Friday, November 1, 2019

छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?


सञ्जय मित्र
    महाभारतको एउटा किंवदन्तीसित छठको सम्बन्ध रहेको सामाजिक मान्यता छ । कस्तो किंवदन्ती रहेको छ भने पाण्डवहरूले चौध वर्षको वनबास र एक वर्षको अज्ञातबास पाएकोमा अज्ञातबासको सफलताको लागि द्रौपदीले छठपूजा गरेकी थिइन् । एक वर्षको अज्ञातकालमा पाण्डवलाई कौरवपक्षले पत्ता लगाउन सकेको खण्डमा बा¥ह वर्षको वनबास पुनः प्रारम्भ हुने र त्यसको अन्त्यमा फेरि एक वर्ष अज्ञातबास बस्नुपर्ने हुन्थ्यो । अज्ञातबास शुरू हुनुभन्दा पहिले नै वनबास समाप्तिको अन्तिम समयमा पाण्डव तथा उनकी पत्नी द्रौपदीलाई अज्ञातबासको चिन्ताले सताउन थालेको थियो । कौरवका गोप्य दूतहरू जताततै थिए । अज्ञातबासको समयमा आपूmलाई कसरी जोगाउने भन्ने चिन्ता लागेको थियो । यसै समयमा एक रात द्रौपदीले देवी छठीको कठिन व्रत गरेमा अज्ञातबास सफल हुने सपना देखिन् । द्रौपदीले आपूmले देखेको सपना सबैलाई बताइन् । सबैजना धार्मिक प्रवृत्तिका थिए– सपनामा देखे अनुसार सबैको सल्लाहले द्रौपदीले कठिन छठव्रत गरिन् । व्रतको प्रभावले पाण्डवहरूको अज्ञातबास सफलतापूर्वक पूरा भएको देखिन्छ ।
कुन ठाउँमा भएको थियो पहिलो छठ
    मान्यताको आधारमा द्रौपदीले पहिलोपटक गरेको छठ वर्तमान रौतहटको समनपुर हो ।
    साक्ष्य ः प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा भुटनदेवी मन्दिर छ । यो मन्दिर निकै प्रसिद्ध छ । भुटनदेवीलाई हिडिम्बा भएको मानिन्छ । हिडिम्बाको विवाह महाभारतका प्रसिद्ध पात्र भीमसेनसित भएको पाइन्छ । भीमसेन र हिडिम्बाको संयोगबाट घटोत्कचको जन्म भएको थियो । त्यहीं हिडिम्बाको नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौंडा भएको मानिन्छ ।
    गत वर्ष २८ कात्तिक २०७५ मा रवीन्द्र घिमिरे र राजन घिमिरेले ‘त्यो हेटौंडा, यो हेटौंडा’ शीर्षकमा अनलाइनमा लेखेको संयुक्त रिपोर्टमा पनि हेटौंडाको नामकरण हिडिम्बाको दाजु हिडिम्ब राक्षसको मृत्युपछि उनैको नाममा हेटौंडा बस्ती बस्न गएको किंवदन्ती रहेको उल्लेख गरेका छन् । यसबाट पनि महाभारतकालको वनबासको केही समय यस क्षेत्रमा बिताएको पुष्टि हुन्छ ।
    महाभारत युद्धमा भीमसेन र हिडिम्बाका छोरा घटोत्कचको मृत्यु कर्णको बाणबाट भएको थियो । महाभारत युद्ध सकिएपछि भीमसेन छोराको मृत्युको खबर पत्नी हिडिम्बालाई सुनाउन हतारिएका थिए । हिडिम्बा भएको ठाउँमा आउँदै गरेका भीमसेनले परैबाट आप्mनो हतियार गदा फालेका थिए । उनको गदा फालिएको ठाउँ नै हेटौंडा उपत्यका बनेको जनविश्वास रहेको छ । चुरे र महाभारत पर्वत शृङ्खलाको हेटौंडादेखि फुर्केचौरसम्मको पहाड उनले फालेको गदाले चकनाचुर भएको थियो । यो ठाउँको लम्बाइ करीब सो¥ह किलोमिटर रहेको छ ।
    रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक घटनाहरूको आपैंmमा साक्षी छ । नेपाल–अङ्ग्रेज युद्धको समयमा स्थानीयवासीले नै तोप तथा अन्य अत्याधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि रहेको छ । तत्कालीन नेपाल (काठमाडौं) र पाटलीपुत्र (पटना)को व्यापार बागमती नदीको किनारै किनार हुँदा समनपुर ठूलो व्यापारिकस्थलको रूपमा थियो । प्रसिद्ध विद्वान् प्राडा योगेन्द्रप्रसाद यादवले यहीं समनपुरमा केही समय प्रसिद्ध चिनियाँ यात्री हु–एन–साङ आएर बसेका थिए भन्ने उल्लेख गरेका छन्, एउटा अनुसन्धानमा । यसै बजारनजीक एउटा महादेव मन्दिर रहेको छ । महादेव मन्दिर स्थापनाको विषयमा प्रचलनमा रहेको किंवदन्ती पनि महाभारतसितै सम्बन्धित रहेको छ ।
