Sunday, November 17, 2019

बागेश्वरी तित्रौना स्वास्थ्य केन्द्रमा बिरामी बढ्दै, औषधि अभाव

प्रस, पंचगावाँ, १ मङ्सिर/
    पर्सागढी नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौनामा स्वास्थ्य सेवा लिने बिरामीहरूको सङ्ख्या बढे पनि आवश्यक औषधिहरूको अभाव देखिएको छ ।
    असोजको तुलनामा कात्तिकमा बिरामीहरूको सङ्ख्या दोब्बर भएको इन्चार्ज सिनियर अहेब देवकुमार गिरीले बताए । स्वास्थ्य केन्द्रमा दाद, घाउ, पेट, रुघाखोकी, टाउको दुख्ने, एलर्जी, रक्तचाप, मधुमेह, महिलासम्बन्धी रोगका बिरामीहरू आउने गरेको केन्द्रका इन्चार्जसमेत रहेका अहेब गिरीले बताए । उनले बिरामीहरूको चाप बढेपछि औषधिको अभाव भएको बताएका छन् । खासगरी उच्च रक्तचाप, मधुमेह, छाला रोग, एलर्जी, महिलाहरूको लागि आवश्यक आइरन चक्की तीन महीनादेखि अभाव रहेको र यसबारे नपाको स्वास्थ्य शाखालाई जानकारी गराएको गिरीले जानकारी गराए ।
    नपाको स्वास्थ्य शाखाले भने यसबारेमा आश्वासन मात्रै दिइरहेको कारण बिरामीहरू औषधि पाउनबाट वञ्चित छन् । केन्द्रबाट स्वास्थ्यलाभ लिइरहेका रामतुला देवी र कृष्ण राउतले आपूmहरू उच्च रक्तचापको औषधि र आइरन चक्कीको लागि केन्द्रमा धाइरहेको बताए । दैनिक आउने र रित्तो हात फर्कने गरेको उनीहरूले जानकारी गराए । आज आउँछ, भोलि आउँछ भनेर मिति मात्र पाउने गरेको र केन्द्रमा धाउँदा थाकिसकेको रामतुला र कृष्णले बताए ।
एक्स–रे मेशिन सञ्चालन भएन
    प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौनामा डेढ वर्षदेखि एक्स–रे सेवा प्रभावित छ । एक्स–रे सञ्चालनको जिम्मेवारी पाएका प्राविधिकको सरुवा भएको र उनको ठाउँमा अन्य व्यवस्था नगरिएकोले डेढ वर्षदेखि एक्स–रे मेशिन सञ्चालनमा आउन सकेको छैन ।
    स्वास्थ्य केन्द्रबाट एक्स–रे सेवा लिन आउनेहरू वीरगंजलगायतका स्थानमा जानुपर्ने समस्या विद्यमान छ । स्थानीय सञ्जय यादवले प्राविधिकको व्यवस्थापन नगरपालिकाले गर्न नसक्दा समस्या भएको बताए । उनले गाउँका मानिसहरू साधारण एक्स–रेको लागि पनि पोखरिया, वीरगंज, जीतपुर धाउन बाध्य भएको बताए ।
    केन्द्रका इन्चार्ज गिरीले यसबारेमा नगरपालिकालाई कैयौंपटक ध्यानाकर्षण गराएको बताए । नगरपालिकाले प्राविधिज्ञ व्यवस्थापन नगर्दा एक्स–रे सञ्चालन नभएको उनको भनाइ छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक योगेन्द्र पञ्जियारले आपूm फाँटमा नयाँ भएको र सबै समस्यालाई क्रमिकरूपमा समाधान गर्दै जाने बताए । उनले अस्पतालमा औषधि व्यवस्था र एक्स–रे मेशिन सञ्चालनका लागि अविलम्ब प्रयास गर्ने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us