Friday, November 15, 2019

कर्म गर्दागर्दै मृत्युवरण गर्ने कलाकारप्रति

सञ्जय मित्र
    एउटा कलाकार कर्म गर्दागर्दै मर्दछ र समाजले त्यसलाई सामान्य दुर्घटना ठानेर बिस्तारै बिर्सन्छ । असामान्य मृत्यु हुँदा घरपरिवारमा जे पीडा पुग्दछ, त्यसको कल्पना अन्यले गर्नै सक्दैन । अरूले त औपचारिकतावश आपूm पनि पीडित बनेको सहानुभूति दर्शाउन सक्छ । पीडाको प्रकटीकरण त मुख्य पीडितले गर्न सक्दैन । पीडाको अनुवाद शब्दमा हुन सक्दैन, कुनै दृश्यमा देखाउन सकिंदैन । हो, सिनेमाको कुरो फरक होला । त्यहाँ त कलाकारले कल्पनालाई पनि वास्तविकजस्तो प्रस्तुत गरेका हुन्छन्, जसलाई हेरेर दर्शकले क्षणिक पीडा, दुःख, क्षोभ, ग्लानि र पश्चात्ताप व्यक्त गर्दछन् । कतिपय अवस्थामा त साहित्यले भनेको करुण रसभन्दा पनि अत्युक्ति हुँदैन । कहिलेकाहीं समाजले फिल्मी दुर्घटनाभन्दा ठूलो अकल्पनीयतालाई पनि साहित्यको करुण रसले भैंm सामान्य लिइदिन्छ । समाजको वास्तविक घटनालाई कलाकारले एक किसिमले प्रस्तुत गर्दछन्, तर जब कलाकारमाथि नै त्यस्तै दुर्घटना पर्दछ, तब पनि समाजले सामान्य लिन्छ । अझ कलाको अन्य क्षेत्रमा कार्यरतहरूले कसरी एकजना कलाकारको कर्म क्षेत्रमैं मृत्युलाई सामान्यरूपमा लिन सक्छन् ?
    आजभोलि नाचको प्रचलन कम हुँदै गएको र डिजेको प्रचलन बढ्दै गएको छ । हिजो नाचमा मनोरञ्जन गराउने कलाकारहरूले अब नाचको क्षेत्र परिवर्तन गर्दै डिजेतिर गएका छन् । डिजेको प्रचलनले एकातिर भारतीय कलाकारमाथिको निर्भरतालाई केही कम गरेको छ भने अर्कोतिर गाउँघरतिर नै डिजे कलाकारहरूले दर्शकलाई छोटो अवधिको मनोरञ्जन दिन सफल भएका छन् । स्थानीय कलाकारले आप्mनो प्रतिभाको निखार गर्न पाएका छन् र केही हदसम्म भएपनि आप्mनो प्रतिभाको विस्तार गर्न पाएका छन् । डिजे कलाकारबाट आप्mनो हौसलाको वृद्धि गर्दै स्टेज कलाकारको रूपमा आपूmलाई विस्तार गर्दै गएका उदाहरणहरू कति छन् कति । तर जब कुनै कलाकारको मृत्यु हुन्छ, तब भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले यसरी बिर्सन उचित हुन्छ त ?
    केही दिन पहिले रौतहटको शिवनगरमा एकजना डिजे कलाकारको नाच्दानाच्दै मृत्यु भयो । डिजे त मोटरमा हुन्छ र मोटरमा नै नाच्दानाच्दै कलाकारको मृत्यु भयो । मृत्युको कारणको रूपमा लड्नुभएको भनियो । जतिखेर कलाकार आप्mनो नृत्यावस्थाको उत्कर्षमा थिए, त्यत्तिखेर एक्कासि गाडी अगाडि हुइँकियो । गाडी अगाडि हुइँकिएपछि चरमोत्कर्षको अवस्थामा रहेका कलाकारले आपूmलाई सम्हाल्न नपाउँदै रूखको हाँगामा ठोक्किएर एक्कासि जोडले बजारिन पुग्छन् । भुइँमा पछारिन पुग्छन् । यति असन्तुलित भइदिन्छन् कि भुइँमा बजारिनासाथ उनको मृत्यु हुन्छ ।
    एकछिनअघिसम्म आपैंm नृत्यमा यति मग्न थिए कि आपैंmलाई नै होस थिएन र एकैछिनमा पूरै बेहोस भइदिन्छन् । केही निमेषअघि आप्mना सम्पूर्ण शरीरलाई गीतको तालमा यन्त्रवत् चलाइरहेका कलाकार एक निमेषमैं अचल भइदिन्छन्, भुइँमा लडेर । कैयौंलाई मनोरञ्जन दिएर उत्साह दिइरहेको एक कलाकारको शरीर आपैंm भुइँमा एकछिन छटपटिएर शान्त भयो ।
    दुर्घटनामा मृत्यु हुने कलाकार थिए, रौतहटको माधवनारायण नगरपालिका वडा नं ३ सखुअवाको । कलाकार थिए २० वर्षका रूपन सहनी ।
    रूपन सहनी कलाकारिता क्षेत्रका नवयुवक थिए तर कलाकारिता क्षेत्रमा उनको मृत्युले कुनै हलचल ल्याएको देखिएन । केही मिडियाले नाच्दानाच्दै डिजे कलाकारको मृत्यु भनेर समाचार लेखे । कलाकारको मृत्युको समाचार आएपछि पनि भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले अन्य कुनै कार्यक्रम गर्न सकेनन् । यस प्रकारका व्यक्ति वा संस्थाबाट औपचारिकरूपमा शोक वक्तव्य पनि निकालेको देखिएन । यस प्रकार एक कलाकारको मृत्यु गुमनाम बन्यो । आखिर कलाकारको मृत्यु गुमनाम किन ?