    पाण्डवहरूले अज्ञातबासको सुरुआत यहींबाट गरेका थिए । द्रौपदीले बागमती नदीको किनारमा छठव्रत गरेपछि अज्ञातबासको लागि पाण्डव एउटा सुरुङमा पसेका थिए । सुरुङभित्र पसेपछि सुरुड्ढो प्वाल बाहिरबाट बन्द गर्न मुखैमा एउटा ढुङ्गा हालेका थिए । सुरुङभित्र चार दाजुभाइ, द्रौपदी र आमा पसिसकेपछि सबैभन्दा पछि पसेका भीमसेनले सुरुङ नदेखियोस् भन्ने उद्देश्यले सुरुड्ढो मुखमा ढुङ्गा हालेका थिए । आज पनि के विश्वास रहेको छ भने महादेवमाथि जतिसुकै जल चढाए पनि पानी कहाँ जान्छ भनेर थाहै हुँदैन । सुरुड्ढो मुखमाथि ढुङ्गा राखिएकोले पानीजति सुरुङम पस्दछ भन्ने विश्वास स्थानीयवासीको छ । सुरुङमा पसेर अज्ञातबास शुरू गरेका पाण्डवहरू बागमती नदीपारि गएर केही दिनको यात्रापछि विराटनगरका राजा विराटको दरबारमा भेष बदलेर पुगेका थिए, जहाँ उनीहरूले अज्ञातबास पूरा गरेका थिए ।
    महादेव भनेर पूजा भइरहेको ढुङ्गा भीमसेनले ल्याएको हो भन्ने विषयमा पनि स्थानीयवासीमा फरक विश्वास रहेको छ । हिडिम्बासित बिहे भएपछि केही समय हेटौंडाकै आसपासमा रहेको जङ्गल तथा पहाड र नदी किनारमा विहार गरेका थिए । यसैक्रममा चुरे पहाडमा पनि बागमतीको किनारमा गएका थिए । एक दिन भीमसेनले पहाडको टुप्पोमा पुगेर ख्यालख्यालमैं एउटा ढुङ्गा फालेका थिए । त्यहीं ढुङ्गा केही समयपछि उनलाई सुरुड्ढो मुखमा हाल्न काम लागेको थियो ।
    द्रौपदीले अज्ञातबासको सफलताको लागि छठ गरेको र अज्ञातबास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेकोले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।
    छठपूजामा प्रयोग गरिने सम्पूर्ण सामग्री तथा विधिविधानलाई राम्ररी विचार गर्ने हो भने सम्पूर्ण सामग्री यस क्षेत्रकै किसानको घरखेतका नै रहेबाट पनि यसको पुष्टि हुन्छ ।
विश्वविस्तार
    बागमती नदी किनारमा रहेको समनपुर छठको उद्गमस्थल हो । नदी किनारमा छठको प्रारम्भ भएको र अज्ञातबासजस्तो कठिन कार्य सफल भएकोले छठपर्व नदी किनार र जलाशयमा नै हुन थालेको देखिन्छ । तत्कालीन समनपुरको सीधा सम्बन्ध पाटलीपुत्र र कान्तिपुरसित रहेको थियो । तत्कालीन अवस्थामा संसारको सबैभन्दा ठूलो युद्ध भएको र युद्धको कथाका साथै द्रौपदीप्रति सबैको सहानुभूति रहेकोले यस पर्वले विस्तार पाएको थियो । तर यसबारेमा कसैले उल्लेख किन गरेनन् भने यस पर्वमा कुनै शास्त्रीय देवदेवीको पूजा कुनै शास्त्रीय विधिअनुकूल गरिएको थिएन ।
    द्रौपदीले पहिलोचोटि छठव्रत गरेको कुरो बारम्बार विभिन्न मिडियाहरूले उल्लेख गर्ने गरेका छन् ।
    छठको विस्तार यसै क्षेत्रबाट भएको हो । सबैभन्दा प्रचलित क्षेत्र पनि यहीं नै हो । बिस्तारै यहाँबाट छठ पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर पैmलँदो छ । यस क्षेत्रका बासिन्दा विभिन्न कारणले जताजता र जहाँजहाँ पुग्दैछन्, आप्mना अन्य संस्कृति बिर्से पनि छठलाई भने बिर्सेका छैनन् । छठपर्वको रूपमा मात्र नभई सांस्कृतिक जिनको रूपमा मन, मस्तिष्क तथा जीवनको एउटा अङ्गको रूपमा स्थापित भइसकेको छ । यस कारण यसको विस्तार विश्वव्यापी हुँदो छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us