Saturday, November 9, 2019

स्वर्णिम चलचित्र महोत्सव सम्पन्न, मधेस आन्दोलन माथि चलचित्र बनाउन सांसद यादवको आग्रह

प्रस, वीरगंज, २३ कात्तिक/
    तीनदेखि वीरगंजमा जारी नेपाली चलचित्र स्वर्णिम महोत्सव शनिवार सम्पन्न भएको छ ।
    समापन समारोहका मुख्य अतिथि सङ्घीयसभाका सांसद प्रदीप यादवले महोत्सवको लागि वीरगंज चयन गरेकोमा आयोजकलाई धन्यवाद दिए । समाजवादी पार्टीका नेतासमेत रहेका यादवले मुलुकको आधा जनसङ्ख्या रहेको तराई मधेसको भाषा, संस्कृति, सभ्यता र ऐतिहासिक पक्षलाई समेटेर चलचित्र निर्माण गर्दा राष्ट्रिय एकता अझ मजबूत हुने बताए ।
    सांसद यादवले राजधानीको घेरा तोड्न चलचित्रजगत् सफल भएको भन्दै सङ्घीय लोकतान्त्रिक आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको मधेस  आन्दोलनमाथि चलचित्र निर्माण गर्न सिनेकर्मीहरूलाई आग्रह गरे । “शान्ति, सद्भाव र राष्ट्रिय एकताका लागि अन्य माध्यमबाट भन्दा कला, सङ्गीत तथा चलचित्रको माध्यम सयौं गुना प्रभावकारी हुन्छ,” सांसद यादवको कथन थियो । उनले भने, “ओझेलमा परेको मधेसको मुद्दालाई चलचित्रले सभ्य, सालीन र प्रभावकारीरूपमा उठाइ दिनुप¥यो ।”
     मुलुकको ५० प्रतिशत जनसङ्ख्या ओगटेको मधेसको भाषा, कला, संस्कृति, रहनसहन, इतिहास र वीरताको गाथा समेटन चलचित्र क्षेत्र अग्रसर भएमा यहाँका बासिन्दामा पनि अपनत्व वृद्धि हुने र नेपाली चलचित्र उद्योगको पनि बजार विस्तार हुने सांसद यादवको सुझाव थियो ।
    कार्यक्रमका विशिष्ट अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले वीरगंजमा महोत्सव आयोजन हुनु यहाँको लागि ठूलो अवसर भएको बताए ।
    समापन समारोहमा  वरिष्ठ कलाकार नीर शाहले समय परिवर्तनसँगै भोजपुरी, मैथिली, अवधि, नेवारीलगायतका भाषामा पनि चलचित्र निर्माण हुन सके मात्र फिल्म उद्योग सशक्त हुने विचार व्यक्त गरे ।
    सो अवसरमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु¥याएका अग्रज कलाकारहरूलाई कार्यक्रमका मुख्य अतिथि सांसद यादवले सम्मान गरेका थिए ।
    कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैध, प्रदेशसभा सांसद ओमप्रकाश शर्मा, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us