    वास्तवमा नाचमा काम गर्न तथा डिजेमा काम गर्ने कलाकारहरू सङ्गठित छैनन् । कलाकारहरूको सङ्गठन नहुनु आपैंmमा दुर्भाग्यपूर्ण कुरा हो । डिजे कलाकारहरूको पनि सङ्गठन हुनु आवश्यक छ । डिजे कलाकारहरूलाई पनि सङ्गठित बनाउनुपर्ने आवश्यकता रहेको छ । सामान्यतया डिजे कलाकारहरू त्यत्ति पढेका हुन्नन् । अधिकांश नवयुवा हुन्छन् । नवयुवा कलाकारहरूमा सङ्गठनको ज्ञान उति धेरै हुँदैन । सङ्गठित नभएकाले को को कलाकार हुन् भन्ने कुरो कलाकारहरूलाई पनि थाहा हुँदैन । कुन कलाकारले कति पारिश्रमिक पाउँछन् भन्ने पनि थाहा हुन्न । कलाको क्षेत्रमा अझ के कति परिष्कार गर्नुपर्दछ भन्ने विषयमा प्रशिक्षण दिने तथा आप्mनो व्यवसायलाई अझ धेरै मर्यादित बनाउन के कसरी गर्नुपर्दछ भन्ने पनि थाहा छैन । यस विषयमा ज्ञान दिन भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले डिजे कलाकारहरूलाई पनि सङ्गठित बनाइदिने प्रयास गर्नु आवश्यक छ ।
    डिजे कलाकारको जीवनबारे धेरैले चासो लिन चाहँदैनन् । कलाकारहरू विभिन्न गीतमा नाचुन्जेल सबैको आकर्षण रहन्छन् तर डिजे कलाकारहरूको नृत्यभन्दा अघि तथा पछिको जीवनबारे धेरै अनभिज्ञ हुन्छन् । वास्तवमा यस्ता कलाकारको पनि उचित सम्मान हुनु आवश्यक छ । कलाकारहरूले आपूmलाई कसैले सम्मान पनि गर्न सक्छन् वा आप्mनो काम समाजको लागि राम्रो पनि छ वा आप्mनो कामले समाजको सेवा गरेको छ भन्ने कुरो बुझेका छैनन् । कतिपय कलाकारले आप्mनो कर्म कला हो भन्ने पनि बुभ्mन बाँकी छ ।
    कलाकारको मृत्यु निकै संवेदनशील विषय हो र अझ कलाकारको मृत्युबारे कलाकारिताको विभिन्न क्षेत्रका व्यक्तिहरूले थाहै नपाउनु आपैंmमा थप संवेदनशील विषय हो । कलाकार र कलाकारिताप्रति हाम्रो समाज कति संवेदनशील छ भनेर पनि देखाउँछ ।
    साक्षरतामा देशको सबैभन्दा पछाडि रहेको रौतहटमा एक कलाकारको असमयमैं मृत्यु हुनु र ती नवयुवा कलाकारको मृत्युपछि समवेदना पनि गुमनाम रहनुलाई सामान्य अस्वाभाविक होइन । कला प्रदर्शन गर्दागर्दै मृत्युवरण गर्ने कलाकारप्रति श्रद्धासुमन अर्पण गर्न कन्जुस्याइँ नगर्ने कि ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us