहरी पुग्दा नेताहरू गाँजाको ढाल बनेर अगाडि आइपुग्थे । त्यति अचाक्ली भइसकेको कुरा पनि प्रहरी प्रशासनका केही काबिल हाकिमहरूकै हिम्मतका कारण न्यूनीकरण भयो ।
    कतिपयले गाँजालाई बहुगुणी आयुर्वेदिक औषधिको रूपमा हेर्ने र विश्लेषण गर्ने गरेका छन् । ‘गाँजा रोपेर मुलुकलाई केही घाटा छैन, विदेशी मुद्रा आर्जन हुने हो’ भनेर तर्क गर्नेहरू पनि छन् । विगतमा हाम्रै मुलुकका केही जिल्लामा इजाजत लिएर गाँजाखेती गर्न पाउने प्रावधान थियो । अमेरिका, क्यानडालगायतका मुलुकहरूमा अभैm पनि गाँजाको नियन्त्रित तथा व्यवस्थित सेवनलाई वैधानिकता छ । नेपालमा उत्पादित गाँजाको मुख्य बजार भारत हो । जेहोस्, लागूऔषध नियन्त्रण ऐन २०३३ ले हाम्रो मुलुकमा ‘गाँजा खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरीद गर्न, बिक्री–वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपोसार गर्न, सञ्चय गर्न वा सेवन गर्न पाउनेछैन’ भन्ने व्यवस्था गरेको छ । कानूनले वर्जित गरेको कुरा गर्नु अपराध हो । गाँजाखेतीबाट बिस्तारैै समाजमा तस्करहरूको बोलवाला बढ्दै गएको घटना पनि हामीले भोगिसकेका छौं ।
    पर्सा, बारालगायतका सीमावर्ती जिल्लाहरूले गाँजा लगाउन अरूबाट सिकेका हुन् । मकवानपुरबाट आउने गाँजाको तुलनामा यहाँको गाँजा केही पनि होइन । सीमावर्ती जिल्लाहरूमा गाँजाखेती नभएपनि नाम चलेका अरू जिल्लाहरूमा गाँजाखेती नियन्त्रण नभएसम्म नेपालबाट भारततर्पm गाँजा तस्करी भइरहन्छ । किसानले गाँजा रोप्ने र प्रहरीले पँmडानी मात्रै गर्नाले नियन्त्रण हुन सक्दैन । नियन्त्रण गर्ने नै हो भने, जसको खेतमा गाँजाको बोट छ उही खेतधनीलाई नियन्त्रणमा लिने र पँmडानीबापतको खर्च उसैबाट भराउने र थप कारबाई चलाउने गर्नुपर्छ । धनी फेला नपरे नापनक्शा भिडाएर सो जग्गाको खरीद–बिक्री र निजी उपयोगमा बन्देज लगाइ जग्गाधनीविरुद्ध कारबाई चलाउनुपर्छ । प्रहरी प्रशासनले हिम्मतका साथ यो कदम चाल्ने हो भने अर्को वर्षदेखि कसैले गाँजा रोप्ने हिम्मत नै गर्दैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us